Krishna Pariyar Pratibimba – Magante Ko?

कृष्ण परियार ‘प्रतिबिम्ब’ – मगन्ते को ?

मलाई केहि काम बिशेष ले काठमाडौँ जानु पर्ने भयो । बिहान को करिब दश बजे म बुटवल बसपार्क पुगे । उतिसारो घुंइचो नभएपनि भिड बाक्लै थियो .सबै आ -आफ्ना गन्तब्य भेट्न आतुर देखिन्थे । बस आउने , जाने क्रम पनि निरन्तर चल्दै थियो । म सरासर टिकट लिन काउन्टर तिर पुगे । ११ बजेको टिकट लिएर बस भए तिर जादै थिए , लौ मेरो गाडी हो आउनुस भन्दै गाडी स्टाफ ले बस देखाई दिए ।आफ्नो सिट पहिचान गरेर मा बस भित्र बसे । बिस्तारै खाली सिटहरु भरिभराउ भयो । कोहि पानी पानी,कोहि बदाम बदाम भन्दै आउदै जादै गर्दै थिए । मेरो सिट छेउमै पनि एक यात्रु आइपुगे । ए मेरो सिट पनि यहिँ रैछ उनले आफ्नो हातको टिकट हेरेपछी पक्का गर्दै भने । मैले अलिकति सरेर उनको लागि ठाउ खाली गरिदिए । हेर्दा पढेलेखेका ,सुकिलामुकिला ,खाइलाग्दा ज्यान का उनि ढाका टोपी मिलाउदै सिट मा विराजमान भए .

केहि छिनमा एक जना पण्डित हरि ओम हरि हरि ओम भन्दै बस भित्र छिरे । “ लौ मैले सिद्ध बाबा बोकेर आएको छु , तपाइको यात्रा शुभ होस् ” सबै तिर नजर घुमाउदै उनले भने । हातको सानो थालि मा रातो अबिरको टिका र केहि फुलहरु थिए । उही हरिओम को मन्त्र फलाक्दै बस भित्र काम यात्रु लाइ टिका लगाई दिन थाले । मेरो छेउका भलादमी शिरको टोपी अलि माथि सार्दै टिका लाए अनि गोजी बाट बीस रुपियाको नोट निकालेर पण्डित को हातमा राखी दिए । पण्डित लागे फेरी अर्को गाडी तिर । फेरी गाडी मा छिरे एक जना गन्धर्व । उनको हातमा थियो सारंगी । सारंगी लाइ कोखिलामा च्यापेर शिर झुकाएर नमस्ते गरे । सारंगी को धुन संगै गितको सुरुवात गरे । एकैछिन बस भित्र सांगीतिक माहोल छायो । मेरो छेउका भलादमी पनि चाख मानेर गित सुन्दै थिए । केहि मिनेट को गित सकिएपछी गन्धर्बले सहयोगको याचाना गरे । “हजुर केहि सहयोग गर्नुस ।” यो सुनेर मेरो छेउका भलादमी को मुखाकृती फेरियो। उनले अगाडी उभिएका गन्धर्बलाइ सुझाउदै भने “ हेर यसरि मागेर खानु राम्रो होइन , यस्तो जवान मान्छे ले त मिहिनेत गरेर,आफ्नो हात पाखुरा बजारेर खानु पर्छ ।” “तेरो अरु केहि काम छैन .मगन्तेको जात ?” ‘उनले जात लाइ दोष दिन भ्याइसके .मत अलमल परे होइन यो मगन्ते को परिभाषा केहो ? मात्र रातो टिका निधारमा लगाइदिएबापत पैसा लिने ति पण्डित मगन्ते नहुने ,अनि आफ्नो सारंगी को धुनमा कला र गला प्रस्तुत गर्ने ति गन्धर्ब मगन्ते हुने ? उनले यसरि गित गाउदै हिड्दा मिहिनेत गर्नु पर्दैन होला र ? आखिर को हो मगन्ते मैले बुझ्न सकिन ?

Rajesh Pudasaini – Bhairab Bahan

भैरव-वाहन

बिहानको सुर्योदय संगै उ पनि बुझिन्थ्यो , कहिले चाहे जति सुतेर , त कहिले सुत्नै नपाएर । कहिले सुतेकॊ समयमा कोहि चलाउन आउदैनथ्यो, त कहिले रक्सिले मात खाएर आएका जडियाहरु जुत्ताले उसको ज्यानमा बेस्सरी बजरिदिन्थिये , मानौं कि उसले उनीहरुको बाबु-बाजेको ठुलै ऋण चुकाउन सकेको थियन जसरि । उ बिवस थियो,आतिएर भाग्नु बाहेक उसले गर्न सक्ने केहि थियन ।

आखिर उ एउटा कुकुर न ठहरियो………

हो उ एक कुकुर हो । परम – ब्रह्माकै श्रिस्टि मध्यको एक । हिन्दु धर्म अनुसार देव-भैरवको वाहन , मृत्यु-देव यमराजको राज्यको आडम्बर , अजिंक्य हिम्मतवाला रक्षक । तर आजको दिनमा धनीमानीको लागि एक सोख, मध्यम बर्गीयका लागि एउटा घरपालुवा जनावर र घरबारबिहीनका लागि एक साथि…… सायद । किनकि जसको कोहि हुदैन नि, उनीहरु नै एक-अर्काका आफन्ती हुदा रहेछन । धर्म कसले मान्दछ र आजकल, मानिहाले नि कुकुर-तिहार छदै छ नि , एक दिनको लागि भए नि मूल्यवान ठहराइदिन सायद जगतमा मान्छेले जति कसले जानेका छन् र ?

