Kusum Gyawali – Nabhanchine Lauro (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – नभाँचिने लौरो (लघु कथा)

“हेर्नुस ! कमरेडहरु हामी लोकतान्त्रिक बन्न व्यवहार पनि लोकतान्त्रिक हुनुपर्छ । मार्क्सवाद व्यवहारपरक दर्शन हो । व्यवहारमा उतारेर मात्र लोकतन्त्रलाई सफल बनाउन सकिन्छ ………. ।” सहभागीहरुले कमरेडका कुरा तालिले समर्थन गरे । “लोकतन्त्र भनेको समानता, पारदर्शीता, र सुशासन पनि हो । यो राजनैतिक कुरामात्र होइन । हामीले सरकार सञ्चालन गर्दा हामी एउटा पार्टीको प्रतिनिधिको रुपमा मात्र आफूलाई हेर्नु हुँदैन । आफू मन्त्रालयमा रहँदा हामी सिङ्गै देशको प्रतिनिधि हो भन्ने संझनु पर्छ । हामीले बिचार, आस्था, लिङ्ग जात, भाषा सम्प्रदाय कसैलाई पक्षपात गर्नु हुँदैन । विशाल हृदय वनाउनु पर्छ ……. ।” कमरेडको भाषणाले सबै गम्भिर भए । ” जोसँग व्यवसायिक क्षमता छ त्यसलाई जिम्मा दिनुर्पर्छ ।” कमरेडले भनेका कुरामा प्रशिक्षणमा आएका कसैले विरोध गरेनन ।


“ए हजुर त्यो गोविन्देले बनाएको पारी गाउँको कुलो दुई महिनामा भताभुङ्ग भयो । भरत कमरेडले ठेक्का लिएर बनाएको माथ्लो गाउँको कुलो १० वर्षभयो एक ठाउँमा पहिरो गा’छैन । कामको गुणस्तर हेर्नु पर्दैन हजुर ! सबै पार्टीलाई समेट्न, अर्को पार्टीको मान्छेलाई पनि समान अवसर दिन्छौं भन्ने सन्देश दिने नाममा त्यस्ता ठग ठेकेदारलाई काम दिन उपयुक्त होला त ? ठगलाई कालोसूचीमा हालेर पो कारबाही गर्नु पर्ने होइन त हजुर ।” कान्छी श्रीमतीले कमरेडको भनाई र गराईको बीचको भिन्नतालाई विरोध गरिन ।


“हेर कान्छी आफ्नै पार्टीका इमान्दार कार्यकर्तालाई काम दिनुहुन्न । तीनलाई काम दिंदा कमिशन माग्यो भने मात्र पनि पार्टी कुरा उठ्छ । अनि राजनीति डामाडोल हुँदैन ? अर्को पार्टीलाई ठगनै भए पनि काम दिंदा कमिशन पनि दिन्छ । पार्टीमा कुरा पनि उठ्दैन । पत्रकारले छापे भने “पार्टीको इमेज बिगार्न अर्को पार्टीले षडयन्त्र गरेको भन्यो बच्यो । साँप पनि मर्ने लौरो पनि नभाँचिने ! बुझिस । कान्छी !” कमरेडको अनुहारमा कुटिल मुस्कान देखा पर्‍यो ।

Bishwa Raj Adhikari – Euta Anautho Bhet

विश्वराज अधिकारी – एउटा अनौठो भेट

मैले उनको दुवै हात समाते। मेरो त्यस्तो व्यवहारबाट उनले असजिलो नमानेकोले ती दुवै हातलाई मैले मेरो गालासम्म पुर्याए। फेरि कुनै विरोध भएन। म अलि बढी नै उत्साहित भए। मैले मेरो दाहिने हात उनको कांधमा राखे। उनको काँधमाथि राखेको मेरो हातलाई उनले विस्तारै आफ्नो दाहिने हातले समातिन्। मैले विस्तारै भने – म आज डराउदिन। म आज मनमा के लागेको छ पूर्णरुपमा व्यक्त गर्न चाहन्छु। उनले केही पनि बोलिनन्। मैले उनको हात समातेर विस्तारै टेबुलतिर ल्याए। हामी दुवै मेचमा बसौं।

उनले अर्थात शुष्माले विस्तारै भनिन् ‘कहिले आउनु भयो’?

मैले छोटो उत्तर दिए – एक हप्ता भयो।

शुष्माले फेरि सोधिन ‘अलि दिन बस्नु हुन्छ होला?’

मैले भने – बस्छु। अझै अलि प्रष्ट पारे – म एउटा युनिभर्सिटीमा पढाउँछु। युनिभर्सिटी अहिले बन्द छ, क्लास हुँदैन। एक महिना जति बस्छु होला।

शुष्माले सोधिन ‘परिवार पनि ल्याउनु भएको छ’?

म एक्लै आएको छु। आउन त्यस्तो कुनै जरुरी पनि थिएन। तर किन हो मन एकदमै व्यग्र भयो। एकचोटी काठमाडौ जाउ जाउ जस्तो लाग्यो। त्यसैले आएँ। तर आएकोमा एकदम सन्तुष्ट छु म, मेरो यो भनाइ सक्याए पछि मैले शुष्मातिर पुलुक्क हेरे। उनी मतिर हेर्दै थिइन। मैले पनि उनको आँखामा आँखा राख्दै हेरे। एक छिनसम्म हामीले एक अर्कालाई हेर्यो।

मैले भने – ती दिनहरु कति रमाइला थिए, जब हामी बीरगंजमा थियौ, है। मेरो डेरा र तिम्रो घर आमने सामने थियो। दिनमा दसौ पटक हाम्रो भेटघाट हुन्थ्यो। अहिले सम्झिंदा पनि मन सिमलको भुआ जस्तो उडन थाल्छ अतितको आकाशमा। तिमीलाई मेरो कोठामा आउन कुनै प्रतिबन्ध थिएन तिम्रो परिवारबाट। म एक त तिम्रो परिवारको टाढाको नातेदार दोस्रो तिमीले मसँग ट्युसन पढ्ने बाहाना। कति पटक हामी संगै घुम्न निस्केका थियौ। विर्ताबाट हिंडेर हामी ठाकुर राम क्याम्पससम्म पुग्ने गर्थौ। सम्झ त ती दिनहरु।

यति भनेर म एक छिन चुप लागे। शुष्मा मेरो कुरा सुनेर हांस्दै थिइन। मैले फेरि भने ‘ शुष्मा तिमीलाई याद छ एक चोटी साँझमा घुम्ने क्रममा हामी माईस्थान मन्दिर, गीता मन्दिर, महावीर स्थान, अलखियामठ घुम्दा धेरै ढिलो भएको थियो। झमक्क साँझ नै परेको थियो। तीमी निकै हडबडाएकी थियो घर पुग्न। माईस्थान मन्दिरबाट बिर्ता जान रिक्सा नपाएर कति गार्हो भएको थियो, याद छ तिमीलाई?

