Rita Khatri – Kaha Hunchha Afno Mato Birano

रीता खत्री – कहाँ हुन्छ आफ्नो माटो बिरानो (गजल)

कहाँ हुन्छ आफ्नो माटो बिरानो
आफू हिंडेको त्यो बाटो बिरानो ।

जति बिर्सूं भन्छु उति याद आउँछ
सुदूर सम्झनाको छ पाटो बिरानो ।

मेटेर कसले कहाँ मेट्न सक्छ
हुँदैन मायाको खाटो विरानो ।

खै कसरी रोपूँ म स्नेहको बिउ
छ आफ्नो मनको राटो बिरानो ।

सम्झनामा चसक्क सधैं देश दुख्छ
कहाँ हुन्छ गुन्द्रुक र आँटो बिरानो ?