Bartika Eam Rai – Najeek
रात धेरै पर्यो धेरै-धेरै
मायाका कुरा नगर न, ए
भोलिबारे केहि थाहा नभई जीवनभरीका
दिनहरु मेरै नाम नगर न, ए
सागरमा होस् कि आकाशमा
जहीँकहीँ मैसँग डुल्ने
मेरा आँखा नै सबैभन्दा राम्रा भएजस्तो
बेकम्फुसे गफ नगर न, ए
नजिक नआऊ, डर लाग्दैछ
आफ्नै भावनाहरुसंग
शिथिल छ मुटु, रुखो बनाएको छु
धेरै-धेरै साल लगाई
नजुधाऊ आँखाहरु भावना बन्न
कत्ति नि समय लाग्दैन
किन सोध्छौ”किन यति डर?”
थाहा छैन र
भावना हराउन पनि
कत्ति नि समय लाग्दैन
तिम्रो आत्मा थाम्ने कसम कसरी दिऊँ म
जब आफ्नै आत्मालाई चिनेको छैन
आफ्नै छायासँग भागी दौडदैछु म
भन तिम्रो छायाको जिम्मा कसरी लिनु म
संसार छाडिहिँड्ने बाचा नदेऊ न
शुरु-शुरुमा त यस्तै त हो नि
जीन्दगानीको रीतहरुले यसै उसै
हामीलाई अल्झाउने नै हो
काश हाम्रो भेट केही साल अगाडि हुन्थ्यो
या काश हाम्रो भेट केही साल पछाडि हुन्थ्यो
समय सही हुन्थ्यो राजै, मौसम बेग्लै हुन्थ्यो
तर, आज हैन
नजिक नआऊ न
नजिक नआउ, डर लाग्दैछ
आफ्नै भावनाहरुसँग
शिथिल छ मुटु, रुखो बनाएको छु
धेरै-धेरै साल लगाई
नजुधाऊ आँखाहरु भावना बन्न
कत्ति नि समय लाग्दैन
किन सोध्छौ “किन यति डर
थाहा छैन र
भावना हराउन पनि
कत्ति नि समय लाग्दैन