मेरो कुरा सुनेर शुष्मा हाँसिन। मतिर हेर्दै भनिन ‘अहिले त्यो दिनको घटना सम्झिंदा घरमा गएर गाली खानु पर्ने हुन्थ्यो भन्ने डर भन्दा पनि त्यो रोमान्चक समय याद आउँछ। मन पुल्कित हुन्छ’।

शुष्माले रेष्टुरेन्टको झ्यालतिर हेर्दै भनिन ‘एक दिन तपाँइको कोठामा म निकै बेर बसेको बिर्सिनु भयो नि?’

मैले भने – के को बिर्सिनु। तिमीले त्यो दिन भनेको ‘हेर्नुस, हामी केवल दुइ जना मात्र, त्यो पनि ढोका बन्द गरेर, यसरी बसेको कसैले देखे भने के भन्लान, मलाई त डर र रोमान्चक दुबै लागिरहेछ’ अहिले पनि याद छ। मैले पनि त भनेको थिएँ नि भन्नेले भन्दै गर्छन। भन्नेहरुको परवाह गरेर पनि साद्दे चल्छ र?

शुष्माले प्रशंग परिवर्तन गर्दै भनिन ‘आजभोलि कहाँ बस्नु हुन्छ नि? नेपालमा त हुनु हुन्न भन्ने सुनेको थिएँ। तर कहाँ बस्नु हुन्छ भन्ने चाँहि थाहा छैन’।

मैले जबाफ दिएँ ‘युरोपको एउटा युनिभर्सिटीमा पढाउँछु। नेपाल छाडेको त निकै भयो।

मैले फेरि भने- ठाकुर राम क्याम्पसबाट बि कम गरे पछि म काठमाडौ गए। यस्तै २०३७ साल तिर हुनु पर्छ। त्यस पछि काठमाडौमा बसेर, ४१ हो या ४२ सालमा, त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स गरे। ४५ सालमा म थाइलैण्डको राजधानी बैकक गए, मास्टर्स गर्न। २०५० सालमा मास्टर सक्याएर नेपाल फर्के। नेपालमा यस्तै एक वर्ष जति बसेको हुँला म, फेरि यु यस ए गए पि यच डि गर्न। २०५५ सालमा पि यच डि सक्याए। चार वर्ष जति यु यस ए को एउटा युनिभर्सिटीमा पढाए, अहिले भने युरोपमा छु। फ्रान्सको पेरिसमा।

मेरो लामो भनाईलाई टुङ्ग्याउँदै मैले सोधे- अनि तिमी के गर्दै छेउ नि शुष्शमा? यति भनेर मैले उनको मुहारमा केहि बेर घोरिएर हेरे पनि। शुष्माले पनि मेरो मुहारमा केही बेर हेरि रहिन।

एकै छिन घोरिएर हेरे पछि उनले भनिन ‘ मैले पनि ठाकुरराम क्याम्पसबाट, २०४२ साल तिर हुनु पर्छ, बि ए सक्याए। ४३ सालमा काठमाडौ आएँ। एम ए पढ्न। ४८ सालतिर मैले एम ए सक्याए, त्रिभुवन विश्वविद्यालयबाट। एक दुइ वर्ष यता उता अल मल भयो। ५० साल देखि एउटा प्राइभेट क्याम्पसमा पढाउँदै छु, काठमाडौमा नै। भैसेपाटीमा एउटा सानो घर पनि छ’।

शुष्मा केहि क्षण चुप लागिन। मतिर पुलुक्क हेरिन। म एकटकले उनको मुहार तिर नै हेर्दै थिए। उनले मेरो आँखामा आँखा राख्दै भनिन ‘ बीरगंजबाट काठमाडौ पढ्न आए पछि त तपाँइले चटक्क नै बिर्सिनु भयो नि। एक चोटी पनि मेरो बारेमा कुनै जानकारी लिनु भएन। न त बीरगंजमा नै मलाई भेट्ने कोशिस गर्नु भयो न त काठमाडौमा नै म कहाँ छु भनी पत्ता लगाउनु भयो। बल्ल अहिले आएर भेट हुँदैछ, सँगै हिंडेको, सँगै पढेको उन्नतिस, तिस वर्ष पछि। तिन दशक सम्म हाम्रो भेट हुन सकेन’।

म चुपचाप शुष्माको कुरा सुनिरहेको थिएँ। उनले बोलेको मलाई अति नै रमाइलो लागिरहेको थियो। शुष्माको कुरा सन्दै गर्दा म स्मृतिको गंगामा डुबेर पुगेको थिएँ आफ्नो त्यो विद्यार्थी जीवनमा जहाँबाट शुष्मा र मेरो भेटघाटको शिलसिला शुरु भएको थियो। शुष्मालाई मैले पहिलो चोटी बीरगंजको माईस्थान मन्दिरमा अष्टमीको मेलामा साँझको समयमा देखेको थिए। त्यति खेर मेरो डेरा रानीघाटमा थियो। पछि डेरा सर्ने क्रममा संयोग नै भन्नु पर्छ शुष्माको घर छेउमै पुगें म। यो घटना २०३२ सालतिर को हो। शुष्मासँग मेरो परिचय औपचारिक किसिमले भने २०३२ सालमा भएको थियो, जब म उनको घरको नजीकको घरमा डेरा लिन पुगेको थिए। औपचारिक परिचय हुने माध्यम थियो ट्युसन। यस यल सि को परीक्षा दिन पर्ने थियो शुष्माले। उनको गणित कमजोर भएकोले ट्युसन पढ्नु पर्ने उनको बाध्यता थियो। उनको बुआलाई मेरो गणित निकै राम्रो छ भन्ने थाहा भएकोले मैले उनीलाई ट्युसन पढाउने काम जुरेको थियो। उनीलाई ट्युसन पढाउने क्रममा नै हाम्रो परिचर सामान्यबाट अलि असामान्य हुन पुगेको थियो।

शुष्मा चुप लागिन। मतिर हेर्दै भनिन ‘साँच्चै किन एक चोटी पनि भेट्ने कोशिस गर्नु भएन, हँ?’

