मनु आभास – लेखक
मधुरो छायाँमा बसेर
शब्दहरुको सुर्य मार्फत
चेतनाका किरण,कुना कुना पु¥याउने
एउटा कलम,
कलम समाउने औँलाहरु,
औँला चलाउने मस्तिष्क
र,मस्तिष्कले चलाएको एउटा युग
हिजो साँझ
अनायास अस्ताएको छ ।
उसले कहिल्यै लेखेन
झण्डाहरुको कविता
लेख्दै लेखेन,
दस्ताबेजहरुको वृतान्त ।
बन्दुकको उचाईमा,
निरीह बनाईएका –विचार र आस्था
उसले मान्दै मानेन
कि
–यो विजय हो ।
रुपान्तरणको यहि सँघारमा उभिएर
निरन्तर लेखिरह्यो
पहाड जस्तै निधारहरुका कथा
फाँट जस्तै फराकिला हृदयहरुका आवेग
बजाईरह्यो –
सपना बोकेर बेशी झर्दै गरेका
र
उत्साह सँगाल्दै उकालो चढिरहेका
पाईतालाहरुको सँगित ।
जाँदा जाँदै
उसले लेखेर छोडेको थियो एउटा पत्र
जहाँ लेखिएको छ–
अब,
समयले बन्दुक बिसाउने छ
भmोलाको चेपमा शुरक्षित राखिएको पासपोर्टको रङ्ग जस्तै
हरीया हुने छन्
बाँझा खेत÷बारीका ग¥हाहरु
जहाँ,
उम्रनेछन्÷ फुल्नेछन् ÷ फल्नेछन्
पौरखका कण ।
धेरै अगाडि देखि
तिमीले उचालि रहेको
झण्डाको रङ्ग फेरीनेछ,
परीभाषा फेरीनेछ
फेरीनेछ तिम्रो पहिचान
समुन्द्रले मोती बनाए जस्तै
पसिनाले नै बनाउने हो
मोती जस्तै देश ।
साथी,
देश त पसीनाले बनाउँछ
झण्डाले होईन ।
नाङलेभारे, काठमाडौं
– बिहीबार, 19 भाद्र, 2071