Dhruva Thapa – Timi Kura Katdai Gara

ध्रुव थापा – तिमि कुरा काट्दै गर
(क्यालिफोर्निया अमेरिका)

जिन्दगीको गोरेटोमा
हरपल हरदम हिडी रहेछु
लक्ष्य मा पुगे या पुग्न सकिन
यसको अड्कल तिमि काट्दै गर
मलाइ मतलब छैन तिमि कुरा काट्दै गर .

सफल भए या असफल भए
धनि भए या गरिब भए
सुख पाएकि दुख पाए
रक्सि पिएकी अमृत पिए
यसको अड्कल तिमि काट्दै गर
मलाइ मतलब छैन तिमि कुरा काट्दै गर .

कसरि मलाइ खसाल्ने
कसरी मलाइ उछिन्ने
कसरी मलाइ होच्याउने
यहि तिमि सोच्दै गर
जाल झेल र बल्छी थाप्दै गर
मलाइ मतलब छैन तिमि कुरा काट्दै गर .

मैले खाए कि खाइन ?
मैले लाए कि लाइन ?
म उ सित बोलेकी बोलिन ?
मेरै बारेमा दिन रात कुरा साट्दै गर
मलाइ मतलब छैन तिमि कुरा काट्दै गर।

बस मलाई मतलब छ त्
मेरो कामको, मेरो इमान्दारिताको
मेरो इज्जतको , मेरो भविस्यको
मेरो आफ्नो , मेरो हर सुभ चिन्तकको
तर तिमि भने मेरै पछी लागेर
अफ्नै भविस्यलाइ ढाटदै गर
मलाइ मतलब छैन तिमि कुरा काट्दै गर।

नत मलाइ फुर्सद छ तिम्रो कुरा काट्ने
नत मेरो त्यस्तो समय छ खेर फाल्ने
नत मेरोमा केहि छ तिम्रो मुख टाल्ने
नत मलाइ चासो छ अरुलाई खसाल्ने
त्यसैले तिमी मेरो बारेमा
जे बाटन मन लाग्छ बाट्दै गर
मलाइ मतलब छैन तिमि कुरा काट्दै गर।