Sujan Budhathoki – Kachuli

काचुलि

हरेक रात म निदाएपछि
एउटा अजङ्ग को बिसालु सर्प जङ्गलबाट आएर
मेरो बेड वरिपरि घुम्छ
मलाइ सुङ्ग्छ
अनि म ब्युझनु अघाबै
मिर्मिरे बिहान
मेरो कोठामा काचुली फेरेर
जुन जस्तै हराएर
जान्छ,
ओहो!: यत्रो खतरनाक नाग भएर पनि
आखिर उस्को चिनो त काम लाग्छन
एकदिन।
काम नलाग्ने त ति तिम्रा यादहरु मात्र हुन
जुन तिमिले मलाइ आफ्नो आहार बनाएर
स्वयम् आफु बद्लिएर बहार लिएर
गएकी थियोउ
म सुतिरहेको बेला मेरो सपनालाइ बेरेर
ऐठन जस्तै
बिसालु सम्झनाका पुराना काचुलिहरु फेरिदिएर,
न त कैले तिमी लिनलाइ फर्किएर नै आयोउ ।
म झन झन हरेक बिहान,
एउटा गोधुलिको पहेलो घाम जस्तै भैरहेछु
कि भुलिसकेका ती पहिरन
का ती पिराना काचुलिहरुलाइ सम्झिएर।।।।।