शहर र गाउँमा बिहान
शहरको रात
क्रूरको सौन्दर्यप्रेम
प्रार्थना
धेरै मानिसको साँझ
थुक
अमरताबिरुद्ध
खतरापूर्ण एक यथार्थ
समयका ठूला नामहरू
यसकारण
खराब सत्ताको इतिहास
दुःख
कविता बचाउ
दृश्य शब्द र स्वरक ो राज्यमा
बेभसाइटबाट टाढा
द्रौपदी
काठमाण्डौमा बागमती
कविसँग
कुरुक्षेत्रमा होम छ
सिनमे ा हरोँ ै
मायानगर
आमा हँुदा
गुम
राम्रो समय
सङ्कट
घर गएपछि
बिन्दुहरू
माक्र्सको खुसी
तिमीहरू मौन
पक्ष
एक हाइटेक कविता बुझ्न खोज्दै
भत्कँदै–बन्दैछ
युद्ध
हिटलरको उमेर छैन
सङ्घर्ष
नम्रको उमेर
असजिलो कवि
गँडु
सर्दै…
प्रतिस्वर
ग्रह टिप्ने सपनामा
भूमिको जोखिम
युद्धमा
आजसम्मको किसान
यो नगरमा बेग
ऊ पनि अर्को ब्राइन
कसैलाई थाहा छैन
जत्ति टाढा गए पनि
सित्तैमा अखबार
Tag: Sahityakar Rajab Ka Nepali Kavita Haru
Rajab – Website Bata Tadha
यो मानिस कुनै पनि डटकममा
पस्न पाएको छैन
सब बिन्दुहरू
उसलाई निषेध गरिरहेछन्
अति निजी कुराहरूमा
उसलाई अल्झनुपरेको छ
त्यस कारण
वेभसाइटको जालमा पसेर
उसले
आत्महीनताको उपचार गर्न पाएको छैन
अघिल्लो शताब्दीको
यो नितान्त साधारण मानिसलाई
साइवरपासले टाढा पारिरहेछ
वास्तवमा
उसको काम
उसको घन्टा
उसको अध्यात्म
चालु युगको
रनवेको क्रुरताबाट उडिरहेछ
Rajab – Sardai
मलाई लाग्दै छ
अरू निधर्न झैँ
मेरो बा पनि
भविष्यका समयहरू
राम्रो आउनेछन् भन्ने
आत्मदिलासामा
जीवन हुर्काइरहनुभएको थियो
त्यसैले उहाँ
खपिरहनुभएको थियो
अगाध आर्थिक वेदना
र मृत्युपर्यन्त
पिलाइरहनुभएको थियो मलाई
जीवनघुटी
तर आफूले
आउँछ भनेर चिताएको
त्यो वेदनारहित समय
नभेटेरै
उहाँ यो पृथ्वीको हावापानीबाट विदा हुनुभयो
यता बालाई झैँ
मलाई पनि लाग्दै छ
यी समयले खपेका
बमवर्षाका महामारी
संक्रामक सामाजिक जीवाणुहरू र
हिंस्रक राजनीतिका
आत्मधन्य राजनीतिज्ञ
र भयानक शासकका क्रुरतम शासनबाट
बाँच्न सकेँ भने
मेरो बाउले चाहेको
सुखमय समय
म अवश्य भेट्नेछु
Rajab – Bhoomi Ko Jokhim
आफ्नू शक्ति देखाउन
पृथ्वीमा आँधी
बाढी
भूकम्प
बरोबर आउँछन्
र जीवन, वन र भूमिको शृङ्गार
भत्काइरहने गर्छन्
त्यसैले
त्रस्त रहन्छन् आफ्नै रक्षकसँग
जीवनहरू
वास्तवमा जीवन
पृथ्वीदेखि, आकाशदेखि, वायुदेखि, Continue reading “Rajab – Bhoomi Ko Jokhim”
Rajab – Khatara Purna Ek Yathartha
आजका सब खराब
इतिहासमा राम्रो देखिने छन्
यो खतराको प्रारम्भ
आज भएको छ
हामी सब निरुपाय
टोलाउँदै
गन्दैछौँ
खराबहरूको सङ्ख्या
जो हुनेछन् असल भोलि
ती खराबहरूको
आज सत्तामा जाने उपक्रम चल्दै छ
Rajab – Pakshya
आँसु पनि दोहरिन्छ
रुवाइ पनि दोहरिन्छ
वेदना पनि दोहरिन्छ
घाम पनि दोहरिन्छ
हुरी पनि दोहरिन्छ
झरी पनि दोहरिन्छ
खडेरी पनि दोहरिन्छ
सुवास पनि दोहरिन्छ
स्वाद पनि दोहरिन्छ
बाढी पनि दोहरिन्छ
हाँसो पनि दोहरिन्छ
जीवनको लागि
दोहरिन्छ,
आँसु, पीडा, सुवास आनन्द
Rajab – