Krishna Prasai – Sewaro Hai Sewaro

समय तिम्रो कित्तामा फर्केको ठान्दैमा-
वा तिमीले एकलौटी इच्छा गर्यौ भन्दैमा,
भाषाको कुराले-र्
धर्मको कुराले-
र जातको कुराले –
तिमी कदापी विभाजित हुन सक्दैनौ नेम्वा• दाई !
मैले पनि तिमीसग-
रात-रातभरि च्याब्रुङ्ग नाचेकै हो ।
हामीले साझा सम्झेका-
संगिनी र रत्यौलीमा –
हाम्रो संसार चलेकै थियो,
तर कहा“बाट आयो यो रंगभेदको कुरा –
कताबाट आयो यो आदि र अनादिका कुरा –
कसरी आयो यो भूगोल विभाजनको कुरा –
सत्य कुरालाई किन लुकाउनु र हामीले,
समुसुद्धिनले युद्धताका उपहार दिएको-
हाम्रो मोही र गुन्द्रुकलाई-
मेरा पुर्खाले तिम्रो भाते जाड सग साटेकै हुन् ।
एक पाथी कोदोको रक्सीमा-
एक कित्ता किपट हत्याएको कुरा लिएर-
अथवा शकुनी दाउमा जुवा खेलेर,
सिंगै थुम्को हत्याएको कुरा सा“धेर –
किन सधै अत्तो थापिरहन्छौ चाम्लिङ्ग दाइ –
धर्ती लुटेर सम्पन्न हुन्छु भन्नेहरु,
अन्नतः आफै धर्तीबाट लुटिएका छन् ।
तिमीले कुल्चेको माटो र मेरा पाखुराले टेकेको भूमि एउटै हो ।
सदियौ देखि म पनि सुकुम्वासी नै छु ।
पहिले मुगल राजाले डसे –
अलि पछि आएर –
गोरखा र लिम्बुवानका सामान्तबाट उठिबास हुदै ,
पहाडबाट समेत खेदिएर-
मुगलानबाट पनि लखेटिंदै-
पुनः म शरणार्थी भएर –
फेरि यसै देशमा फर्किएको छु ।
यता र्फकनुमा मलाई,
मेरा पाखुराको माटोले तान्यो,
बाजेले पुजेका,
देवी देउरालीका साइनोले तान्यो,
जोड्दै जाने हो भने-
धेरै साइनाहरु छन् हाम्रा तिमीस“ग-
भावनाको साइनो कहिले का“ही,
रगतको भन्दा पनि गाढा हुदो रहेद्धछ मादेन दाई !
विर्सेर छैनौ भने,
त्रि्रा बाका मलामीलाई-
हामीले खुवाएको दही, चिउराको साइनो छ हाम्रो ।
मेरा बालाई बैतरनी तराउन,
त्रि्रा बाले सित्तैमा दिएको बाछाको सम्बन्ध छ हाम्रो ।
बद्मासी आ-आफना होलान्-
स्यावासी आ-आफ्ना होलान्
सात सालमा त्रि्रा सगोत्रीले उठिबास लगाउ“दा पनि,
मैले कहिल्यै तिमीलाई दुखेसो गरिन,
अलि पछि नाक र आ“खाको विभाजन कोरिएपनि-
मैले कहिल्यै ननिको ठानिन ।
मात्रै मन बुझाउ“न-
मात्र चित्त बा“धिरहन-
म पनि सधै कहा सक्छु र श्रवण भाई १
आ“खिर हाम्रा आमाहरु मिलेर,
रत्यौली खेलेको पनि सा“चो हो ।
संक्रान्ति र मदन मेलामा,
धान नाचेको पनि सा“चो हो ।
एक्कासी अहिले आएर पराय अरु कसैले ,
विद्यटनको खेल खेल्छ भन्ने लागेकै थिएन ।
तिमी-हामीलाई जुधाएर,
तमासा हेर्छ भन्ने सोचेकै थिएन ।
सोच है सोच केरु• भाई !
पानी बगे पछि फेरि र्फकदैन ।
मात्र सम्झना बनेर –
बगर रोइरहन्छ किनारमा ।
नराम्रोलाई विर्सन –
राम्रोलाई सम्झन निको लागेर नै,
मैले हाम्रा धेरै कुराहरु सम्झे ।
पखालाले सताएकै बेला पनि,
कान्ला बिगारेर हाम्रा बाहरुले,
संगै देउसी खेलेको सम्झे ।
देउसी कै भेटी उठाएर,
हामी पढ्ने स्कूलको छानो छाएको कुरा सम्झे ।
खा“डो जगाउन खप्पिस त्रि्रा बा,
अनि सिलोक फट्कार्न सिपालु मेरा बा ,
संगसंगै जन्ती गएको सम्झे ।
मन्त्र फुकेर सिकारी मन्साएको साइनो होस् ।
वा दुइ इन्ची खुकुरी भसाउंदा समेत,
ख्याल-ख्यालै ठानेर-
दुई गिलास रक्सीमै मिलेको साइनो होस्-
ज्यू“का त्यू“ छ अहिले पनि ।
कहा मेटिएको छ र हाम्रो साइनो !
अहिले आएर तिमीले,
विदेश किन्यौ भन्दैमा,
हाम्रो सम्बन्धलाई म कसरी विट मार्न सक्छु र थेवे दाई –
लुकाउने कुरा नै के पो बा“की छ र –
न मान्छेस“ग बचेको नै के पो हुन्छ र –
हामी सबैले मान्दै आएको,
हलेसी महादेव र पाथीभरा देवीलाई,
तिमी हामी सबैले मानेकै हौं ।
त्रि्रा उघौलि, उभौली र बुढीबजु ,
अझै पनि मैले मानेकै छु ।
सिमेभूमे र सगुनेले पनि –
सुब्बे फाब्बे नै भएको छ ।
अहिले आएर सानो कुरामा,
किन रडाको मच्चाउछौ देवान भाई –
मन्त्र साट्नु चानचुने कुरा हुनै सक्दैन,
देउता साट्नु सानो कुरा हु“दै होइन,
हामीले आपसमा देउता पनि साटेको छौं ।
तिमीले बिर्सेर ज्ञान –
तिमीले सम्झन छोडेको त्रि्रै भाषा,
समयको जोर विजोरमा,
तिमीले भुल्नै लागेको हाम्रो साइनो,
एउटै मुन्धुमले ठिक पार्न सकिन्छ अव ।
जोखाना हेरिरहन जरुरी नै छैन अव ।
आउ म मन्त्र फुकिदिन्छु त्रि्रो कमजोर आ“खालाई ।
मसंग त्रि्रो हजुरबाले मर्नु एकदिन अघि सिकाएको,
त्रि्रै भाषाको फूलो झार्ने शक्तिशाली मन्त्र छ ।

सेवारो है मादेन भाइ सेवारो !
सेवारो है नेम्बाङ्ग दाइ सेवारो !!

१. लिम्बु भाषामा नमस्कार वा अभिवादन जनाउँदा भनिने शब्द ।