Mina Bantawa ‘Mridu’ – Gurans Bhir Ma [Nepali Muktak]

“गुराँस भिरमा”

गुराँस भिरमा पनि फूल्दो रहेछ !
हाँसो पिरमा पनि खुल्दो रहेछ !!
केवल, दुःखमा साथ तिमी नभएर के भो र !
अँध्यारोमा त आफ्नै छायाँले पनि भुल्दोरहेछ !!

मिना बान्तवा “मृदु”

Mina Bantawa ‘Mridu’ – Ek Choti Aayo Yesto Mod [Nepali Muktak]

एक चोटि आयो मेरो जीवनमा यस्तो मोड!
आफूले चाहँदा-चाहँदै पनि ऊसँग भयो बिछोड!!
मैले उसलाई जीवन बलिदान दिन नखोजेको त हैन!
तर एक्कासि आयो आँधीबेहरीको ठुलो स्वर!!

Mina Bantawa ‘Mridu’ – Mero Dosh [Nepali Muktak]

मेरो दोष थियो तिमीलाई आफ्नो सोची बोल्न
हृदय भरिका सारा कुरा तिमि सामु खोल्न |
तिमीलाई पहिलो भेट मै विस्वास अनि माया दिई
हरेक मेरो आफ्नै शब्दहरुले मलाई लागेको छ पोल्न |

Mina Bantawa ‘Mridu’ – Chhura Dhasayeka Chhan Ajkal [Nepali Gajal]

मानवले आफुलाई नचिन्ने बानि बसाएका छन आजकल
आफ्नो गल्तीले आफैलाई छुराले धसाएका छन आजकल

असारमा आँखा फुटेको गोरुले झैँ सबैलाई उल्टै-उल्टो देख्ने
बानि संसारिक मानवले मन भित्र पसाएका छन आजकल

आफुलाई ऐनमा नहेरी मानवले अरुको गल्ति देख्ने बानिले
अरु दोषी बनाई सर्पले झैँ आफैलाई डसाएका छन आजकल

त्यसैले युग पछि पर्यो,तैले मात्र मिना खोइ के पो गर्छस
अनेकौ संगतिले दुनिया मज्जाले फसाएका छन आजकाल

मानवले आफुलाई नचिन्ने बानी बसाएका छन आजकाल
आफ्नो गल्तीले आफैलाई छुराले धसाएका छन आजकाल

Mina Bantawa ‘Mridu’ – Ma Almaliyeko Manis

मिना बान्तवा “मृदु” – म अल्मलिएको मानिस

म अल्मलिएको मानिस
सधैं भरि चारकोसे
जंगल झाडीको बिचमा
अल्मलिएको म मानव
अन्योलको मोहने निशाले
आज त्यहीं
घनघोर झाडीमा घुमिरहेछु
कतिको त यहाँ रात परेर पनि
जीवन लिला नै समाप्त भयो अरे
मेरो पनि सायद
त्यस्तै त होला नि
मैले दिशा ठम्याउन
कहिले सकिन अनि
म अझैं निशामा छु,
मलाई निशा लागिरहेको छ

पूर्व पश्चिम छुट्याउँन
अझै सकेकी छैन
म अन्योलको जीवन बिताई रहेछु,
एकदम अन्योलको जीवन
कुहिरी मण्डलले मेरा आँखाहरू
ढप्पई छोपेका छन
पश्चिममा डुब्दै गरेको घाम
पूर्वतिर डुबेझैं लाग्छ
दिन हो कि रात हो
ठम्याउन सक्दिन
मलाई थाहा छ
घाम पूर्वबाट झुल्किन्छ
र पनि म काँतर बेहोसी
निशाको मातमा डुबिरहेछु

साच्चैं मोहनी निशाको
खैंजडीमा परेको छु
मेरो मानव बस्ने मानवीय
बसोवास खोज्दै हिंडिरहेछु
कुनै मानव हिडेको पाइलाहरू
पता लगाउँन खोज्छु
कुनै सिधा मानवीय गोरेटो
पता लगाउनु खोज्दैछु
म आधी बीच जंगलमा
आल्मलिएको छु
अनि फेरी घुम्दै फिर्दै,
घुम्दै फिर्दै
फेरि त्यहीं ऐजन-ऐजन
ठाउँमा नै आई पुग्छु