शुष्मातिर हेर्दै मैले मधुर आबाजमा भने- त्यति खेर ममा पढ्ने धुन यति बढी सवार भएको थियो कि यता उता केही हेर्न भ्याइन। जहिले पनि मेरो अगाडि कसरी राम्रो विश्वविद्यालबाट डिग्री लिन सकिन्छ भन्ने उद्देश्य नै तेर्छिरह्यो। मैले त विहे पनि अलि ढिलो गर्नखोजेको थिएँ तर मैले न गरे भाइको पनि विहे रोकिने भएको हुनाले ४४ सालमा बिहे गरे। मेरो त नाति नातिना पनि भइसके। मेरो एउटी छोरी र एउटा छोरा छन उनीहरु पनि उतै बस्छन।

बोल्दा बोल्दै म एक्कासी रोकिए। केही सम्झे झै गरी भने- अनि शुष्मा तिम्रो विहे ……………?’ मेरो भनाइ पुरा पनि हुन पाएको थिएन बिचमै रोक्दै शुष्माले भनिन ‘यो उमेरसम्ममा पनि कहीँ बिहे नभएर रहला त कोइ? मेरो विहे पनि २०४६ सालमा भयो। काठमाडौमा बिहे भयो मेरो। वहाँको नाम रमेश हो। एरेन्ज मैरिज भएको हो हाम्रो। वहाँको बुआ र मेरो बुआको पूर्व परिचय थियो। मेरो पनि एउटा छोरा छ। त्यो पनि अठार उन्नाइस वर्षको लाडे जवान भइ सक्यो।

शुष्माको भनाई सकिए पछि फेरि हामी दुइले एक अर्कालाई हेर्यौ। एक अर्कालाई हेरिनै रहेर निकै बेरसम्म हाँस्यौ पनि। हामी जोड जोडले हाँसेको देखेर रेष्टुरेन्टमा भएकाहरु हामीलाइ अनौठो किसिमले हेर्दै थिए। हाम्रो हाँसो तिर एकै छिन ध्यान दिए पछि उनीहरु आफ्नै धुनमा लागे। त्यो रेष्टुरेन्टमा मेरो आग्रहमा नै शुष्मा मलाई भेट्न एक्लै आएकी थिइन। उनले त आफ्नै घरमा भेट्न आउन जोड गरेकी थिइन तर उनको घरमा खुलेर कुरा गर्न नसकिने हुनाले नै मैले त्यो रेष्टुरेन्टमा आउन आग्रह गरेको थिएं। उनको घरको फोन नम्बर बल्ल बल्ल पत्ता लागेको थियो। झन्डै तिन चार दिनको प्रयास पछि। मैले फोनमा कुरा गर्दा शुरुमा मलाई चिन्न शुष्मालाई निकै गार्हो भएको थियो। आफ्नो बारेमा छोटकरीमा बताए पछि मात्र उनीले मलाई चिनिन। तर फोनमा कुराकानी भइरहँदा उनी निकै आश्र्चर्यमा पनि परिरहेकी थिन। उनले पटक पटक भनेकी थिइन ‘धेरै दिन पछि सम्झिनु भयो नि। मलाई त तपाँइले…….. मलाई बिर्सि सक्नु भयो जस्तो लागेको थियो’।

लामो समय पछि शुष्मालाई भेट्दा मलाई अति नै रोमान्चक लागिरहेको थियो। कुराको सिलसिला जति अगाडि बढ्दै थियो म त्यति नै उनीसँग बिताएका बिगतलाई सम्झिरहेको थिए।

कुराकानीको क्रम एकै छिन रोकियो। तर हामी एक अर्कालाई नै हेरिरहेका थियौ। हामीले एक अर्कालाई हेरिरहेको क्रममा नै शुष्माले आफ्नो मुहारमा जिज्ञासा भाव झल्काउँदै भनिन ‘अँ साँच्यै, तपाँईले अघि भन्नु भयो को थियो नि, म आज मनमा के लागेको छ पूर्णरुपमा व्यक्त गर्न चाहन्छु, भन्नुस न त तपाँइको मनमा के लागेको छ’।

शुष्मातिर घोरिएर हेर्दे मैले भने – मेरो कुरामा माइन्ड त गर्दिनौ शुष्मा? तर आज तिमीले माइन्ड गरे पनि म भनेर छाड्छु त्यो कुरा बाँकी राख्दिन। र सकिरहेको छैन मनमा त्यो शूल पाल्न। र अब उप्रान्त शक्तिन पनि पाल्न। अति भयो। आफूले आफैलाई धिक्कार भन्दै छु, वर्षौदेखि। आज …………………..’।

मेरो भनाइ पुरा नै भएको थिएन, बीचमै शुष्माले प्रश्न गरिन ‘के हो त्यस्तो शूल तपाँइको मनमा गाडिएको?

शुष्माको प्रश्नको उत्तरको रुपमा मेरो मुखबाट झ्वाट निस्क्यो – शुष्मा म तिमीलाई प्रेम गर्छु। गर्थ्ये, गर्छु र गरिनै रहने छु। रियली आइ लभ यु शुष्मा। यस आई डु।

मेरो उत्तर सुनेर उत्तेजित हुँदै शुष्माले भनिन ‘एक तिस, बत्तिस वर्ष पहिले किन भन्नु भएन यो कुरा। अहिले भनेर के फाइदा। त्यो बेला भनेको भए हुन्थ्यो नि, जनु बेला …………….। एक चोटी बगेको खोलाको पानी फेरि फर्किएको छ, कहिले? देख्नु भएको छ कहिँ कहिले त्यस्तो?’