अरु ५ जना सहित , आफ्नी आमाको एक सन्तान भै, उ पनि भुस्याहा कुकुर समाजको एक महत्वपुर्ण हिस्सा बन्न सफल भैसकेको थियो । अफसोच उसको जन्म न कुनै जर्मन-शफार्ड , न बुलडग, न पग, न तिबेतन-म्यासटिफ लगायतका कुकुरको परिवार मा भयको थियो । उ त एक साधारण भुस्याहा खानदानमा पैदा भयको थियो । अनि यो वर्गीकरण गर्ने अरु को होलान र ?…. मान्छे । उ बिचारलाई त के थाहा? सायद जति बुझ्नु पर्ने हो तेस्को केहि हिस्सा उसकी आमाले बुझेकी होलिन कि ? खायकी होलिन त उनले पनि मुरी का मुरी गालि, केहि पाथी ढुंगाहरु , माना लातहरु र केहि चौथाई माया पनि ; किनकि थोरै मानवता त बाकि नै छ नि अझै ।

चंचल स्वभाव , उफ्रिरहन सक्ने उर्जा , सुन्ने र हेर्ने तेज र तीक्ष्ण एकाग्रता । कालो रंगमा केहि खैरो टाटा , ठुलो वाला मुख , सानो लिप्टो पुच्छर , जो सायद २४औ घण्टा हल्लिरहन सक्थे । कोहि मानिसले केहि अनौठो आवाज निकाल्दा त झन् बेतौड हल्लिने , ज्यानलाइ नै छोडेर फुत्केला जस्तो । आमाले ल्याएको खानेकुरा खादै उ हुर्कदै थियो , उसका भाई -बहिनि मध्ये अब उ र उसकी एक बहिनि मात्र बाकि थि ।कसैलाई मानिसले उठाए, कसैलाई गाडीले उदाइदिय त कसैलाई अरु कुकुरले राम्ररी संसार नै देख्न नपाइ टोकेर मारे । उ भने जिउदो थियो र अहिले सम्म सकुसल पनि ।
समयको वहाव संगै उ ठुलो हुदै गयो । अब उ पप्पी बाट कुकुर भैसकेको थियो । तर उसको रंग र स्वभाब भने उस्तै थियो । पसलमा माझियका भाँडासंगै उब्रेका खाना , रक्षानमा फालियका खाना र डम्पिङ्ग एरिया उसका लागि क्रमश :होटेल, रेस्टुरा र पांच-तारे हुन्थे । अब उसले केहि नया कुरा पनि जानेको थियो, पसल अगाडी केहि मानिस आउदा नजिक गयर पुच्छर हल्लाउने , कि त लात कि त खाने कुरा पाइन्छ भनेर । ‘डु’ अर ‘डाइ’ सिचुएसन जस्तो । तर भोको पेटले लातको भन्दा पनि भातको आस धेरै गर्ने रहेछ , उसले यो कुरा बिस्तारै बुझ्दै थ्यो । उ संगैका केहि अर्कै देखिने कुकुर पनि थिए जो मालिक संग लुट्पुटिदै खेल्थे , उसले ति कुकुर हेर्थ्यो र पुच्छर हलाउथ्यो । नजिक जान खोज्दा, उसले केहि भाटाहरु भेटे देखि उ अलि सजक भने थियो । तर ति सब कुकुर पनि उसलाई आफु जस्तै लाग्थ्यो र नजिक जान मलाग्थ्यो र खेल्न मनलाग्थ्यो पनि , तर उसलाई तेसो गर्दा आफुलाई हानि हुन्छ भन्ने चेत भैसकेको थियो ।

एकदिन…. केहि उ भन्दा ठुला-कुकुर आयर उ लगायत केहि अरु साना कुकुरहरुलाइ त्यस ठाउबाट टोक्दै खेदे । जस्को शक्ति उस्कै भक्ती भनेझै । विचरा! उ त्यस ठाउ छोड्न बाध्य भयो । अब परिवेस फरक थियो, जिउन झन् मुस्किल हुन्छ भन्ने कुरा उसलाई सायद थाहा थियन । नया परिवेसमा उसले दैनिक जसो टोकाई खानु पर्थ्यो । कुकुरले टोकिदिन्थे , मानब नामक केहि औतारीले चाइ ढुंगा र लात बर्साउथे । रात परेपछि , सुत्न सम्म नि नपाइने , जडियाहरु आयर कुटिहाल्ने । बुढीलाई पोख्न नसकेको रिस पोख्ने भाँडो जस्तो भएको थियो उसको ज्यान । ‘कुइङ्क ‘ र ‘हाउ-हाउ’ गरेर उ नमज्जाले चिच्याउथ्यो तर सुनिदिने कोहि हुन्नथ्यो । उनिहरुका लागी उ एक मनोरंजनको श्रोत बनेको थियो…आजित । यो क्रम सधै जसो चलिरहन्थ्यो , उ भोगिरहन्थ्यो ।