सहारा थाकेर बिसाएको
रुखको बोट निर आई पुग्छु
म मानव प्राण हुँ
त्यसैले पिउने पानि खोज्छु
यत्र-तत्र पानी अमलाको बुट्टा
माटोमा खोतल्छु
म हारेको भोको मानव हुँ
त्यसकारण
अघाउन पर्छ,
बाँच्नको लागि
स्वास बचाउनु पर्छ
बाँच्न र भोक मेटाउन
कन्दमूल खोज्दैछु
भोर्लेनिको बुट्टा र भकिम्ला
किम्बुहरु नियाल्छु

मलाई पुग्नुको पनि
अत्यन्तै जरुरी छ
किनकी आफ्नै मानव बस्ती खोज्दै
हिडेको मानव
मलाई हम्मे हम्मे परिरहेछ
मानवीय बस्ती खोज्न
कहिले भिरको टाकुरामा
बिसाउन पुग्छु
कहिले दुम्सीको
पुरानो खार खाने गुफामा
कहिले डर लाग्दा सिंह
बाघको गुफामा पुग्छु
कहिले बेलाखा राजारानीको
भष्मस्थित दरवारमा

त कहिले भताभुंगे
राजाको भग्नावशेष
पुरानो स्थित लथालिंगे
दरवारमा पुग्छु
म अझैं मानवीय मेरो बस्ती
खोज्दै हिंडिरहेको छु
आज त्यहीं
घनघोर झाडीमा घुमिरहेछु
म मोहने निशामा छु!
म अन्योलको निशामा छु!!
म अन्योलको निशामा छु!!!

Mina Bantawa ‘Mridu’ – Nari Bedana

नारी बेदना !

पृथ्बी पुरा चल्ने गर्छ नारी कोख र काखमा
नारी जिबन अभिशाप हैन न त हो श्राप नै,
उस्का एउटा गल्ती सिनेमा झैं देखाइन्छन,
न त ऊ भुलमा पर्नु उस्को त्यो महा पाप नै।।

हजार गल्ती पुरुषको लुकाएर लुक्न सक्छ,
नारीको एउटा गल्ती तैरिएर छछल्किन्छ छाल झैं
खुशी सुख यहाँ सबै अरुलाई नै लुटाएर
नारी त्यो डुबीरहन्छे सधैं सधैं आँशुको ताल मै।।

जति गुञ्जिएपनि नारी बेदनाका क्रन्दनहरु यहाँ
कानमा तेल हाली आँखामा कालो चस्मा लाउँछ दुनियाँ
त्यसैले यहाँ हरेक क्षणहरु नारीका लागी बिषाक्त छन
जे गरे पनि आखिरमा त्यहि नारी नै रहन्छिन शुन्य।।

नारी, हामी पनि एउटा रथको पाङ्ग्रा हौ नी,
बोल्न सक्छौ हामी पनि चलाएर ज्वारभाटा,
कति पर्खिन्छौ, हामी सधै पिर अनि दुखको भकारी,
छातीभरि पिर बोकी, आफ्नै जिबन पारी घाटा।।

Mina Bantawa ‘Mridu’ – Kati Nishthur Chha Samaya Ko Pawandi

“कति निष्ठुर छ समयको पावन्दी”