शुष्माको कुरामा मैले कुनै प्रतिक्रिमा व्यक्त गरिन। म शान्त बसे। मेरो मनले निकै ठूलो बोझ हल्का भएको महसुस गरिरहेको थियो। मेरो छाती माथि रहेको जाँतो कसैले झिकिदिएको जस्तो लागिहरेको थियो मलाई। तिस बत्तिस वर्ष पहिले त्यो कुरा भन्न नसकेकोमा म आफै हिनताबोध ले ग्रसित थिएँ। त्यो एउटा सम्वाद – शुष्मा म तिमीलाई प्रेम गर्छु भन्न न पाएकोमा मैले आफैले मेरो नाम हुत्तिहारा, लाछि, कायर के के राखेको थिएँ, के के। तर त्यो सम्वाद बोले पछि भने म मा त्यसै त्यसै अनौठो किसिमको आत्मविश्वास जागृत भएको थियो। मेरो मनले मलाई आत्म सम्मान दिइरहेको थियो। म प्रशन्न थिए, पुल्कित थिए। म कायर होइन, म लाछि होइन, म हुत्तिहारा पनि होइन भन्ने मेरो मान्यता निर्वलताबाट सबलतातिर उन्मुख हुँदै थियो। रेष्टुरेन्टमा बजिरहेको संगित मेरो लागि कर्ण प्रिय हुन पुगेको थियो त्यो समय बिन्दुमा। त्यो संगित बजिसके पछि एउटा गित एक कलाकारले गाउन थाले। मलाइ पहिले त्यो गित पट्कै मन पर्थेन। तर त्यति खेर किन हो मलाई त्यो गीत अति मन पर्यो। मनमा उमंगका छालहरु आइरहे। म आनन्दको सागरमा डुबिरहेको थिए। डुबिरहेको थिए। शुष्माले मलाई हेरिरहेकी थिइन। तर उनको मुहारमा कुनै प्रशन्नता झल्किरहेको थिएन। म भने अति प्रशन्न थिए। म कुनै बेला स्टेजमा प्रस्तुत भइरहेको गित र नृत्य हेरिरहेको थिए भने कुनै बेला शुष्मातिर। म चुपचाप थिए। शान्त थिए। सन्तुष्ट थिएँ। भन्ने हो भने एक किसिमले त्यो एउटा सम्वाद बोल्न भनेर नै म युरोपबाट काठमडौ झरेको थिए र शुष्मालाई भेट्न पुगेको थिए।

एकाएक मेरो मनमा के आयो, मैल शुष्मालाई प्रश्न गरे – शुष्मा तिमीले पनि त कहिले त्यस्तो …………………मलाइ भनिनौ नि?

मेरो प्रश्न सुन्ने बितिक्कै शुष्माले भनिन ‘मलाई के थाहा तपाई मलाई कुन दृष्टिले हेर्नु हुन्थ्यो, त्यो बेला, केवल एक छात्राको रुपमा, एक परिचितको रुपमा, या केवल एक मित्रको रुपमा। मैले थाहा नै पाउन सकिन। तपाँइले मलाइ कुन दृष्टिले हेर्नु हुन्छ भन्ने कुराको म केवल अनुमान मात्र लगाउँथे, प्रष्ट हुन भने सक्थिन। तपाँइले पनि त भन्नु भएन न नि तपाँइको मनमा के छ भन्ने कुरा। तपाँइको म प्रतिको दृष्टिकोण बल्ल अहिले तिस ,बत्तिस वर्ष पछि थाहा पाउँदै छु’।

रातको झन्डै नौ बज्न थालेको थियो। हामी उठ्यौ। हामी हिड्न मात्र के आंटेका थियौ, एक दम्पत्ति हाम्रो अगाडि देखा परे। हाम्रो नजिक आएको ती दम्पतितिर हेर्दै शुष्माले मलाई भनिन ‘ मेरो साथी रिता र उनको श्रीमान निरज। यति भने पछि उनले मतिर हेर्दै ती दम्पतिलाई भनिन ‘वहाँ …………………मदन……………………अँ अँ अँ मदन शर्मा। मलाइ के भनेर सम्वोधन गर्ने भनी शुष्मालाई निकै अलमल भएको मलाई लाग्यो। एकै छिनको कुराकानी पछि हामी चारै जना सडकतिर लाग्यौ। मलाई भने तिस बत्तिस वर्ष पहिले वीरगंजको सडकमा शुष्मासंग हिंडेको भान भइरहेको थियो। मेरो मनमाथिको जाँतो पूर्ण रुमपा हटिसकेको थियो, त्यसको अवशेषसम्म पनि बाँकी थिएन।

Aayam Phuyal – Satyagraha

आयाम फुयाल – सत्याग्रह
ल म गए‘ है त, तिमी नि राम्रोसंग जाऊ । ब–बाई ११ टेक केयर………… यति भन्दै मैले सिद्धार्थलाई हात हल्लाउ‘दै मुस्कुराए १सायद, उसको कालो भाइजरले राती ९:३० बजे म मुस्कुराएको देख्न दिएन होला । उसले बाइक घुमायो र मलाई नि हात हल्लाउ‘दै बाई ग¥यो । मेरो ऑखाले अघि कफि खान बसेको ओलिभ क्याफेसम्म उसलाई पन्छाइरह्यो । म सरासर घरतिर हि‘डे । मैले उसलाई चोकमा झारिदन भनेको थिए‘ जहॉबाट मेरो घर यस्तै केही ५० मि. मित्र थियो । बाटोमा खासै उज्यालो थिएन । म मेरो फोनको उज्यालोले हि‘डिरहेथे । मनमा अलिअलि डर पनि थियो । मनमा लाग्यो घरसम्मै छोड्देउ भन्नुपर्ने रैछ बरुस तर फेरी त्यो केटाको स्पष्टीकरण पनि त निकै राम्रो दिनुपथ्र्थो । ड्याडी, मामु, दाई सबैलाई कहिले कहीं त छिमेकीलाई पनि १ थुक्क जिन्दगी१ कसैको सहयोग लि‘दापनि गाह्रो, नलि‘दा झन् आफैलाई गाह्रो । जसोतसोे घर पुंगे ।

