राजेश्वर कार्की – दन्त्यकथाको राक्षस
उहिले-उहिलेको दन्त्यकथामा
पहाड उखेल्दै
नदी सुकाउँदै
सखाप पाथ्र्यो रे
यस धरतीको राक्षसले
तर अहिले
यी सबै गर्नेकै बस्तीमा उभिएर
म कविता पढिरहेछु
र कवितामा आफ्नो परिचय खोजिरहेछु…।
नेपाली कविता को बिशाल संग्रह
राजेश्वर कार्की – दन्त्यकथाको राक्षस
उहिले-उहिलेको दन्त्यकथामा
पहाड उखेल्दै
नदी सुकाउँदै
सखाप पाथ्र्यो रे
यस धरतीको राक्षसले
तर अहिले
यी सबै गर्नेकै बस्तीमा उभिएर
म कविता पढिरहेछु
र कवितामा आफ्नो परिचय खोजिरहेछु…।
राजेश्वर कार्की –थाकेको म
जब कहीँ फूल र्झछ
म शोकमग्न हुन्छु
जब मेरो घाम डुब्छ
म रातग्रस्त हुन्छु
र हिँड्दाहिँड्दै थाकेको, म
जब सपनामा उसलाई भेट्छु;
सपनामै पुनः गन्तव्य तय गर्छु
सपना त टुट्नुको Continue reading “Rajeshwor Karki – Thakeko Ma”
राजेश्वर कार्की – हतियार
सबैले भन्छन्-
हतियारको जङ्गलमा सुरक्षित होइन्छ
यतिखेर मेरो चेतना पनि
सम्पूर्ण हतियारबद्ध छ
र सङ्ग्राममा
तिमीले गुलेली हान्यौ
मैले घुयेँत्रो चलाएँ
तिमीले हँसिया चलायौ
मैले खुकुरी चलाएँ
तिमीले तरबार निकाल्यौ
मैले खुँडा चलाएँ
तिमीले थ्री-नट-थ्री पड्कायौ
मैले बन्दुक चलाएँ
तिमीले एस. एल. आर. देखायौ
मैले एल. एम. जी. उठाएँ
तिमीले ए. के. फोर्टीसेभेन प्रयोग गर्यौ
म हतियारविहीन उभिएँ
जबसम्म मसँग हतियार थियो
जित्ने बहानामा मैले हारिरहेँ
तर जब हतियारविहीन चेतना, म
तिम्रो मनको सँघारमा उभिएँ
अनिमात्र म सुरक्षित रहेँ
र विजयी भएँ ।
राजेश्वर कार्की – मेरो कविताको अन्तिम पृष्ठ
हामी छिया-छियामा विभक्त भएर
अनेकौँ भूगोल बाँच्यौँ
कतै कातर भएर बाँच्यौँ
त कतै बहादुर भएर
कहिले सीमातीत घृणामा बाँच्यौँ
त कतै क्षणभरको प्रेममा बाँच्यौँ
प्रेमको एउटै महासागर भएर त
कुन भूगोलमा हामी बाँच्यौँ र !
हो, कोही रानीघाट भएर बाँचे
कोही ताजमहल भएर बाँचे
प्रेमको एउटै भूगोल भएर त
कहिले नै हामी बाँच्यौँ र !
मेरो कविताको प्रथम पृष्ठमा
बहादुरीको गह्रौँ भारी बोक्नेहरू
बाटैमा निदाएछन्
… र चेतनाको मध्यान्तरमा ब्युँझेर
प्रेमको अथाह भारीसहित
प्रेमकै सग्लो सगरमाथा चढेछन्
समयान्तरमा थाहा लाग्यो
उनीहरू
शिखरबाट कहिल्यै ओर्लेनछन्
उनीहरूका हरेक पाइलाहरूमा
प्रेमको अक्षर देख्ने हतियारधारीहरू
उनै सगरमाथाको फेदीबाट
आफ्नो नयाँ यात्रा तय गर्दै छन्
………………………………..
यही दृश्य
मेरो कविताको अन्तिम पृष्ठ हो ।