कति निष्ठुर समयको पावन्दी
कति निर्मोही समयको पावन्दी
उफ! कति स्वार्थी समयको पावन्दी
कुनै दिन यहीं समयले इच्छाको बगैंचा भरी
ढक्कमक फूल्ने फूल झैं उल्लाशहरु फूलाउने गर्थ्यो
उमंगको खुसी उर्लीssउर्ली छाई दिने गर्थ्यो
कुनै दिन आँखा भरि सप्तरंगी रंगहरु बनेर
इन्द्रेणी झैं यी आँखाहरुमा अनेकौं रंगिन
मिठा-मिठा भविष्यका सपनाहरु बुन्ने गर्थे
जहाँ सुन्दर भविस्यको चित्रण कोरिएर
मलाई ठिंग उभिएर हेरीरहेको हुन्थ्यो
तर आज त्यो समय छैन
समयले मलाई छोडी सकेको छ
उफ! समय म देखि निस्ठुरी भै सकेको छ
आज पनि तेहीं दिन छ त्यसरी नै रात पर्छ
त्यसरी नै हरेक रातहरुमा चन्द्रको उदय हुन्छ
त्यसरी नै शुक्ल पक्ष्य त्यसरी नै
कृष्ण पक्ष्यको आगमन हुन्छ
उनीहरु मलाई अवलोकन गर्दै फर्कन्छन
त्यसरी नै बिहानी पख रातहरु भाग्न खोज्छन्
बिहानीको लाली पवन संगै पुर्व क्षितिजबाट
मुसुssमुसुssमुसु हाँस्दै देखा पर्छ
आज पनि तेसरी नै सुर्य छिप्पिंनदै चन्द्र अस्ताय हुन्छ
फेरी उ पल्लो क्षितिज डाँडा पाssरी
चन्द्र राssतो लाली छोड्दै डुब्दै गरेको देखिन्छ
उसले मलाई भोली भेट्ने बाचा गर्दै हात हल्लाउँछ
तर म उसलाई बिदाई गरि हाल्नु सक्दिन
किनकी! उ म संग दिन भरि साथ भएको कारण
म चटक्कै उसलाई बिर्सेर हात हल्लाउन सक्दिन
बिदाई दिई हाल्न सक्दिन
त्यसै उ नडूबुन्जेल सम्म म उसलाई उभिएर हेर्छु
कुनै भिन्चीले कोरेको मोनालिसा झै
हात बाँधेर म ठिंड०ग उभिएर म हेरीssरहन्छु
उसलाई म टुलुssटुलुssटुलु
एकोहोरिएर हेरीssरहन्छु म
एकोहोरिएर हेरीssरहन्छु!!

Mina Bantawa ‘Mridu’ – Mero Janma Bhumi

मेरो जन्म भुमि मेरो देश
म जन्मेको झुपडी मेरो देश
हिमाल हास्ने मेरो देश
गुँरास र सुनाखरी फुल्ने मेरो देश
मखमाली र बाबरी झुल्ने मेरो देश
आहा! कत्ति रमाइलो मेरो देश
मेरो जन्म भुमि मेरो देश
मेरो जन्म झोपडी मेरो देश
सगरमाथा हिमालको टाकुरामा छ
बिहानी पख हिमाल हास्ने मेरो देश
डाँफे र मुनालले नाच्ने गाउने मेरो देश
गुन्द्रुक र ढीडो मेरो मातृ खाना हो
म च्यांग्रा र भेंडी तारे र माली चराउने गोठाले हूँ,
म गोठालोमा दण्डी र बिंयो खेल्न मन पराउछु
म एक धावक पनि हुँ
पच्चिम किल्ला काँगडा
अनि पुर्वमा टिस्टा सम्म धाई सकेको छु
मेरो देश विर बिरंग्गनाले आर्जेको देश
मेरो देश एक घाँसीले `बुद्ध` जन्माएको देश
मेरो देश`ने` मुनि ऋषीले ध्यान गरेको देश
मेरो देश गोपाल ग्वालाले गौ चराएको देश
तेसैले मलाई मेरो देश स्वोर्गे लाग्छ
मेरो देशको पाटी र पौवामा
बसेर सितल ताप्न आनन्द लाग्छ
चौतारीमा बसी बाक्चाल खेल्न मन लाग्छ
देउरालीमा स्याउला चढाई
देशको लागि भाकल गर्न मन लाग्छ
यही मेरो जन्म झुपडी मेरो देश हो
यहिँ मलाई स्वर्ग छ खुसि छु
तेसैले यही मेरो कर्म छ
यहीं मेरो धर्म छ

