Shekhar Dhungel – Ke Diun Ra Ma Khai Timilai

के दिऊँ खै तिमीलाई
यो प्रेम दिबस कोसेली ?
शब्द का भावाबेग पोखेर
तिम्रो मन बहलाऊँ कि ?

मिठा मिठा सपना बाँडेर
तिम्रो मन भुलाई दिऊँ कि ?
तिता मिठा मन भित्रका
एक अर्कामा बाडेर
हिसाब बराबर गर्ने कि ?

तिम्रो शिखर चुम्ने आकांछ्यालाई
आश्वासन को भर्याङ दिऊँ कि ?
तिम्रो दु:ख र मेरो सुख
आपसमा साटेर सन्तोष लिन्छ्यौ कि ?

हाँसो मेरो हराइसकेको छ
आँशु बाहेक मसँग केही छैन
यो रित्तो उधारो जिन्दगीले
दिएर अस्थाइ बस्तु बजार को
तिमी लाई खुशी पार्न सक्त छु के ?
के दिऊँ तिमीलाई खै ?