जीत कार्की – के भन्नू
चिरे धर्ती, फुटाए चाँद के भन्नू
अहो ! कस्तो बढ्यो उन्माद के भन्नू ।
भयो धरमर कठै ! हामी बसेको घर
लडेका थाम एक्लो काँध के भन्नू ।
थिए जो काख औ मातृत्वका धारा
गरे कब्जा, लगाए साँध के भन्नू ।
म ठान्थेँ जो धरोहर हुन् भरोसाका
उनै पो झन् बने जल्लाद के भन्नू ।