Kundan Kumar Panta – Anubhav (Nepali Muktak)

कुन्दनकुमार पन्त – अनुभव (मुक्तक)
(मधुपर्क माघ, २०६७)

जवानीमा शरीरका अङ्गहरू निकै पोटिला हुन्छन्
नवयुवक र युवतीका कुराहरू निकै जोशिला हुन्छन्
आखिर सबै कुराहरू उमेर र समयकै रहेछ
जब उमेर ढल्दै जान्छ अनुभवीका कुराहरू चोटिला हुन्छन् ।

Kundan Kumar Panta – Bishwasghaat (Nepali Muktak)

कुन्दनकुमार पन्त – विश्वासघात (मुक्तक)
(मधुपर्क माघ, २०६७)

हिजोसम्म भँवरा झुम्मिने फूल आज एक्लै परेछ
त्यो फूलको यौवन सकिएर होला अर्कै तिर पो सरेछ
मान्छेलाई मात्रस्वार्थी र विश्वासघाती के भन्नु
भँवराले पनि फूललाई विश्वासघात गर्दो रहेछ

Kundan Kumar Panta – Parakashta (Nepali Muktak)

कुन्दनकुमार पन्त – पराकाष्टा(मुक्तक)
(मधुपर्क माघ, २०६७)

पैसालाई नै सर्वश्रेष्ठ मान्दै जब पैसामा नै रमाउँछन् मान्छेहरू
पैसा नहुने आफन्तहरूसँग पनि सम्बन्ध छुटाउँछन् ती मान्छेहरू
सम्पत्ति मोहले पराकाष्टा Continue reading “Kundan Kumar Panta – Parakashta (Nepali Muktak)”

Kundan Kumar Panta – Adheer (Nepali Muktak)

कुन्दनकुमार पन्त – अधीर(मुक्तक)
(मधुपर्क माघ, २०६७)

कसैको आड पाएमा कति मान्छेहरू मात्तिने गर्छन्
दुःख र सङ्कट पर्दा कति मान्छेहरू आत्तिने गर्छन्
अरूको खोट र दोष देखाउन पाएसम्म दंग पर्ने
आफ्नो गल्ती औँल्यायो भने कति मान्छेहरू तात्तिने गर्छन् ।

Kundan Kumar Panta – Bhranti (Nepali Muktak)

कुन्दनकुमार पन्त – भ्रान्ति (मुक्तक)
(मधुपर्क माघ, २०६७)

कसैको कुरा सुन्दा अब यो देशमा शान्ति हुन्छ
कसैको कुरा सुन्दा अझै यो देशमा क्रान्ति हुन्छ
यस्तैयस्तै अन्योल र अनिश्चित कुराहरूले गर्दा
जनतामा सधैँ सधैँ नै अनेकौं भ्रान्ति हुन्छ ।