सधै झैँ , उसको सयन-स्थानमा उही जडिया आए , फेरी उ माथि लात बजारे । उ सधै झैँ करायो । आँखामा मोति सरहका आँसु टिल्पिलाय , तर देखिदिने कोहि भयनन, अर्को लातले उसलाई बेस्मारी दुख्यो , आँसुका थोपाले भुइँ थोरै भिजे , तर नर-पिसाचहरु रोकिएनन । उसको बिलौना सुनिदिने कोहि थियनन । सायद केहीको निन्द्रा खल्ल्बलियो , उसलाई सरापे अनि फेरी सुते । अत्ति गर्नु अत्याचार नगर्नु भनेझै उसले ति जडियाहरु मध्ये एक लाइ टोकिदियो , सहनसक्नु को स्थिति थियन पनि । रक्सीले मातेका मानबरुपी भुतलाइ अब केहि निउ चाहियन , एता-उता भौतारिदै केहि खोज्न लाग्यो । अरुले उसलाई यसरी घेरे कि उ भाग्न पनि सक्दैनथ्यो । केहि छिन ढुन्मुनियपछी केहि गतिलो र खोजे जस्तै सामान भेटेजसरि जडिया करायो ,”पख कुत्ता , आज तेरो किरिया गर्छु ।” उसका अरु साथीहरु पनि रमाए , आफ्नो जाँड-दोस्तले ठुलै कुरा हात परेजसरी उनीहरुको मुहार पनि उज्यालो देखिन्थ्यो । नजिक आएपछि देखियो , उक्त जडियले एउटा डोरी र थोत्रो बोरा लिएर आएको रहेछ । “मलाई टोक्ने मुख यहि हैन ?” भन्दै उसले कुकुरको मुख यसरि बाध्यो कि उसको आवाज निस्केन । “अनि तलाई टोकेसी भाग्न खोज्ने खुट्टाहरु नि यिनै हो यार , खुट्टा नि बानेर लडाईदे, ला डोरी ।” अर्को जाँडे बौलाहा करायो । सबैजना सहमत भए । ४ दैत्यहरुको अगाडी उ बिचराको केहि लागेन । “अब एस्लाई यतिकै छोड्न हुन्न यार! , फाल्दिम्म एस्लाई । ” तेस्रो जडियाको कुरो, सबै सहमत भए । एक निरिह पशुलाई उनीहरुले झुन्ड्याउदै लगे । चल्न नि मुस्किल हुँदा-हुँदै उसको प्राण गयो । कुकुरलाई एउटा खोला जस्तो ठाउमा फालेर उनीहरु निकै ठुलो युद्ध जिते झ हर्ष-उल्लास मनाउदै गीत गाउदै बाटो लागे । संसारकै बिबेकशील प्राणिको परिचय दिँदै ।

र यसरि एक ‘भैरव-वाहन’ को सुनियोजित हत्या भयो ।

Rajesh Pudasaini – Nautheko Laas

न उठेको लास

सिरिर्र चिसो वतास ले मेरो मुख मा एकैचोटी स्पर्श गर्यो । मुटु हल्लियो , हातका रौँ ठाडा भै उठे । मनमा एक किसिम को डर जस्तो चिज पैदा भयो । सुनसान मसानघाटमा अरु कुराको आभाष थोडी गर्न सक्थे म । म छु , केवल म, तर उक्त समय म, म भएर पनि म थियिन । बन्द मोबाइल, कालरात्रि , चकमन्नता , सानो हसिया जस्तो देखिने मधुर चन्द्रमा जसको प्रकाश म भएको ठाउमा आइपुगेको थियन, सायद चन्द्रमा पनि मेरो पक्ष्यमा थियन । मेरो पक्ष्यमा उ भएतापनि कालो मडारिरहेको बादलले मलाई उसको प्रकाश को आभाष गर्न नदिने सोचेको थियो सायद । मेरो चस्मामा लागेको वाफले मलाई हेर्न अझै मुश्किल बनाउदै थियो । चिसो वतासले मैले लगाएको कालो T-Shirt खुकुलो पारामा थोरै हल्लिन्थ्यो ।

एता-उता हेरे । न त मैले कसैलाई देखे न कोहि बोलेको सुने, म चिच्याउन चाहन्थे , तर स्वर अड्किन्थ्यो ; म कतै नहेरी बेतौड कुद्न चाहन्थे , तर पाइला चाहेर पनि अडिग थियो ,अब म स्वास मात्र राम्ररी फेर्न चाहन्थे , तर मेरो गला दबिएको थियो , स्वास फेर्न पनि गाह्रो हुने गरि । म साथ चाहन्थे तर साथि थियनन , म आड चाहन्थे तर परिवार नजिक थिएनन् , म अब सिर्फ बाच्न चाहन्थे , तर सम्भव म कतै बाट पनि देखिरहेको थियिन ।

बिस्तारै मेरो अगाडीतिर, स्टेजमा पर्ने जस्तै गाडा रातो प्रकाश छरियो । मेरो अगिल्लतिर सेतो कपडामा छोपियको केहि चिज थियो । म यसै त अन्जान, कसरि पुगे त्यहाँ केहि थाहा छैन , झन् अगिल्तिर त्यो दृश्य । मेरो मुटु खालि भयो , म एकोहोरो हेरिरहे, त्रसित मुद्रामा । मसानघाटमा लास हुनु ठुलो कुरो थिएन , तर त्यो समयमा मेरो अगाडी हुनु निकै नै ठुलो कुरो थियो ।

सिरिर्र बतासको झोकाले सेतो कपडा माथितिरबाट केहि उड्यो, म अटल थिए , गर्न सक्ने केहि भए मरिजानु । बिस्तारै लासको अनुहार देखे , बील्कुल अपरिचित, न कतै देखेको , न त कतै कल्पना नै गरेको आकृति । तर नचाहेरै नियाल्दा पनि स्थिर र सालिन अनुहार,सायद…बरफ जस्तो चिसो गाला, बन्द आँखा, तर केहि खोलिएको ओठ ; केहि भन्दा- भन्दै प्राण फुत्किए जस्तो ।

म एकोहोरो नियालिरहेको थिए , एक्कासी लडिरहेको सालिन लासको बन्द आँखा खुल्दा म भुत्रुक्क उफ्रिन पुगेछु , अब चिसो उ हैन , चिसो त म थिए , मन त मेरो चिसो थियो । आखिर यो सब के का लागि? मेरो होस्-हवास ठाउमा थियन, होस पनि कसरि ? अब एउटा लास जसले मलाई हर क्षण तड्पाई रहेको छ, म त्यस बाट के अपेक्षा राखु?

