B J Bantawa Rai – Khai Ta Jeewan Ko Paribhasha?

बि. जे. बान्तवा राई – खै त जिबनको परिभाषा???

आँशुको सागर वा दु:खको महल
जिउँदो हुनुको एउटा रहस्य हो की
मृत्युको लागी गरिने एउटा पहल
जहाँजतीं हिँसा छ, आतंक छ
त्यहीं छ जिबन, समेटिएको
जहाँ छ भोक छ रोग छ त्यहिं छ
जिबन लपेटिएको, झपेटिएको
जहाँ आशा अनी कल्पना, सपना छ
त्यहिं छ जिबन अनी हरेक बिषमताहरु
जिबन छ सबै छ यहाँ नर्क छ यहाँ
स्वर्ग छ यहाँ, दैंत्य छन यहाँ
देवता छन यहाँ,पशु जस्तै मानव
र मानव जस्तै पशु सबैको आ-आफ्नै
जिबन छ यहाँ, के यहि हो जिबन?
कोई मर्न चाहने जिबन छन यहाँ
कोई युगौ युग जिउन खोज्ने जिबन छन यहाँ
हारसँग जीत र जीत सँग हार मागी
रहेका अन्धो जिबनहरु छन् यहाँ
पाईला-पाईलामा फूल रोप्ने जिबन
अनी शुल पनि रोप्ने जिबनहरु छन यहाँ
खै कस्ले दियो अर्थ जिबनको??
न रामायणले जिबन यहीं भन्न सक्यो
न गीताले न बाईबलले, न कुरानले
केवल जिबन त्यो अपरिभाषित रह्यो
यहाँ परिभाषित जिबन खै कहाँ?
बुद्वको परिभाषाले आज मेटिएको छ
अहिलेका बिद्वानहरु केवल पाना थप्न
यहाँ लागी परेका छन, केवल ,,,
अनी दार्शनिक खै त यहाँ असल दर्शन??
सबै परिभाषा खोज्दा खोज्दै
बाङ्गिएका टेंढिएका, लङ्गडो, अपाङ्गो
जिबनको अर्थ खोज्दा खोज्दै
दाह्री जुँगा फुले, माटोभित्र मिले
अहँ जिबनको परिभाषा खै कहाँ?
यहाँ जिबन जहिले अपरिभाषित रहेर
जहिले लाटो बुङ्गो रहनेछ, केवल
इशाराको भरमा चलिरहन्छ जिबन
मृत्यु देखी जिबनसम्म, जिबन देखी
मृत्यु सम्म केवल अपरिभाषित
अन्धो भएर, अनी अपरिभाषाको दह्रो
जेलमा कैद भएर, त्यो कहिले
देखा पर्ने छैन, जहिले जहिले
बन्द भएको छ, त्यसको परिभाषा
जनमकैदी भएर बसेको छ,
यहाँ जिबनको परिभाषा खोज्नेहरु
र लेख्नेहरु केवल ,,,,,,
आफ्ना इन्द्रजालमा पङ्गु बनाउन
खोजेका मात्र हुन, जिबन
जहिले तहिले अपरिभाषित भएर
रहनेछ, अपरिभाषित भएर रहनेछ।