आफ्नै आशिर्वाद मलाई
जब आकाशलाई हेर्छु
बादलको आकार
बन्दुकजस्तै देख्छु र निहुरिन्छु ।
कालो देख्छु
अनायास ढुंगाको रङ,
लाग्छ,
अब क्षणभरमा त्यहा“बाट पनि
आगो हुर्कनेछ
र चिम्लन्छु आ“खा ।
मनभरि जम्छ अमीलो सागर
न डुब्न सक्छु
न भाग्न सक्छु किनारैकिनार ।
प्रश्वासको बाटो बन्द हुन्छ,
किनाराका लाशहरु
रिसाएका छन्,
पिउनेहरु काकाकुल छन्
जिउनेहरु शोकाकुल छन्
मेरो चेत बोक्न सक्दिन“ म,
युद्धमय मनको विभिषिकाभित्र
सन्तुलन कुल्चिएको छु
आफ्नै पाइतालाले ।
हा“स्नेहरु पनि छन् हा“सिरहेका,
भाग्नेहरु छन् भागिरहेका
नदी, चरा, बाटो जङ्गल
सा“झ विहान रातलाई हेर्छु
म जस्तैसबै निरीह छन्
र हात जोड्छु,
हे भगवान् !
मैले चढाएको भरोसा मलाई फर्काइदेऊ
भोलि घाम झुल्किएको देखें भने
मेरो आयुलाई
म आफैं आशीर्वाद दिनेछु ।