विस्तारै लास उठ्न खोज्यो, निकै कम्जोर मानिस जसरि । म बेहोस पनि हुन सकिन , होसमा त म थियिन नै ।

‘बाबु ! सहयोग गर्नु हुन्छ? ‘… अब लासको ध्वनि पनि म संग ठोक्किदै थियो ।

म केहि बोल्न सकिन ।

‘हुन त जिउदो छदाँ त कसैले सहयोग गरेनन, लास परेपछि सहयोग के गर्थे?’…… लास आफै उठ्दै गर्न लाग्यो , म उसको कुरा केहि बुझिरहेको थियिन । एकैछिनमा लास खडा भयो ,म उसको सामुन्ने । र मेरो आँखा उसको आँखा को सामुन्ने ।

‘म यहाँ किन छु? मेरो गल्ति के छ ? किन तड्पिरहेको छु म यहाँ? कसले ल्यायो मलाई यहाँ?’….. मेरो मेसिन-गन जस्तो प्रश्नको लहरलाई उसले एकै हातको इशाराले रोकिदियो , आफ्नो हत्केला मेरो अगाडी तेर्स्याईदियर ।

‘यो सब को उत्तर म संग छैन ।’….. डरलाग्दो आवाज ।

‘को संग छ त ? मलाई येहा लिएर आउनुको कारण नि?’ ……कम्पित स्वरमा मेरो अर्को प्रश्न ।

‘ ‘तिमीलाई कसैले लिएर आएको हैन बाबु , तिमि यहाँ आफै आएका हौ ।’

‘के रे ? सुनसान एस्तो चिहान- घारीमा म आए ? मलाई के को रहर थियो?’ ….मेरो हरेक प्रश्न उचित थियो मलाई थाहा थियो तर हरेक सवाल गर्दा म निकै डराएको थिए ।

‘सायद एउटा सत्य को आत्मसाथ गर्न? ‘

‘कस्तो सत्य ? ‘

‘सत्य यहि कि आजकल समाजमा लास पनि उठ्दैन ।’

‘मतलब? समाज अनि लास ? ह्या म केहि बुझ्दिन एस्त कुरा , मलाई घर जानु छ ।’

‘तपाइको पो घर छ , जानुहुन्छ , तर बाबु समाजमा यस्ता मानिस पनि छन् जसका आफन्ती छैनन् , घर-बार केहि छैन , मात्र छ न फाल्नु न पाल्नुको ज्यान ।’

म लासको केहि कुरा बुझिरहेको थियिन । आखिर उसको मतलब के हो? त्रसित मुद्रामा उसको कुरोले मलाई येसरी घोच्दै थियो , मलाई असह्या भैरहेको थियो ।

‘उसोभए म के सत्य खोज्न आएको त यहाँ? ‘

‘समाज परिवर्तनको नाममा यसरि बदलिएको छ कि बाबु, जिउदो हुदा छोडिदिनुस , मुर्दा पर्दा पनि कसैले वास्ता गर्दा रहेनछन । म अलि पर एकान्त ठाउमा एक्लै बस्थे बस्थे , छोरा-बुहारीले घर बाट निकालि दियेपछी म भौतारिदै हिडेको थिए । जिउदो हुदा नि बाच्न चाहने रहर पुग्दै थियो , काललाइ पुकार्थे , एकदिन काल ले मेरो सुन्यो बाबु , म खुसि भए । मैले मृत्युलाइ सजिलै अंगाले , प्राण जान लागेको थाहा हुदो रैछ बाबु , सायद भगवान को नाम जप्दै थिए , म सक्किये । ‘

‘तेस्पछि?’ … थोरै डर र आश्चर्य मिश्रित भाबमा मैले प्रश्न गरे ।

‘तेस्पछि , मेरो लास तेही लडिरह्यो , कयौं दिन सम्म, कतिले देखे र एकपल्ट पछाडी नहेरी कुदे , धेरैलाई डर लायो, थोरैलाइ घिन र केहीलाई वास्ता लागेन ।हुन त लासलाई ठेगान लगाउन चाहिने समान र प्रक्रियामा पैसा खर्च कसले गरिदिने बाबु? कसले गरिदिने? यो स्वार्थी समाजमा , तेसैले देखे पनि नदेखे झैँ गर्न नै सरल लग्यो उनीहरुलाई । आफ्नै छोरा-बुहारीले त नहेरिएको म, अपरिचितले के हेर्थे ? म नउठेको लास भै सडिरहे ।

एकदिन एक मानिसले देखे , उनको हल्ला ले मलाई हेर्न सबैतिर मानिस जम्मा भए , मानौं म विश्वको ८औ आश्चर्य हु , केहि प्रहरी आए र मलाई उठाएर लगे । ग्लानि त तब भयो , मृत्यु लाइ अंगालेर पनि मेरो खिल्ली उड्यो , जुन पहिले घर बाट निकालिदा पनि उडेको थियो । तेस्पछि बेबरिशे लास हरुको घुइचोमा राखी मलाई पनि जलाइयो र खरानी बनाइयो । ‘

