Kailash Shikar – Akhtiyar ra Bhrastachar (Gajal)

कैलाश शिखर – अख्तियार र भ्रष्टाचार (गजल)

अख्तियार र भ्रष्टाचार ,उस्तै उस्तै लाग्छ।
राजनीति र सरकार , उस्तै उस्तै लाग्छ।।

फरक निर्जिवता र विचारको न हो
क्रान्ति र हतियार ,उस्तै उस्तै लाग्छ।।

पुरानै अनुहार जस्तै ,बासि विचारहरु छर
देश र कारागार ,उस्तै उस्तै लाग्छ।।

नभोगेरै भन्छन यहां, ठुला बडाहरु
झुपडि र दरबार, उस्तै उस्तै लाग्छ।।

भन्छन मान्छेकै पुरानो,रुप रे बादर अत:
स्वाभाव र व्यवहार , उस्तै उस्तै लाग्छ।।