डोरबेल बजाए‘ । गायत्री मन्त्र बज्यो । त्यसकै तालमा गुनगुनाए‘ । अनि सोचे, दाईको व्रतबन्ध गर्दा म छोरी मान्छे भएर यो मन्त्र सुन्दापनि पाप लाग्छ भन्नु हुन्थ्यो मामुले । अहिले त यो डोरबेलमा झन् केटीले नै गाइरहिछे त ?१ यसलाई चाहि‘ लाग्दो रैन्छ, पाप ? म मनमनै हॉसे । कहिले उ‘भो. लाग्ला खै यो समाज? ूकति ढिला गर्नुभा, नानी हजुरले, माथि हजुरको ड्याडी रिसाएर खानै नखाई बस्नुभाको छू ढोका खोल्दै धनमान काकाले मेरो सातो उडाउने कोसिस गरे । अब के गर्नु त, प्रयाक्टिकलको लागी पक्नाजोल लग्या थियो, आउ‘दा आउ‘दै अबेर भयो नि काकाू हॉस्दै काकालाई भने‘ । काका ढोका बन्द गर्न लाग्नुभयो ।

म बिस्तारै माथि रुममा गए‘ । लुगा फरे‘ अनि हुड्डी र ट्रयाक लगाएर टि.भी कोठामा गए‘ । ड्याडी समाचार हेरिरहनु भाथ्यो । ओहो, सवारी भयो साइबाको, कहॉ गइस्या नि हजुर ? उतै रात बस्या भए भै हाल्थ्यो नि, कि दिएनन् ? ड्याडीले मलाई हेर्दै नहेरी आफ्नो रिस शब्द शब्दमा पोख्नु भयो । बरु एक चड्कन हान्या भए सहन्थे, तर शब्दले रोपेपछि नराम्रोस‘ग घोच्दो रहेछ । मेरो मन त रोइसकेको थियो , ऑखामा चै‘ आफूलाई कमजोर देखाउने प्रयास गरीन‘ । अब कलेजले लग्या त हो, के गर्नु त अनि ……… म बोल्दै थिए‘, मामुले साइड्बाट , ूल, ल भयो भोलिदेखि छिटो आउनु त‘ पनि हजुर पनि नकराउनु अब १ ल, अब खाना खान हि‘ड्नु बरु, आइजो त पनि । भनेर झगडा टुङ्गाईदिनु भयो । ड्याडी फेरी मुरमुरीन थाल्नु भयो, ूटाउकोमै टेकान छोरीलाई, पछी देख्लीस् र सायद तल भान्सातिर जानुभयो होला । मामु पछी पछी केहि प्रतिकार नगरी जानभयो । आखिर किन? मामु किन ड्याडीस‘ग प्रतिकार गर्नुहुन्नः शब्द नभएर ? बोल्न नसकेर? अह‘ बि.एल. गरेको मान्छे बोल्न नसक्ने त कुरै थिएन । त्यसो भए के छोरी मान्छे भएर ? कस्तो समाज हो यो, जहॉ पुरुष भए‘ भन्दैमा हरेक कुरा उसैले जान्ने हुन्छ ? हरेक कुरामा उसैको हैकम चल्छ? म भित्रभित्रै जलिसकेको थिए रिसले । तर अह‘ बाहिर पोख्न चाहेर पनि सक्दिनथे । खै ऑट नै आउदैनथ्यो जति गरेपनि १

टि.भी. को रिमोट हातमा लिए‘ र च्यानल चेन्ज गर्दै गए‘ । अचानक ए.भी.न्यूजमा गएर रोकिए‘ र फ्ल्यास न्युज पढे‘ । काठमाण्डौ‘ स्थित समयनगरमा एक १६बर्षे किशोरीको आफ्नै हजुरबुबाले इज्जत लुटे, मेरो रिसले पराकाष्ठा नाघ्यो । लाग्यो , यस्तैलाई हो क्या डोरीमा झुन्ड्याउनु पर्ने , तर के गर्नु घा“स खान गाह्राले मान्छे बनेकाले देश चलाएपछी । देशप्रति पनि रिस पोखियो ।

²ओइ नानी , खाना खान आइजो भन्या सुनिनस् १², तलबाट रिसनले भरिएको आवाज आयो । टि. भी. बन्द गरे“ र तल ओर्लिए खान । ड्याडीले खाएको भा“डा उठाउ“दै हुनुहुन्थ्यो मामु । द्घआफूले खा,को जुठो थाल त आफै माझ्नु नि अरु पकाएको भा“डा नमाझेपनिद्घ, दिमागले रिसाउदै सोच्यो , तर बोल्ने आ“ट कसको ? १
²ओइ , तातो पानी ल्याइदे त एक गिलास । ²

अहिले त मामुलाई पनि रिस उठेछ कि क्या हो ?² आफूलाई यहा“ सत्रवटा कामले बितेको छ , फेरी पानी ल्याइदे रे । त्याहॉमाथि भरखर यहीबाट गएको मान्छे, दुःख दिने पनि एउटा सिमा हुन्छनि । ²तर मलाई थाहा छ ड्याडीले मात्र ²ल , ल एकछिन पर्खिनु² सुन्नुभयो, बा“की सबै बोलेको त मैले र धनमान काकाले मात्र सुनेका थियौ“ ।

²नानी , खाना पस्केर खा“दै गर है, म यत्ति पानी पुराएर आएर तलाई कलेजो कलेजो छान्दिउला² मामु यति भन्दै फिल्टरतिर जानुभयो । मैले प्लेटमा अलिकति खाना पस्किए“ र अचार लिन भान्सामा छिरे“ । द्घयी बुढीले पनि कहिल्यै सुख पाउनी भैनन् द्घ मनमनै लाग्यो । खाना खाए“ र ब्रस गरीवरी माथि टि. भी. रुममै गए“ ।

