कोमल प्रसाद श्रेष्ठ मल्ल – मृत्युमा लम्किदैछ
उस्तै उस्तै
परेड ताण्डपले
रक्षाका रेखाहरु
अंग अंग बटारिदै
घाटि घाटिमा फासिका डोरि झुण्डिदैछ
स्वप्निल सपनाहरु कठै कठै ..
बिपना टेक्न नपाउदै
चिर निद भोक्दैछ ।
वासमा
घाँस झार बुट्यानहरु
गासमा
डर त्रासका चट्याङ्गहरु
कपासमा
आगोका झिल्काहरु
राहतको स्वाङ सल्केर
चर्का चर्किको मुकुट मुस्कुराउदै
विकाश चाबुकमा मर्दैछ
बुद्द स्वास
बिखण्डनका लाखे नृत्य मन्चनमा
निरन्तर पिडा भोगी रहेछ ???
क कस्को कुन भाषा
क कस्को कुन भेष
क कस्को कुन भुषा
अंशले बंश नासको पथ रोज्दै
आफु आफैमा बुर्कि छर्दै
मात्र अकाल मृत्युमा लम्किदैछ