Mina Bantawa ‘Mridu’ – Bhot Ko Sharanarthi Bhanda Pani

मिना बान्तवा “मृदु” – भोटको शरणार्थी भन्दा पनि

म एकले मैना समयको शरणार्थी
मेरो भाषा मीठो छ भेष मीठो छ
तर भोटको शरणार्थी भन्दा पनि
अझैं मैले पारपाएको छुइन
भोटको शरणार्थी खेदिएर
तर म बेचिएर शरणार्थी Continue reading “Mina Bantawa ‘Mridu’ – Bhot Ko Sharanarthi Bhanda Pani”

Mina Bantawa ‘Mridu’ – Hijo Tara Bhanthyou Rani [Nepali Gajal]

हिजो तिर भन्थ्यौ सानी तिमीले
ढिलो आएँ भन्थ्यौ रानी तिमीले

आज कता तिर लाग्यौ मायाँलु
पार्न पायौं आतेस् जानी तिमीले

तिमीले कठपुतली संझेउ क्यारे
प्रियवर नगर मनमानी तिमीले

पहिलो भेटमा देखाउँ थेयौ सान
कुरो शुस्म गर्थ्यौ ज्ञानी तिमीले

रिसाउँदा फकाई फकाई हँसाउने
खुसि पार्ने हातमा तानी तिमीले

मलाई राखी मखमलको पिंढिमा
बिसंचोमा पियाउने पानी तिमीले

सधैं सधैं बाँच्न सक्दिन भन्थ्यौ
सोच्थ्यौ मायाँकि खानी तिमीले

हाम्रो जिवन परेवा जोडी जस्तै
साने होसगर मन धानी तिमीले

मिना बान्तवा “मृदु”, झापा नेपाल,हाल इजरायल

Mina Bantawa ‘Mridu’ – Ti Diwa Sapana Haru

ति दिवा सपनाहरु

ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु
कल्पनाहरुलाई सजाएर म चुर्लुमै डुबेछु
ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु

सपनाका ति महलहर धेरै ठुलो बनाएछु
भताभुङ्ग हुदा महलहरु संग-संगै भत्किएछु
ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु

मृग नयनी आँखाबाट आँसुका थोपा बर्सिं दिंदा
म त लक्ष्य बिहिन भै परिवर्तन भैसकेछु
ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु

प्रिय पाठक ब्रिन्द
यो पहिले नै प्रकाशित गीत हो त्यसैले यसको जानकारी गराइएको छ।

स्वर अनि शब्द-मीना बान्तवा
सङ्गीतकार्-हस्त परीयार
म्युजिक एरेन्जर-श्याम सुनुवार
दोभान स्टुडियो
चलचित्र-पर्दा-जन्म दिन

Mina Bantawa ‘Mridu’ – Chhori Sansar Kai Sristi

छोरी! तिमी यो सारा संसारकै सृष्टी कर्ता हौ
तर तिमी सारा संसार मै बिपक्षामा किन पर्यौ

छोरी तिमीमा छ अरे क्षमा दिने दयाको खानी
आफु मरेर पनि बचाऊ छौ अरुलाई जानी-जानी

बस्ताव मै संसारमा छोरी तिमी कत्ति छौ ज्ञानी
फेरी संस्कार छोडी अघि जाँदा हुन्छौ बदनामी

तिमी सीता अनि भृकुटी हौ अरे झाँसीकी रानी
तिमीसंग खेल्छन किन मर्दाले खेल दाउमा हानी

ओहो ! तिमी द्रौपदी रे नाम यहाँ गनियो कुनाम
उपनाम दुर्गा लक्ष्मी पार्वती खोइ तिम्रो शुभ-नाम

Mina Bantawa ‘Mridu’ – Nirdosh Chhanda Chhandai

थाहै नपाई म त हजुर कस्तो भुलमा परें
नाफक्रिन्दै कोपिलैमा ओइलाएर मत झरें

रहर मनको सगरमाथा बिलाएरै गयो नि
आफ्नो आँसु नदि बनाई माझी बनि तरें

वारी-परि रंगी-चंगी फूलहरु फुल्दा-झुल्दा
फूलले पनि बिझाउला भनि`म`नै पर सरें

जहाँ हिडें उजाड मरु भुमि मात्र भेटें
अतृप्त त्यो प्यास भित्र कैयौ पल्ट मरें

मत भन्थे`मै`मात्र अन्धो दुनियानै अन्धो रैछ
निर्दोष छँदा छँदै,सबको नजरमा,मै,दोषी परें