ड्याडी उही १० बजेको समाचार हेर्दै हुनुहुन्थ्यो । ²काठमाडौ“मा आङ् सान सुची आएपछी चै“ यी नेताको घै“टोमा घाम लाग्छ कि , बडा सङ्घर्षशील नारी हो यो , यस्ता पो नारी त² ड्याडी यत्तिकै बोल्दै हुनुहुन्थ्यो । अब चाहि“ साच्चैको रिस उठ्यो । द्घआफ्नी छोरी चाहि“ अलिकति अबेर घर आई भने खाउ“ला जसरी हेर्ने, अनि त्यही मुखले फेरी अहिले चै“ एउटी छोरीको व्याख्या गर्दै थिए । लाज पनि छैन । सुचीको बाउले पनि उसलाई यस्तै बन्धनमा राखेको भए आज यो स्थानमा ऊ आउने थिइन भन्ने कुराले यो बुढाको घै“टोमा कैले घाम लाग्ला ?।द्घ दिमागमा यस्तै किसिमको सोचले ठाउ“ ओगट्यो तर मुखले आफ्नो कर्तव्यबाट वञ्चित हुनुपर्यो ।

डोरबेल फेरी बज्यो । यो पाली चै“ द्घरामद्घ को आवाज सुनियो । ²कति ढिला आद्घको नि त“?²मामुको आवाज माथि सम्मै प्रष्ट सुनिन्थ्यो । ²ह्या मामु भन्दै‘² दाइले किन कराको होलाको भावले बोल्यो । मामुले ढोका लक गरेको आवाज सुनियो ।
²खै, अलि पर सर् । ² दाइले छेउमै आएर करायो ।
²त“ उता बस्न । ² म पनि किन छोड्थे“।
²यो मेरो ठाउ‘ हो, त‘ उता जा है² रिसाउदै करायो ।
²नाम लेख्या छ तेरो यॉ?² म झन् झोक्किए‘ ।
²उता सर्दे न त, सर्दे भनेपछि² डयडीलाई बीचमा बोली हाल्नुपथ्र्यो । म हारे‘ । दाइले खुच्चिङ्को भावले म तिर हे¥यो । म भित्र आगो सल्किसकेको थियो ।
²ड्याडी १०, ००० जति चाहिएको थियो । साथीहरु बन्दीपुर जाने रे² दाइले औ‘ला पड्काउदै बोल्यो । ²ल, ल भोलि दिउ‘ला नि त, तर राम्रोस‘ग जानु नि² ड्याडीले च्यानल चेन्ज गर्दै उत्तर दिनुभयो । अब सल्केको रिसले डढे‘लोको रुप लियो । म चै‘ कुनै साथीकोमा राती अबेर भएर बस्छु भन्दा चै‘ अह‘, अर्काको घरमा बस्नुहुदैन तैले भन्ने, दाइले चै‘ साथीहरुस‘ग ३–४ दिन सम्म घुम्न जॉदा नि हुने? मलाई यति रिस उठ्यो कि कुरै छोडौ‘ । आखिर किन? म चै‘ छोरी मान्छे भएर हरेक कुरामा पछाडि नै छोडिनुपर्ने, हरेक कुरामा वञ्चित नै गरिनुपर्ने । के मेरो आफ्नो स्वतन्त्रता भन्ने कुरा सधै‘ पि‘जडा भित्रै रहन्छ ? अहिले बाउले स्वतन्त्रतामा भोटे ताल्चा ठोकेको छ, भोलि बुढोले । के सबै छोरी मान्छेहरु यसरी नै अर्काको कठघरामा रहेर बॉच्नुपर्ने? के हामी आधा संसारको अर्को आधा संसारबिना अस्त्तित्व नै छैन ? के छोरी मान्छेको स्वतन्त्र जीवन बॉच्ने कुनै हक नै छैन ? यसरी आक्रोशले भरिएको प्रश्नको चाङ लाग्यो तर अह‘ न कसैलाई सोधे‘ न कसैले आफै‘ बुझेरै उत्तर दिए । म त्यहॉ बस्नै सकिन र उठेर रुममा गए‘ अनि नाइट सुट लगाएर ओछ्यानमा पल्टिए‘ । यस्तै थुप्रै कुराहरु दिमागमा खेल्दाखेल्दै भुसुक्क निदाइएछ ।

एकाबिहानै नोकिया ट्यूनले निद्रा खराब गर्दियो । मैले निद्राको तालमै फोन उठाए‘ । ऊ भन्दै गयो, ²ओइ प्रयाक्टिकल छ रे, ६ः३० मा हिजोकै कलेज पुग्नु पर्छ, तिमी छिटो फ्रेश भएर चोकमा आऊ, म त्यही आउ‘छु लिन ।² अलि अलि बॉकी रहेको निद्रापनि कुलेलाम ठोक्यो । ²कस्तो दिनमा पढिएछ भने एम.बी.बी.एस.² बिस्तारै बोले‘ । सिधै कलेज ड्रेस लगाए‘ र ब्रस गर्न बाथरुम छिरे‘ । पुरै तयार हुदै तल ओर्लिए । ²मामु ६ः३० मा पक्नाजोल पुग्नु छ, म गए है, ब्रेकफास्ट अब कलेजमै खान्छु । बेलुका नि खाना नकुरे हुन्छ, खै कति बज्छ आउ‘दा । ² म यति भन्दै बाहिर निस्किए । चोकमा ऊ पर्खिरहेको थियो । यो चिसो सिरेठोमा बाइकमा जानु भनेको नाङ्गै सगरमाथा चढ्नु जस्तै लागीरह्यो तर के गर्नु कुनै अर्को विकल्प पनि त थिएन ।