म आश्चर्यचकित मुद्रामा उसका कुरा सुन्दै थिए ।

‘बाबु ! तपाई समाज को सत्य बुझ्न येहा आउनु भएको हो , यो समाज को तितो सत्य, परिवर्तन को नाममा हाम्रो समाज कहाँ पुगेको छ थाहा पाउनुभयो । ‘

मैले टाउको हल्लाए । बिस्तारै , वाफ जसरि उक्त लास विलिन भयो । मन अलि हलुङ्गो भय जस्तो लाग्यो ।

“हो ! मेरो समाज यति स्वार्थी बन्दै छ कि, कुनै दिन मलामी जान पनि मान्छे पाइने छैन , यदि पाई हालियो भने नि “कति पैसा दिन्छस” भनेर सोध्ने वाला मलामी पाइन्छन , र सत्य येही हो ।

मेरो समाजको बिग्रदो रुप आज एउटा नउठेको लासले मलाई सिकाएर गयो । समाज यति स्वार्थी छ कि जिउदो मान्छेले त यति सिकाउन नि भुलिसके ।

Umashankar Dwivedi – Baal Katha

उमाशङ्कर द्विवेदी – बकुला र गङ्गटो (बाल कथा)

कुनै वनमा अनेक जलचरहरूद्वारा सुशोभित एउटा पोखरी थियो । त्यस पोखरीमा विभिन्न प्रकारका भ्यागुता, माछा, सर्प, गङ्गटो तथा गोहीका साथै बकुलाहरू पनि निवास गर्दथे । बकुलाहरूमध्येको एउटा बूढो बकुला आफ्नो शक्ति सामथ्र्यले माछा समातेर जीविका चलाउन असमर्थ भइसकेको थियो । एकदिन ऊ अजस्रधारा आँसु चुहाउँदै पोखरीको डिलमा बसेर रोइरहेको थियो । त्यसलाई यसप्रकारले रोइरहेको देखेर एउटा गङ्गटो अन्य केही जलचर साथीहरूका साथ आइ उसको दु:खले दु:िखत हुँदै आदरपूर्वक सोध्यो–मामा, आज तपाईंले आफ्नो भोजनको प्रबन्ध गरिरहनुभएको छैन, केवल आँसु चुहाइ रोइ कराइ मात्र गरिरहनुभएको छ, के कुरा हो ? हामीलाई भन्नुस्, केही सहायता गर्न सकिन्छ कि ?

गङ्गटोको कुरा सुनेर उसले भन्यो–तिमीहरूले ठीक अनुमान गर्‍यौ । माछाहरूलाई समातेर खाने कामबाट सन्यास लिएर प्रायश्चितस्वरूप आफ्नो प्राण त्याग्ने सड्ढल्पका साथ यहाँ बसिरहेको छु । त्यसै कारण समीपमा आएका माछाहरूलाई पनि नसमाती यहाँ बसिरहेको छु ।

बकुलाको कुरा सुनेर गङ्गटोले सोध्यो– मामा, तपाईंले यस प्रकार वैराग्य लिनुको कारण के हो ?

बकुलाले भन्यो– म यसै पोखरीमा जन्मिएर बूढो भइसकें । केही विज्ञहरूको मुखबाट मैले एउटा अत्यन्त दुखद तथा विप्लवकारी भविष्यवाणी सुनेर मैले माछा मारेर जीविका चलाउने जस्तो नीच काम गर्नबाट वैराग्य धारण गरेर प्राण त्यागको निर्णय लिएको छु । मेरै आँखाअगाडि पोखरीका सम्पूर्ण निरीह जलचरहरूको अन्त्य कसरी हेर्न सक्दछु र ?

बकुलाको कुरा सुनेर आतिंदै गङ्गटोले सोध्यो– होइन, के त्यस्तो अनिष्टकारी भविष्यवाणी सुनेर तपाईं यसप्रकार प्राणत्यागको निर्णय गर्नुभयो, हामीलाई पनि सुनाइ दिनुस् जसले गर्दा हामी पनि आफ्नो प्राणरक्षाको कुनै उपाय गर्न सकौं ।

उसको कुरा सुनेर बकुलाले भन्यो– भविष्यवाणी अत्यन्त भयानक छ । ग्रह नक्षत्रहरूको विपरीत गतिको कारण निकट भविष्यमैं यस क्षेत्रमा बार्‍हवर्षे खडेरी पर्ने योग परेको छ । यस पोखरीमा त अत्यन्त अल्प जल बाँकी छ । वर्षभरि पानी परेन भने यो पोखरी निश्चितरूपले सुक्नेछ, जसको कारण यसमा रहेका समस्त जलचरहरूको बीजसम्म नष्ट भई हाल्नेछ । म उनीहरूको विनाशात्मक विछोड सहन असमर्थ छु, त्यसैले मैले प्राणत्याग गर्ने अठोट गरेको छु । यसबेला प्रत्येक यस जस्ता ससाना पोखरीहरूका जलचरहरूलाई स्वजनहरूद्वारा ठूलाठूला जलाशयहरूमा सारिंदै छन । गोही, मगर, सोंस, घडियाल जस्ता ठूला जलचरहरू अन्यत्रका ठूला जलाशयहरूमा आपैंm सरिरहेका छन् तर यस पोखरीका समस्त जलचरहरू निर्भय भएर निरुद्यम बसिरहेका छन् । मैले यसप्रकार रुने र प्राणत्याग गर्ने अठोट यसै कारणले लिएको छु ।