Mina Bantawa ‘Mridu’ – Ma Ta Kabi Bhayechhu [Nepali Gajal]

बाले पढ्न पठाउँदा सिनेमा हेर्थे मत कवि भएछु
पढ्ने बेलामा गुच्छे र गोठाले अहिले मत कवि भएछु

हा! म कवि रे! जे लेखे जस्तो लेखे पनि कवि
लेखक, कवि? दुई चार वटै लेख्दैमा मत कवि भएछु

मत आफै फुल्लिएर, फुर्किएर सिरमा पुगी
नत शब्द कोषको नत दर्शन ज्ञान मत कवि भएछु

कस्तो विडम्बना ! हेर्दैमा र सार्दैमा कवि रे!
अरुले लेखेको हेर्दैमा सार्दैमा तेसै मत कवि भएछु

भन्छन कवि जी आहा! कति राम्रो कविता!
त कसैले गालि गर्छन तथा नाम गरि मत कवि भएछु

जिन्दगीको मोडमा यात्रा गर्दै जाँदा दुःख पाइयो
लेख्न खोजे आफ्नै कथा आफैले नबुझ्ने मत कवि भएछु

पढाउँदा एक कानले सूनी अर्कोले कानले फ्याके
कविता गज़ल लेख्न खोज्दा पज़ल भै मत कवि भएछु

पढ्ने बेलामा पुर्णे बजार दोहोरी खेल्न गएछु
अरुले टिप्पणी गर्दा मन नपर्ने घमण्डी,मत कवि भएछु

Mina Bantawa ‘Mridu’ – Bagar Nai Tarchhu [Nepali Muktak]

आज भोलि मलाई कसै सँग बोल्न डर लाग्छ!
मेरो मनको झ्याल र ढोका बन्द गर्न सार लाग्छ!!
आफैले नि आज आफुलाई, मात्र विस्वास गर्छु!
मलाई बरु चाहिंदैन समुन्द्रको भेल, बगर नै तर्छु!!

Mina Bantawa ‘Mridu’ – Bhana Timi Ko Hau

भन तिमी को हौ ? मेरो सपनाको राजकुमार
तिमी बिना छ्टपटिन्छ मेरो एक्लो निराश मन

हरेक-पल, हरेक-दिन उदास हुन्छु विपनी यादमा
तिमी बिना पूर्णिमाको रातहरु पनि अँध्यारो छ

मेरो मनको गोरेटोमा झटारो हान्न आइदिन्छौ
एकलासे बाटोमा मलाई खिसी गर्दै जिस्काउँछौ

डुबिरहेको घामसँग सधैं तिम्रो बारेमा प्रस्न गर्छु
हरेक रातको जुनेलीमा तिमीलाई भेट्न चाहान्छु

आकुल-ब्याकुल हुन्छु तिम्रो आगमनको पर्खाइमा
भन तिमीलाई कसरी देखूँ कहाँ कहाँ खोजु सोधुँ

Mina Bantawa ‘Mridu’ – Aama

आमा

आमा नसोचिदिनू है निषठुरी रैछ छोरी भनी
तिम्रो तस्बिर सिरानीमा राखेर सुतेकै हुन्छु
तिम्रो त्यो ममता यो छातिभरि सम्हालेर राखेकै छु
हरेक पल मातातीर्थ औंसीमा तिम्रो पूजा गरेकै छु

पुसमाघे जाडो गुन्द्री र सुकुल सुकाई आँगनमा
तोरीको तेल तालुमा ठोकी बसाई काखमा
आफ्नो साडीको बक्कुलो सिलाई कर्मी है चरी झै
न्यानो पारी सुताउथ्यौ लुटुक्क यसोदा मैया झै

बिर्सेको छैन हल्लाउदै कोक्रो फकाउदै सुताउथ्यौ
पिठ्युमा बोकी हातमा टुकी सात मुलुक पुर्या‍उँथ्यौ
ज्वरो मात्र आउँदा धामी र जैसी ओखती पिलाउथ्यौ
तताई तेल मालिस गरी मलम पट्टी लगाउथ्यौ