कलेज पुग्दा सुरु भैसकेको रैछ पोष्ट मार्टम सम्बन्धी प्रयाक्टिकल । दिउ‘सो भरी, खाना र खाजा खाको पाप नलागोस, नत्र भने पुरै दिन केस स्टडीमै बित्यो । राती नौ बजेतिर बल्ल सकियो त्यो दिनको स्टडी । एकछिन त कलेजसंग नि रिस उठ्यो , ढिलो गरिदिने पनि सिमा हुन्छ नि १
ूओइ जाऊ अब² ऊ बाइक लिएर छेवैमा आइपुग्यो । ²आज घरसम्मै छोड्देउ है²मैले जेसुकै होस् सोचेर भने, आखिरिमा अ‘ध्यारो पनि त निकै भइसकेको थियो । उसले घरअगाडि लगेर छोड्दियो र हिजोको जस्तै ²बाई बाई² गर्दै भाग्यो । आज चै‘ उसलाई ऑखाले भ्याउन्जेल हेरिन‘ । सरासर भित्र पसे । धनमान काकाले ढोका उघारिदिनु भयो । म सिधै‘ किचेनमा गए‘ र ²मामु² भनेर बोलाए‘ । मामु खाना पस्किदिन तल ओर्लिनुभयो । खाना पस्किदै गर्दा मैले सोधे‘, ²ड्याडी खोइ त ?² मामुले ²कौसीमा ²भन्दै छोटो उत्तर दिनु भयो । मेरो मनले ढ्याङ्ग्रो ठोक्यो । ुकतै देख्नु त भएन ड्याडीले ?ु फेरी सोचे, देखे के त साथी त हो ऊ मेरो । म खाना खाएर हिजोजस्तै टि.भी. कोठामा गए‘ र यत्तिकै बसिरहे‘ । .

ड्याडी पनि त्यही हुनुहुदो रैछ । केही पनि भन्नुभएन । मलाई अब चै डर लाग्न थाल्यो । अब धुनचक्र गर्ने भएजस्तो लाग्यो । ²ड्याडी पैसा । ड्याडी ५००० जति थपिदिनु न है, नपुग्ला जस्तै भयो ² दाइ यति भन्दै भित्र छि¥यो । मेरो त वास्तै गरेन । ड्याडीले हात पछाडी मुडाएर पैसा दिनु भयो र ल राम्रोस‘ग जानु भन्नुभयो । अब चै‘ मलाई पुरापुर शंका लाइसकेको थियो कि केही न केही गडबड छ भनेर । ²ल म गए‘ अहिले, त“ स“ग त म फर्केपछि कुरा गरौ“ला² भन्दै दाइले मलाई झनै अप्ठ्यारो पारिदियो । अब चैं मेरो मनमा लाइसकेको थियो कि पक्कै पनि मलाई देखे यिनका बाउछोराले साथीस‘ग आ’को । हरे, कस्तो भाग्य रैछ भने मेरो । बाह्र वर्षा’ पोइ घर आ’को कुन्नि कसलाई जरो आ’को भन्या जस्तै भयो । आज पहिला ेचोटि घरसम्मै ऊ पु¥याउन आ’को, आजै देख्न पर्ने यिनीहरुले जस्तो लाग्यो । त्यति हि“डेर आ’को भएपनि त हुन्थ्यो नि म भन्ने खालको आत्मग्लानिले पनि सताइरह्यो।

मामु पनि तलबाट आउनुभयो र कोठामा पानी लान भनेर ल्याएको तामाको अङ्खोरा म छेउको टेबलमा राखेर खुट्टामा ग्लिसिरीन दल्न भा“डो अघि लिएर भुइ“मा बस्नुभयो । यत्तिकैमा ड्याडी एकचोटी बाथरुम गएर आउनुभयो र उभि“दै सोध्नुभयो, को हो त्यो केटा? ड्याडीको अनुहारमा रिसले आफ्नो हैकम जमाइसकेको थियो । तर मेरो अनुहारमा चै“ कुनै किसिमको भाव आकृष्ट थियो, त्यो मेरो बसको कुरा थिएन ।
साथी होू मैले आ“खा झुकाएर बोले“ र फेरी भने“, अति राती भैसकेको थियो, अनि त्यही भएर यही“सम्म पु¥याइदेउ भनेको मैले ।
म आउ“थे नि लिन, किन दुनियॉका छोराले पु¥याउन ल्याउनुप¥यो? ड्याडीले प्रतिप्रश्न गर्नुभयो ।
हैन, ड्याडी किन दुःख दिनु भनेर नि । मैले नम्र हु“दै भने ।
ए भनेपछि हजुरले हामीलाई दुःख दिन नखोजिबक्सिएको? यति त नरम नै भएर भनेको भान हुन्थ्यो तर यसपछि झडङ्ग हु“दै भन्नुभयो, त“लाई था’छैन हाम्रो खानदानमा यस्तो सब चल्दैन भनेर, हाम्रो इज्जत छैन यहा“ । माटोमा मिलाउन खोज्ने त मेरो इज्जत दुनिया“ केटालाई पु¥याउन ल्याएर? के भनेर मुख देखाउने हामीले भोलि छरछिमेकमा?ू
ूड्याडी ऊ मेरो साथी मात्र हो त । हजुरले जे सोच्नुभएको छ त्यो गलत हो । त्यहा“माथि यती राती म कसरी आउ“थे भन्नु त आफै“ । बरु उसले सही सलामत घर त ल्याइदियो, झन् धन्यवाद भन्नुपर्छ हजुरले उसलाई ।
त“ सिकाउ“छेस् अब मलाईू भन्दै ड्याडी मेरो अगाडी आउनुभयो र हातले पनि मेरो गालालाई धरातल बनाएर एकचोटी बोल्यो ः चड्याङ …… । मामुले हातमा ग्लिसिरीनको चिल्लोको पर्वाह नगरी नै ड्याडीको पाखुरालाई आफूतिर तान्नुभयो र के ग¥या हजुरले, बौलौ त त लाग्नुभएन हजुर, उमेर पुगेकी छोरीलाई हात हाल्छन् यसरी? भन्दै ड्याडीलाई सम्हाल्न खोज्नु भयो । अह“, ड्याडी ममीलाई उल्टै हपार्न थाल्नुभयो र ड्याडी मलाई फेरी अर्को चड्कन लगाउने दुस्साहस गर्न लाग्नुभयो ।
ड्याङ …… १
मारी नि कुलङ्गारनीलेू भन्दै ड्याडी पुर्पुरो समाउन थाल्नुभयो र मामुले पनि रु“दै ड्याडीलाई समात्नुभयो । तलबाट धनमान काका पनि कुदेर आए जस्तो लाग्छ । मेरो हातको अङ्खोरा भुइ“मा खस्यो र आधी बचेको पानी पनि छताछुल्ल भयो । म अर्ध बेहोस जस्ती भए“ र भुइ“मा थुचुक्कै बसे“ । मलाई एक किसिमको सन्तुष्ट मिले झै“ भयो १ १