बकुलाको कुरा गङ्गटोले अन्य जलचरहरूलाई पनि सुनाइदियो । पोखरीका जलचरहरू यसप्रकारको विपत्तिको बारेमा सुनेर अत्यन्त भयभीत भए । ती समस्त जलचरहरू आत्तिंदै बकुला भएको ठाउँमा गई एक स्वरले सोधे– मामा, कुनै यस्तो उपाय छ, जसलाई गरेर हामीहरू यसप्रकारको आसन्न विपत्तिबाट आफ्नो प्राणरक्षा गर्न सकौं ।

जलचरहरू आत्तिएर गरेको प्रार्थना सुनेर बकुला मनमनै हर्षित हुँदै भन्यो– उपाय किन छैन, छ, तर तिमीहरू आफूले त्यो उपाय गर्न सक्दैनौं, किनकि तिमीहरू पानी बाहिर आफ्नो निजी पराक्रमले केही पनि गर्न सक्दैनौं ।

बकुलाको कुरा सुनेर जलचरहरू झन् आत्तिंदै सोधे– के छ र त्यस्तो उपाय हामीले कसको मदत लिनु वेश होला ?

बकुलाले भन्यो– यहाँबाट अलि पर एउटा ठूलो जलाशय छ, जसको पानी चौबीसवर्षे खडेरीले पनि सुक्दैन । यदि तिमीहरू पालैपालो गरेर मेरो पिठ्यूमाथि चढ्यौ भने म तिमीहरूलाई खडेरी पर्नुभन्दा अगावै सुरक्षित पुर्‍याइदिन सक्दछु ।

जलचरहरूले बकुलाको कुराको विश्वास गरिहाले । अनि त मलाई पहिला, मलाई पहिला भनेर तँछाडमछाड गर्न थाले । दुष्ट बकुला तिनीहरूलाई पालैपालो आफ्नो पिठ्यूमाथि बोकी लगेर नजिकैको चट्टानमाथि बजारेर मारी खाइदिन्थ्यो तथा फेरि अन्यलाई लिन फर्केर पोखरीमा आउँथ्यो तथा जलचरहरूलाई नानाथरी कपोलकल्पित कुराहरू सुनाएर उनीहरूको मनोरञ्जन गर्दथ्यो । यसप्रकारले सजिलोसित ऊ आफ्नो जीविका चलाउन थाल्यो ।

केही दिनपछि कुलरिक नामक त्यस ग·टोले बकुलासित भन्यो– मामा, तपाईंसित सबैभन्दा पहिलो मेरै कुरा भएको थियो । अत: आज मेरो पनि प्राणरक्षा गरिदिनुपर्‍यो । कुलरिकको कुरा सुनेर दुष्ट बकुलाले मनमनैमा विचार गर्‍यो– वेश कुरा, माछाहरूको मासु खाँदाखाँदा वाक्क लागिसकेको छ, यस्तोमा यस गङ्गटोको स्वादिष्ट मासु खाएर स्वाद फेर्नुपर्ला । यति सोचेर उसले कुलरिकलाई सहर्ष आफ्नो पिठ्यूमाथि बोकी उडेर जाँदै थियो । टाढैबाट कुलरिकले चट्टानमाथि माछाको हाडको ठूलो रास देखेर जम्मै कुरो बुझ्यो । प्रकटत: उसले बकुलासित सोध्यो– मामा, त्यो जलाशय पुग्न अब कति बेर लाग्दछ ? मेरो भारले तपाईं थाके जस्तो देखिनुहुन्छ ।

उसको कुरा सुनेर बकुलाले मनमा सोच्यो– यो जाबो जलचरले धर्तीमाथि के नै पुरुषार्थ गर्न सक्दछ र ?

हाँस्दै भन्यो– के को पोखरी ? कस्तो पोखरी, यो मेरो जीविका चलाउने तरिका पो त । लौ अब आफ्नो इष्टदेवको स्मरण गरिहाल मूर्ख किनकि अब म तिमीलाईं पनि त्यही चट्टानमाथि पछारेर मारी खानेवाला छु । बकुलाको यति कुरा सुन्नासाथ गङ्गटोले आफ्ना दुइटै सिउँठाले बकुलाको घाँटी कच्याक्क थिचेर टोक्यो । बकुला तत्काल त्यही मर्‍यो ।

गङ्गटोले मृत बकुलाको गिंड त्यही छाडेर घाँटी मात्र लिई पोखरीमा फक्र्यो । उसलाईं यसप्रकारले फर्किआएको देखेर जम्मै जलचरहरू आश्चर्यचकित हुँदै सोधे– अरे, कुलरिक, तिमी कसरी फर्कि आयौं ? खोई मामा पनि देखिनुहुन्न । हामी आफ्नो पालो पर्खिबसेका छौं ।

उनीहरूको कुरा सुनेर कुलरिकले हाँस्दै भन्यो– मूर्खहरू, त्यो दुष्ट बकुलाले माछाहरूलाई बोकेर लगी चट्टानमाथि बजारेर मारी खान्थ्यो । आयु शेष रहेको कारणले मैले उसको बठ्याइँ बुझेर त्यसलाई मारी उसको घाँटी लिएर आएको छु । अब ढुक्क साथ बसौं, हाम्रो कल्याण हुनेछ ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

N P Rijal – Parda Bhitra Ra Bahira

एन. पी. रिजाल – पर्दा भित्र र बाहिर

किन वास्तक्तिा भन्दा भिन्न हुन्छ मेरो संसर…..? बद्र्री बाजेले लामो सास फेरे । “कयौ क्षणहरु त अर्थहिन र मुल्लहिन बनेर विते भने अब के वास्तक्तिा होला र…..?

