Sumit Adhikari – Adhairya Dhairyata

सुमित अधिकारि – अधैर्य धैर्यता !

रक्ताम्मे आमाको घाउमा
सन्तान उत्सब मनाउदैछन
आफ़्नो पौरख अनि बिरताको
ढोल बजाउदैछन
मिथ्या गौरबको
लाग्छ यो बिजयोत्सब हो
एउटा किर्तिको
जाहा आमा भने रुदैछिन
आफ़्नो पिडामा हैन प्रहार गर्ने हातहरु
आफ़्नै सन्तानका त हुन ठेला उठेकि भनेर
मायाको स्पर्शले छुदैछिन
तर
सायद सँवेदनहिन कपूत जन्माउने
गल्ति तिम्रै हो आमा
तिम्रो स्पर्श प्रभावसून्य छ ||

विद्रोहि बन्न खोज्दैछ मन
सायद अत्याचार अब अति नै भो
पड्किन्छ क्यारे कुन्ठा अब तोप बनि
धैर्यता उम्लेको दुध जति भो
चिर्नै पर्छ हुस्सुहरु अब
निक्लनुछ घाम सुनौलो बिहानि दिनलाइ
औँशिको निस्पट्ट अँध्यारो तोड्नलाइ
एउटा क्रान्तिको बिगुल फ़ुक्नु छ यहाँ
अनि रिझाउनुछ रुष्ट शान्तिलाइ ||

विद्रोहको ज्वाला दनदनि बल्दैछ
निस्चल आकाँक्श्याहरु
प्रत्येक पल जल्दैछ
मर्दैछ जोस केहि छिन
अनि फ़ेरि उठ्दैछ
लड्दैछ
तर शान्तिको खातिर फ़ेरि पनि अघि बढ्दैछ ||

सपनाहरु आँसुतल दबाइ
कति दिन बाँच्ने
एक्दिन त आखिर पोखिनैछ
अबोधको आँसु पिउनेहरु
समयको तराजुमा
एक्दिन त तिमिहरुलै पनि जोखिनैछ
फ़ोहोरि खेलमा अल्झेर
करोँडौको सपनामाथि नखेल
सोझोपन र संयमतालाइ लाचारि सम्झेर नहेप
भेल बनेर उर्लेला
आँधि बनेर कुर्लेला
सक्नेछैनौ छेक्न त्यो क्रोधको आँधि
ए नेताजि !
पुरा नगरेआफ़्नो दायित्व
अब त बन्ला है तिम्रो समाधि ||

डिल्लिबजार, काठ्मन्डु