Krishna Bajgain – Peeda [Nepali Laghu Katha]

हाकिम साहेबलाई केही दिन यता ढाड दुख्ने बिरामले च्याप्न थालेको चर्चा कार्यालयमा चल्दै थियो । साह्रै महङ्गो अति राम्रो यताउता अगाडि-पछाडि जता घुमाउँदा पनि घुम्ने लचकदार आरामदायी कुर्सीमा आफूलाई असजिलो भएको कुरा हाकिम साहेबले मुख फोरेरै भने । ढाड दुखेकोले हाकिम साहेबलाई सिरानी चाहिने भयो । हाकिमले प्रोक्योरमेन्ट शाखाका कर्मचारीलाई एउटा नरम सिरानी किनेर ल्याउन अह्राए । ती कर्मचारीले लेखापाललाई सोको जानकारी गराए । “कहाँ सिरानी किन्न मिल्छ पछि बेरुजु निस्कन्छ ।” लेखापालले प्रोक्योरमेन्ट शाखाका कर्मचारीलाई जानकारी गराए ।
लेखापालको यस्तो जवाफ उनले हाकिमलाई सुनाए । हाकिमले लेखापाललाई बोलाए । र कड्कदै भने -“तुरुन्त सिरानी किनेर ल्याउनुहोस् । बजेट शीर्षक पछि मिलाउँदै गर्नु ।” स्टोरकिपरले नरम मुलायम सिरानी हाकिमलाई टक्रयाए ।

ढाड दुख्ने बिमारले च्यापेको भनिएका हाकिम साहेबले दिनभर सिरानी काखमा खेलाईरहेको देख्दथे कार्यालयका कर्मचारीहरु । हाकिम साहेबले सिरानी खेलाउन थालेपछि टाईपिष्टको पेट दुख्न थालेको चर्चा चल्न थाल्यो । ती टाइपिष्ट कहिले चाँडै घर जान्थिन् कम्मर दुख्यो भनेर कहिले ढिलो अफिस आउँथिन् छाती दुख्यो भनेर । दिनदिनै धेरै बेरसम्म हाकिम साहेबकै कोठामा बसिरहन्थिन् चित्त दुख्यो भनेर । यसैबीच हाकिम साहेबले उर्दी जारी गरे कर्मचारीहरुलाई ।

“म आजकल बिरामी छु । उता टाइपिष्ट पनि बिरामी छिन् । कोठामा हामी आरामका लागि बसेको बेला कोही पनि नआउनुहोला । अत्यावश्यक काम भए भोलिपल्ट सबेरै गराउनुहोला ।” हाकिमको यस्तो आदेशलाई सबै कर्मचारीहरुले शिरोपर गरे । केही समय यतादेखि त्यस कार्यालयका हाकिम साहेबको ढाड दुखेको, टाईपिष्टको कम्मर, छाती र पेट दुखी हाकिम साहेबकै कोठामा आराम गर्न थालेको कुरा सारा कर्मचारीहरुले थाहा पाउनथाले । त्यसपछि बाँकि सबै कर्मचारीहरुको टाउको दुख्न थाल्यो ।

Dr. Rabindra Sameer – Nishedh Ko Raajniti (Nepali Laghu Katha)

डा. रवीन्द्र समीर – निषेधको राजनीति (लघु कथा)

सानो चिटिक्कपरेको सुन्दरघर, घरको वरिपरी सप्तरंगी बगैचा, चिसो झरना, अद्वितीय प्राकृतिक एवं गौरवशाली इतिहास…अवर्णनीय परिवार थियो, त्यो । एकले अर्कालाई सहयोग, सम्मान, माया, सहिष्णुता तथा एकताको थुङ्गाले बुनेको सहअस्तित्वको माला साँच्चै उदाहरणीय थियो । छिमेकीहरूमध्ये अधिकांशले प्रशंसा गरेर थाक्दैनथे, त्यो प्राकृतिक सुखोपभोग गर्न आइरहन्थे, सहयोग गरेर जान्थे भने केही छिमेकीहरू इष्र्या गर्दथे, परिवार बिचको एकता खलबलाउन खोज्दथे ।

चिसो हावाको वहाव एवं सङ्लो पानीको धमिलिकरणसंगै परिवारभित्र पनि कथाहरू फेरिंदै गए, पात्रहरू बहुरुपी हुँदै गए, घरमा आगो लगाउन थाले, आपसमा तानातान र हानाहान गर्न थाले, सम्पत्तिको बाँडफाडको लागि खुकुरी बोक्न थाले, अनि पारिवारिक मामिलामा छिमेकीलाई गुहार्न थाले र छिमेकीका अर्ति सुन्न वाध्य भए ।

…त्यो यो घरवाट निस्कनुपर्छ, त्यसलाई पाता ठोकेर सात डाँडा कटाउनु पर्छ, त्यसलाई एक कौडी पनि अंश दिनु हुँदैन, यो सम्पत्ति मेरो हो तर्सथ सबैले मेरो आज्ञा शिरोपर गर्नुपर्छ …सहअस्तित्व एवं वसुधैवकुटुम्वकम्को वातावरण धमिलिएर त्यहाँ निषेधको राजनीति सुरु भयो । अर्को पक्षको समाप्तिमा आफ्नो पक्षको उदय देख्ने संकिर्णभिडन्तले परिवार भित्रका सवै सदस्यहरू थाके, गले र कमजोर भए ।

यही फुट र धमिलो पानीको फाइदा उठाएर मेलमिलाप गरिदिने निहँुमा सूचीप्वालवाट कमिला भएर छिरेका छिमेकीहरू सुन्दर बगैचामा हात्ती भएर निस्किए, शेर बनेर गर्जिए र अहिले हस्तिनापुरको राजबाट चपरिमुनीको बासमा पुगेका ती पारिवारिक सदस्यहरू एक अर्कालाई गिज्याउँदै थपडी मारेर आत्मरति लिइरहेका छन – बल्ल खायो त्यसले ।