८० वर्षको वूढौली शरीरलाई उनले सम्झे । अनैकौ रहरहरु अनि प्राप्ति । होईन, यो नै वास्तक्तिा हो । यस भन्दा बग्लै अर्को वास्तक्तिा नै छैन,जून मेरो जीवनको वास्तक्तिा हो ।” सानो नाती रोएपछि बद्र्री बाजे झस्के ।

नातीको स्वरले उनको मौनता भङ्ग भयो । साथैमा बसेकी स्वास्नीलाई हेरे । बद्री बाजेले ६ बर्षकी बलिकालाई जीवन साथी बनाएका थिए । जुन वास्तकिता हो । आज नाती छन् । भोलि पनाति हुन सक्छन् ? अनि संसार के ?

त्यो त पहिले पनि थियो । बद्र्री बाजेका सयौँ पुस्ताले उनि भन्दा पहिले नै बिताई सकेका थिए । आज उनि बिताउदै छन् । भोली त्यो संसार……?

बद्री बाजे खाटबाट उठे र प्रस्नको उत्तरमा केन्द्रित भए । होचो कदका, नाक चूच्चो परेका, सेता दाह्ी र कपाल फूलेका बिस्तारै हिड्ने बद्री बाजेलाई बिस्तारै हिड्ने बाजे पनि भन्छन । उनि खाटबाट उठेर खेत तर्फ लागे । दस वर्ष अघि छोराले पहाडको जमिन बेचेर तराईमा ल्याएको हो । एक विगाहा जग्गा उनको छ । भर्खरै खेतबाट धान उठाएको थियो । मात्र त्यो बाँझो खेत, सुकेका धानका ठुटाहरु मात्र ।

बुढाले एक पल्ट खेत घुमे र पुन त्यही ठाँउमा आएर बसे । अहिले नाती सुतेको थियो मात्र स्वास्नी…. बुढाले स्वास्नीलाई हेरे । उही रुप, हुनत अहिले ऊ मोठी छे । स्वास्नीले पनि हेरी । उही बद्री, उही वास्तविक्ता छ । स्वास्नीले भनि ”नाती नातिना घर भरि हुँदा पनि यो बुढीलाई सुख छैन ?“ बद्र्री बाजेले एकपल्ट स्वास्नीलाई हेरे तर प्रतिक्रिया भने मौन आयो । तर, उनले प्रस्नको जवाफ भेटे ।

बद्री बाजेले अतितहरु सम्झे । ७० औ वशन्त भित्रको त्यो साँगुएिको संसार उनको । त्यो वास्तक्तिा, कविहरु त्यसभित्र महाकाब्य रच्छन, दार्शनिकहरु त्यभित्र दर्शनका खोलाहरु देख्छन तर जीवन ? दृष्यविम्वको क्षितिजभित्र एउटा फुल फुलि रहेछ एउटा ठूलो उधनभित्र । माली मौन छ जिन्दगी देखि र मालिनीको कपालको जूरीमा मालीले त्यो फूल सजाउंछ । मालिनी मौनताले मुस्कुराउंछे, माली पनि मुस्कुराउछ । त्यो वास्तविक्ता, त्यो यर्थाथ तर त्यसभित्र कूनै भाव छैन ।

बद्र्री बाजे झस्के । सुन्यता भित्रको त्यो यर्थाथ तर वास्तविक्ता भन्दा धेरै टाढा छ । दूई छोराको धनी बद्री । जेठा छोराले पड्ने इच्छा राखे पनि बूढाले पढाएनन् भने कान्छो छोरोलाई स्कूल पढाए पनि पढेन । तर जेठोेले संस्कृत पडेर ऊ पूरेत्याई गर्दैछ भने कान्छो….जुन यर्थाथ हो ।

उनी पुन खाटबाट उठे । घरबाट बाटो तर्फ लागे । चौकनेर दूई वटा चौतारा छन् । चौतारा माथि दुई तीन जना युवाहरु बसेर हाँस्दै थिए । तर पुन स्वास्नीको आवाज आयो ।

६० बर्ष नागेकी बद्र्रीकी स्वास्नी आप्नी बूहारीलाई भन्दै थिई । छोरा छोरी भए पछि बाबु आमाको पीर मर्का बूझनु पर्दैन । भन्जीका जस्ता छोरा हुनुपर्छ । माता तिर्थ औसीमा जोर जोर साडी र चोलो दिएछन् ।”

तर बद्र्री बाजे झस्केनन् । सिस्नो र मकैको खोले खाएर आदि दाम्पत्य त उनले विताए भने अब किन यर्थाथता भित्र उनी डुब्ने र उही स्वास्नी, जस्ले मकैको खोले बनाएर उसैको प्रतिक्षामा बस्थी, उही स्वास्नी जस्ले बद्र्रीको च्यातिएको दौरालाई दश, पन्द्र पल्ट सम्म पनि केहि नभनी सिउथी ।

अनि बद्र्रीकी भान्जी, बहिनी र ज्वाई खसेपछि टुहुरी बनेपछि एउटा केटो खोजेर पन्छाएको उनले । चारमाना चामल बोकेर परदेश लागेका दम्पति, आज कडोरपति बनेका छन् तर बद्र्री ?

