Bhira Khadka – Mrityosav

भीरा खड्का – मृत्योत्सव


दिनहु
नजिकिदै गरेको आफ्नो मृत्युलाई
स्वागत गरी रहन्छु
क्रमस: सधै भरि
मृत्युबोधको
स्पर्शानुभुतिमा
पुलकित बनि रहन्छु /
जीवन ?
छंभंगुर छ
मृत्यु नै शास्वत हो
तब किन Continue reading “Bhira Khadka – Mrityosav”

Bhira Khadka – Aau Timi

भीरा खड्का – आउ तिमी

आउ तिमी
मेरो स्वप्नमा
आँखाको बाटो भएर
अन्तस्करणका
मनोरम बंगैचामा
म तिमीलाई
कुरी रहने छु,
विपनाको धरातलमा
तिमीलाई
पाउन नसक्नुको पिडा
स्पर्श गर्न पाउनुको लालसा
कल्पनामै
म तिम्रो आगमन
रुचाई रहेको छु,
आउ तिमि
मेरो मानसपटलका
जिजीबिषाहरुमा
मेरो ह्रिदयका
रंगिन चाहनाहरु
मनस्थितिका
स्वर्णिम भावनाहरु
मृगतृष्णा मात्रै नबनाउन
मेरो मनमन्दिरमा
कर्णप्रिय घण्ट बजाउन,
आउ तिमी
मेरो स्वप्नाहरुमा
छाऊ तिमी
मेरा रहरहरुमा
आफु
प्रेममई भई
मलाई प्रेमपुर्ण बनाउन

Bhira Khadka – Mero Jeewan Ra Hitler Ko Gas Chamber

भीरा खड्का – मेरो जीवन र हिटलरको ग्यास च्याम्बर

मनस्थितिका
हरेक
बिचाररुपी मेरा
येहुदी सिपाही हरु
ग्यास -च्याम्बरमा खादिएका छन,
हिटलर बनेको
मेरो नश्वर काया
मानसिक अन्तर्द्वन्द बीच बन्धित
मेरो अस्तित्व
स्व-आत्माको लाचारिमा
अट्टहास हासो सहित
ताण्डव नृत्य गर्दै छ /
आफैलाई कैद राख्न
म बाध्य छु
घुटघुटी लिएर जीवन मर्न
म विवस छु,
तेसैले
आफ्ना बध्यताहरुलाई
विवशता हरुलाई
निस्शासिएर
अन्त्य गराउन
मन्जुर छ मेरो मानसपटल
च्याम्बरमा
हिटलरको ग्यास च्याम्बरमा

Bhira Khadka – Mero Man

भीरा खड्का – मेरो मन

मेरो
मन जब
एक्लो महशुस गर्छ,
मन जब
उदाश हुन्छ
अनि उ अर्को
एक्लो र उदाश मनको
चाहना गर्छ,
साथ पाउनु
अनि साथ दिनुलाई
बेचैन हुन्छ,
मेरो
मन जब
रसाएर रुन्छ
मेरो
मन जब
एकोहोरो हुन्छ,
तब उ अर्को
रुवेको मनलाई
एकोहोरिएको मनलाई
आफ्नो प्रतिरुप ठान्छ
अनि आफु पनि
एकोहोरो भैदिन्छ,
मेरो मन
जहिलेपनि एक्लो छ,
सधै भरि उदाश छ,
हरपल हर दिन
रुवेको छ
अनि सदैव एकोहोरिएको छ
तर खै त मैले
मेरो झैँ एक्लो
उदाश अनि
एकोहोरो मन पाएको?

Bhira Khadka – Timro Yaad Aaunchha

भीरा खड्का – तिम्रो याद आउछ

तिम्रो याद आउछ सारै सताउछ
बिर्सन सकिन
माया याद आउछ धेरै रुवाउछ
सहन सकिन
कति सुन्दर थियो
त्यो हाम्रो संसार
आगो कसले लगाइ दियो
जली सके म
खरानी भएछु
तिमीलाई भुल्न सकिन
माया याद Continue reading “Bhira Khadka – Timro Yaad Aaunchha”

