टंक सुब्बा – बिश्वास भित्रका बिद्यमान क्षणहरु
मपार्इत्वले पराकाष्ठ नाघेपछि
संवेदना भत्किएकाछन्
आस्था पुरीएकाछन्
त्यसैले त हामी विच
परिचय हराएको हो
सम्बन्धका हातहरु छुटेपछि
हाम्रा आँखाहरु मात्र आँखा भएकाछन्
जहाँ देखेर पनि देखिहेका छैनौ
मात्र औपचारीकताको हेरार्इ छ
यसरी हामी मान्छे भत्किएकाछौ
त्यसैले वेखवर भएकाछौ एकार्कामा
अपरिचित भएकाछौ एकआपसमा
फलस्वरुप मान्छेका कुरा मान्छेमा पुग्दैन
मान्छेको आवाज मान्छेले सुन्दैन
एउटालाई चोट लाग्दा अर्कोलाई दुख्दैन
यसरी हामी भातृत्व प्रेमवाट
हराएकाछौ
विलाएकाछौ
टाढीएकाछौ
एउटै आकास ओढेर वाँचेका
हामी उस्तै मान्छेहरु
वाडिएकाछौ
चुडिएकाछौ
छुट्टीएकाछौ
जस्ले मान्छे भित्रको मानवत्व हराएको छ
किनकी मान्छे बेग्लिएकाछौ
परिस्थितीले
बिचारले
भावनाले
यसर्थ स्वार्थ पूर्तिको लागि
मान्छेहरुले मान्छेहरुको
अस्तित्व मेटेकाछन्
बिश्वास कुल्चेकाछन्
आस्था च्यातेकाछन्
अव मान्छे मान्छे विचको
घनिष्टता वाँकी छैन
मान्छेलाई मान्छेको मान्यता छैन
र्इर्श्याले
द्वशले
द्वन्दले
एकले अर्कालाई बिर्सी दिएकाछन्
हो त्यसैले हाम्रो शुन्दर जीवनको
आभा हराएको छ
नाता टुक्रिएको छ
फगत एक्लो बनेको मान्छेले
मान्छेको सीमारेखा नाघेपछि
भावनाका साघुहरु भत्किएका छन्
आस्थाका गल्लिहरु पुरीएका छन्