चौतारामा बसेका केटाहरुले बद्र्रीलाई हेरे । बाजे मौन नै भए । केटाहरु गफमा तल्लिन भए

“संसार किन पैसा भित्र सीमित छ । त्यस भन्दा पृथ्थक रहेको संसार अर्को किन बन्दैन । ”
“त्यो त म भन्न सक्दिन । तर यो सम्म चांही भन्न सक्छ् , वास्तविक्ता भन्दा टाडा पनि संसार छ जुन यर्थाथ हो ।”
“भविस्य र आशावादीताहरु………

बाजे झस्के । उनले वास्तविक संसार पत्ता लगाए । तर, आज बद्र्री की भान्जी कडोरपति छे तर बद्र्री अनि उसका छोराहरु…..एक विगाभित्र सीमित छन् । जुन वास्तक्तिा हो । बजे घर तर्फ लागे । मौनता भगं भै रहेको थियो ।

बद्र्रीबा की स्वास्नी मौन छे । सौदिली परेकी बद्र्रीबा की स्वास्नी सूनका चूराले सजिएकी छे । बद्र्री बा का छोराहरु कारमा अपिसबाट घर आउँछन् । बद्र्री बा की स्वास्नीको हातमा कपडा र महडगा मिठाईको झौला हुन्छ । तर बद्र्री बा की स्वास्नी मूस्कूराउछे तर एक शब्द पनि बोल्दिन । तर बद्री बा की स्वास्नी भन्छे
“एक पल्ट छोराहरुले बुढेसकालमा तीर्थ यात्रा गराए पुग्थ्यो ।”
”म पनि यही सोच्दै छु । आखिर कति घरभित्र मात्र सागुरिएर जिन्दगी जीउने । सम्पति आर्जन मै पूरै जिन्दगी त वितो भने आध्यात्मिक चिन्तनमा लागेर बांकी जिन्दगी किन नविताउने ।”

बद्र्री बाजे घर आई पूगे । खाटमा एउटा बूढो मान्छे आएर बसी राखेको थियो । बद्र्री बाजेले भने
“आज कतबाट ?” उसले भन्यो
“यस्तै रहेछ संसार, यात्रा छदै छ ।”
बाजेले भने
“मान्छे यो आप्नो भन्छ, यो छैन भन्छ तर खै के आप्नो छ र ? आखिर एक गाँस न हो चाहिने ? ।”
बद्र्री बाजेकी स्वास्नी झस्की । कोक्रोमा सुतेको नातिलाई हेरी । बामे पनि सर्न नजान्ने नातीमा उसले केही देखिन । तर, त्यसत्रि यर्थाथ छ र जुन जीवन सीमित छ आफै देखि, न भाव, न आश, न निरास । उसले अतित पनि सम्झिन र भविस्य पनि जुन यर्थाथ । त्यो मान्छले भन्यो
“म यसो सम्झन्छु, संसारमा सबै आफैमा सीमित छन् । आफ्नै बाटो, आफ्नै लक्ष्य र आफ्नै धारणा । सम्झन्छु जीवनमा कयौ अवस्ताहरु न भावमयका छन न सुखमय…

त्यसैबेला बर्दी बाजेकी नातिनी स्कूलबाट आई । बद्र्री बाजेकी स्वास्नीले नातिनीको झोला हेरि । झोलामा पेन्सिल र कपी थिएन् । उसले ६ वर्षकी नातिनीलाई कराई
“खै पिल्सिङ र कापी तँलाई हराउन किनि दिएको । कस्ले तँलाई दिनै किनि दिन सक्५ ?”
नतिनिले भनी –हरायो ।” ऊ रिसाई । तर बद्र्री बाजे मौन रहे । मान्छै बाटो लाग्यो । बद्र्रीले भने
“चिया सम्म पनि दिइनस त ?” उसले भनी
“दूध भए पनि चिया रग र चिनी छैन । सकिएको दश दिन भएको थियो । कसरी दिने ?

बद्र्री बाजे झस्के । पुन खाटबाट उठे र खेत तर्फ बढे । उनले अतीतहरु सम्झे…..

उहि वास्तक्तिा, उही यर्थाथ । मालीले हजारौ पल्ट मालिनीको कपालमा फूल सिउरी दियो । बद्र्री बाजेका छोराहरुले कयौ पल्ट उसकी स्वास्नीलाई राम्रा कपडा र मिठाई दिइ सके । बद्र्रीबा का दम्पतिहरुले कयौ पल्ट चारधामको यात्रा गरिसके ।

मकैको ढिँढो र सिस्नोको साग खाएर दश ठाँउमा च्यातिएको दौरा लगाएर आदि दाम्पत्य जीवनका क्षक्षहरु मुल्य हिन बनेर बितिसके पनि ती पाइलाले भाव युक्त ूस्पर्सको प्रतीकहरु कहिलै टेकेनन् । मौनता भगं नै थियो । बद्र्री बाजेले वास्तक्तिालाई सम्झे । ७० वर्षको एउटा लामो यात्रा अनि जीवनको उत्तरार्धको क्षण अनि ६ वर्षकी सानी जीवन साथी , ६५ वर्षकी त्यही स्वास्नी, कोक्रोमा सुतेको सानो नाती, स्कुल जाने नातिनी र कडोरपति बनेकी बद्र्री बाजे की भान्जी ।

बद्र्री बाजेले लामो सास फेरे र भने
“किन वास्तविक्ता भन्दा भिन्न हुन्छ मेरो संसार…..

– शनीबार, 23 कार्तिक, 2070