आज जुनेली रातमा फेरि मेरो मन चंचल भइरहेछ :
सोच्दछु तिम्रो छेउमा मैले बस्ने ठाउँ पाउँला के ?
के तिम्रो सुन्दर चेहरा देख्न सकुँला अनि के मेरो जिज्ञासु नेत्रले
तिम्रो नेत्रलाई निर्निमेष देख्न सकुँला ?
सोच्दछु, मेरो गीतपूर्ण आँसु, के चिर–समयसम्म तिम्रो चरण स्पर्श
गर्ने अनुमति पाउन सक्ला ?
यस भयले मि कहिलेकाहीँ तिमीले दिएको दान फिर्ता नमागोस्
भनीकन, म जमीनमा खाडल खनेर आङ्खनो चेहरा लुकाउनेछु ।
तिमीले मेरो हातमा हात राखेका छौ, मलाई भय लाग्छ,
यहि तिमीले मलाई छेउमा बोलाएर उभिनू भन्यौ भने मेरो प्राणमा
भयङ्कर दारिद्रयले ढाक्नेछ ।