Indra Kumar Sunuwar – Timi Nabhaye

ईन्द्र कुमार सुनुवार – तिमी नभए

तिमी नदी हौ म दुई किनारा तिमीलाई साहरा दिइरहने
तिमी पवन हौ म बतास तिमीसितै बहिदिने
तिमी बादल हौ म बर्षा तिमीबाटै बर्सिदिने
तिमी संगीत हौ म मिठो धुन सँगसँगै गुन्जिदिने

तिमी जून हौ म जुनेली तिमी हुँदा छाइदिने
तिमी घाम हौ म प्रतिबिम्ब तिमीबाट बनिदिने
तिमी मुटु हौ म त्यस्को धड्कन एकै साथ धड्किदिने
तिमी सागर हौ म छाल तिम्रै लागि उर्लिदिने

तिमी सुन्दर फूल हौ म सुबास तिम्रै लागि बसाइदिने
तिमी दीप हौ म रोशनी तिम्रो वरिपरि छरिदिने
तिमी पबित्र आत्मा हौ मेरो शरिरको बाचुन्जेल सँगै हुने
तिमी नभए केही छैन जिउनुको कुनै अर्थ नरहने