पटुकीले सेपी ढिकी र जातोमा सँगसँगै लैजान्थ्यौ
नानीलाई दूध पुग्दैन भनी ज्वानोको रस पिउँथ्यौ
एकछिन पनि नदेख्दा मलाई आतिदै खोज्दथ्यौ
हातमा थमाई सिलेट र खरी क लेख्न सिकाउथ्यौ

कु-कु हा भनि लुकामारी खेल्न तिमीले सिकाउथ्यौ
बेहुला र बेहुली पुतली बनाई तिमीले खेलाउथ्यौ
बदमास गर्दा कहिलेकाही घोचो लि खेद्दथ्यौ
घर वरिपरि म चाहिं भाग्थें तिमी चाहिं थाक्दथ्यौ

पाली र टाली सम्राट पार्यौ बिदेश जाने भए म
जहिले पनि चिन्ता छ तिमीलाई नुन भुटुन टार्न
आज पनि न्यास्रो को न्यास्रै छ तिम्रो मुहार
दक्षिणकालीमा गै माग्दैछौ अरे मेरो लागि गुहार

दस महिनासम्म गर्भमा राखी यो संसार देखायौ
तोते बोलीदेखि हिंड्न ताते भनी सिकायौ
साच्चै तिमी महान छौ धन्यबाद कोटि कोटि
सक्दिन ऋण चुकाउन यो जुनीमा गरिकन जति जति

Mina Bantawa ‘Mridu’ – Mero Maya Lai Thichos Ajhai Ajhai

“मेरो मायाँलाई थिचोस अझै अझै”

जुन कुराको डर थियो, त्यहीं नै भयो आखिर
तिमी मेरो भाग्यमा थिएनौ नै, बनेको तकदिर
भगवानको सायद तेहीं थियो, निर्णय र मन्जुर
अब त रह्यो मात्र मेरो, साथमा तिम्रो तस्विर

तिमी Continue reading “Mina Bantawa ‘Mridu’ – Mero Maya Lai Thichos Ajhai Ajhai”

Mina Bantawa ‘Mridu’ – Bhana Timi Kahan Chhau

भन तिमी कहा छौ

भन तिमि कंहा छौ? मेरो सपनाको राजकुमार
तिमि बिना छ्टपटिन्छ मेरो एक्लो निराश मन

हरेक-पल, हरेक-दिन उदास हुन्छु तिम्रो यादमा
तिमि बिना पुर्णिमाको रात अँध्यारो लागेको छ

मेरो मनको गोरेटोमा झटारो हान्न आइदिन्छौ
एकलास बाटोमा मलाई खिसी गरि जिस्काउछौ

डुब्दै गरेको घामलाई सधै तिम्रो बारेमा प्रस्न गर्छु
हरेक रातको जुनेलीमा तिमीलाई भेट्न चाहान्छु

आकुल ब्याकुल हुन्छु तिम्रो आगमनको पर्खाइमा
भन तिमीलाई कहाँ खोजु कहाँ देखु कसरि भेटू

Mina Bantawa ‘Mridu’ – Bhunte Timro Ke Nai Bunchha [Nepali Gajal]

बाँच र बचाऊ तिमी भुन्टे,तिम्रो के नै हुन्छ
हाँस र हँसाउ कसले भुन्टे,तिम्रो के नै धुन्छ

सबै संग गर सत्य कर्म,तिम्रो के नै जान्छ
तिमी गुणी हौ भने भुन्टे,खोइ के नै गुन्छ

भाग्य भन्दा बढी भुन्टे, कसैले पाउनु छैन
भाग्य संग लड्दा भुन्टे, सबै मानिस रुन्छ

भाग्यलाई कुराई यहाँ,तिमीले गर्दा-गर्दै पनि
समय बिना कसले भुन्टे, तिम्रो के नै सुन्छ

समयसँग हाँस्न सिक भुन्टे, हत्केलामा हेरी
भाग्यमा”मृदु” नलेखी भुन्टे,तिम्रो के नै बुन्छ