सशक्त पराजुली – “म”
म हिउदे झरिको रूख, पूरै नाङ्गो छु
शरीरमा होलान् कपडा तर नंग ठान्दछु
खुसियाली चिसो हावा र पानी सँग बान्दछु
देवता हुदैन्न यो संसारको मठमन्दिरमा तर
एक गास खान दिनेलाई म भगवान मान्दछु
के दशौँ? के तीहार ? दिक्कार को छ जीन्दगी
चिथार मिथार अनूहार धनिको सिकार जीन्दगी
तिमी खुल्ला अाकाशमा उड्ने वनकी चरी
म पनि चरी,घरि घरि अाखां खोल्छु
मरि मरि बाच्नु पर्छ वरि परि घेरिएको पिन्जडी
म मायामा हारेको मान्छे जित उनको भयो
पिर्त भरिएका गीत सुन्दा अाज अनैठो लाग्यो
ती रमाइला हात समातेका पल भित्त राख्यो
प्रयास गरे धेरै अबत यो चोट परेको मुटु थाक्यो
तिमी भन अब म पागल कि भिखारी?
म त ठान्छु माहान अाफनो भावना निकाली
दुखलाई फिक्काली अनुहारमा मुस्कान झिकाली
शब्द तिखारी अगाडि बद्छ यो वीर गोर्खाली