Bhira Khadka – Man

भीरा खड्का – मन

मनलाई
रिमोट कन्ट्रोलले
चलाउन सकिने भए

पावर अफ गर्थे
अनि
चुपचाप भै दिन्थे,
न कुनै सोचाई
न खुसि
न दुख
केवल खाली खाली मन /
मनलाई
रिप्लेमा लान
सकिने भए
मेरा सबै तनावहरु
बाध्यतामा सिर्जित
परिस्थितिहरु
अनि आफुलाई
सम्हाल्न नसक्नु पीडाको पलहरु
सबै डिलेट गर्थे
अनि
तनावमुक्त भई
स्वच्छन्द जीवन बाच्थे
न कुनै ग्लानी
न पश्चात्ताप
न छटपटी
केवल
स्वस्थ्य अनि खुल्ला मन

Bhira Khadka – Pyaro Sathi

प्यारो साथी
आज तिम्रो नया बर्षमा
तिमीलाई
शुभकामना
मेरो त यहाँ
नया बर्ष अब आउछ,आउदैन
त्येसैले तिम्रै नया बर्षमा
तिमीलाई शुभकामना
मेरो देश
बिखण्डनको संघारमा छ
मेरो देश
एकादेश बन्ने क्रममा छ
मेरो Continue reading “Bhira Khadka – Pyaro Sathi”

Bhira Khadka – Jati Nai Pida Deu Malai

भीरा खड्का – जति नै पिडा देउ मलाई

जति नै पिडा देउ मलाई
म सहि दिने छु
देउ जति नै आशु मलाई
चुपचाप पिईदिने छु
तिमीलाई माया गरि पर्खी बस्ने छु,
खुसीहरू तिम्रो जीवनलाई उपहार मेरो भो
हासोहरु सबैनै तिमीलाई, दुख मेरो पेवा भो
जति नै चोट देउ मलाई
म हासेर बस्ने छु
चाहे भुली नै देउ मलाई
म सम्झेर बस्ने छु
तिमीलाई पर्खी बस्ने छु,
मुटु मेरो तिम्रो प्रतिछ्यामा धड्किरहने भो
आखा त के मन नै मेरो एकोहोरो हुने भो
जति नै पिडा देउ मलाई
म सहि दिने छु
देउ जति नै आसु मलाई
चुपचाप पिईदिने छु
तिमीलाई माया गरि
पर्खी बस्ने छु

Bhira Khadka – Yo Mutu (Nepali Gajal)

भिरा खड्का – यो मुटु

धेरै सह्यो अब सहन सक्तैन यो मुटु
पाउँछौ के नै तिमीले जलाएर यो मुटु

तिम्रो साथमा दुनियाको चाह गरिन
तिम्रो बिछोडमा दुनियाले चाह गरेन
न चर्काउ धेरै कमजोर छ यो मुटु
पाउँछौ के नै तिमीले Continue reading “Bhira Khadka – Yo Mutu (Nepali Gajal)”

Bhira Khadka – Tin Haiku

(१)
टिप्न र खान
जान्यो भने सिस्नोले
कहाँ पोल्छ र?

(२)
प्रेम सम्बन्ध
नियोजन बिरुद्द
सजिलो युद्द

(३)
उसको दाह्री
कस्तो सुहाएको
देख्दा बादर

Bhira Khadka – Timro Bidai Utsab

भीरा खड्का – तिम्रो बिदाई उत्सव

हर्षोल्लासकासाथ
म तिम्रो बिदाई
फगत एक्लै
उत्सवको रुपमा मनाउँदैछु ।
आनन्दानुभूति गर्दैछु यतिबेला
आफु एक्लै अनि चुपचाप
तिम्रो बिदाई उत्सव मनाउनुमा
खुसि छु म ।
तिमीले छोडेर जानुमा
अहिले एक्लो बनायौ त के भो ?
म एक्लो कदापी छैन
मेरा अन्तस्करणबाट पग्लिएर
आँखाको बाटो भई आउने
मेरा आँशुलाई सोध
भक्कानिएर फुट्न लागेको
मेरो मुटुलाई सोध
मेरा छटपटी अनि
मेरा उदाशीलाई सोध
म कहाँ एक्लो छु ?
आँशु,रोदन व्यथित मन पिडामयी मुटु
अनि टुक्रिएको मानसिकता
सबै सबै त छन्
सधैभरी साथ दिने वाचा सहित
मसंग तिम्रो
बिदाइको उत्सव मनाउन
भेला भएका छन्
र म टिलपिल आँशु संगै
बोल्न नसकेका शब्द संगै
मुटुबाट निचरिएर आएको
रगतरुपी मदिरामा
आफुलाई विनिमय गर्दैछु,
हर्षोल्लासकासाथ
म तिम्रो बिदाइलाई
एक्लो फगत एक्लो
उत्सवको रुपमा मनाउदै छु ।