ViBid Rose – Mitra Sangako Sambad

मित्रसँगको संवाद

आत्मदया त किन गर्थेँ र हे मेरा परम मित्र
दोबाटोको अपाङ् कुकूर त भोलिको दिनसगँ जुझ्न
भोको पेट लिई स्वाभिमानका साथ सुतिरहेछ मस्त ।
बरू घृणा जरूर हो, लज्जा पनि हो, आफैँसगँ
असफलताको सघाँरमा मुर्छिएको देशमा
भाग्य खोज्दै बरालिदाँको पीडा हो चसक्क ।

म निदाउन नसक्ने त्यही जून मुनि हो मित्र
त्यही जून मुनि, त्यही शीतल बतास मुनि,
जहाँ ब्यास ऋषीले रचे पौराणिक इतिहास ।
जहाँ अत्याचार र पराया दासत्व नस्वीकार्ने
वीरवीरङ्गना लडाकुहरूले बगाए रगत–
मेरो लाचार जीवन हो पुर्खाहरूको उपहास ।

आफ्नैहरूको दासत्व चुपचाप नदेखेझैँ,
टूलूटूलू लाटा र पापा चुट्किलाको पात्रझैँ,
सुनी बसेको छु बलात्कृत चेलीको क्रन्दन
नसाभित्रको शुरो रगतले माग्दैन न्याय
भोको छ विलाश र द्रब्यको, पीशाचझैँ,
निर्लज्ज हेर्दछु बलात्कारीहरूको रमझम ।

तिमी देख्छौ मित्र जीवन सुन्दर
सिदान्तमा असम्भव मित्रता हाम्रो
मात्र कुरूपता देख्छु म जहीँतहीँ ।
तिमी निदाऊ मित्र, म जागै बस्छु
उदाउँछ भोलि कुरूप सुर्य, लोकाचार
मा होमा हो बराबर थाप्नुछ सही ।

ViBid Rose – Kabita Ke Ho?

कविता के हो ?

कविता के हो ?
अभिब्यक्ति हो भावनाको । पूजा हो सुन्दरताको ।
नृत्य हो लयको । चित्रण हो कल्पनाको ।
कविता पुत्री हो । कविता जननी हो ।
बन्धन हो नियमको । विद्रोह पनि हो ।
कविता चाहना हो । कविता बेदना हो ।
विश्वास र मूल्य हो । आदर्श र प्रेरणा हो ।
साधन हो कविता । कविता साध्य हो ।
मजाक हो कविता । कविता साधना हो ।
त्याग हो कविता । कविता प्राप्ती हो ।
निर्वाण हो कविता । कविता अशान्ती हो ।
कविता लोक हो, कविता परलोक हो ।
कविता तृप्ती हो, कविता भोक हो ।
केही होइन कविता ।
कविता सबथोक हो ।

ViBid Rose – Maya Barilai

माया वरीलै

डाडैमा छदा देखेका सपना
हुरीले उडायो, माया वरीलै
गहीरामा रहदा देखेका सपना
पहिराले बगायो

दुखियाको काल्कोठी पाइतालो
कहाकहा पुर्यायो, माया वरीलै
सुख त केवल देख्नाको रमझम
अभावमै डुबायो

उभो म हेर्छु रूझेका आखाले
देख्छु मात्र आकाश त्यो मेरो होइन
हिड्छु म आगे दुखेका पाइलाले
देख्छु मात्र मानिस कोही मेरो छैन
माया वरीलै माया वरीलै

सानीकी आमा एक्लै माटो खाई
निष्ठूरी भई गई, माया वरीलै
बाबुको घूडा नि चुसेकी सानी
कहा पो हराई

आफ्ना कोही हुन्थे त देखिन्थे
म किन रुन्थे, माया वरीलै
के रहर मलाई ताराजुन ताप्ने
मस्तले सुत्थे

वर यो काली बगी कहा पो पुग्थी
रूकेकी मलाई थहा छैन कहिल्यै
बगरको ज्यान मेरो किन पो लान्थी
एकोहोरो बगिमा रहन्छे, रुक्दिन कहिल्यै
माया वरीलै माया वरीलै

ViBid Rose – Kinar Ko Chintan

किनारको चिन्तन

चहाना सामिप्यताको, छललाई होइन
बेचैनी मनलाई मात्र, पललाई छैन
आफ्नै गतिमा बगिजाने खोला
कल्कलाई सुनाउछे एउटा कुरा
“कुरी बस, उठी जाऊ तिमो निणर्य
तिमो आफ्नो कदम तिमो आफ्नो भाग्य“

म छु, यहीँ छु टुक्रुक्क किनारामा
सुन्दैछु कलकल डुबी चुर्लुम्म भावमा
माछा भ्याकुता एकअर्काका लोभी
पौडन्छन उर्फन्छन सुखी छैनन कोही
कहाँ हुदोरहेछ चैन ठुलो निधारमा
गोडाका डेक रहेछन सब मेरो विचारमा ।

ViBid Rose – Sharir Ra Atmaa Bahek

शरिर र आत्माबाहेक

शास्त्रले भन्दछ
भनेर एकपटक पन्डित बाले भनेथे-
म म होइन
शरिर र आत्मा हुँ अरे

र आत्मा वृद्द जन्मन्छ
शरिर जन्मदाँ शिशू हुन्छ अरे ।

त्यस वखत लौरी बाटोको बाधा हुन्थे
पन्डित बाका कुरा कहाँ सुन्थेँ र ?

आज लौरी शहारा छ
म बुझ्छु सब, मेरा कुरा को टेर्दछ ?

तर खिज्याउन्न प्रकृती मलाई म वृद्ध छु
ठान्दैनन् पशूपङ्क्षी म शिशू अशक्त छु

विचरा तिनीहरू! म त कहिल्यै थिदैँथिइन-
थियो मेरो शरिर जो आज वृद्ध अशक्त छ
थियो मेरो आत्मा जो आज शिशू अशक्त छ ।

हिजो दुवै जवान हुदाँ
कति भ्रमित थिएँ म
कि शरिर र आत्माबाहेक पनि
कहीँ कतै

म छुँ ।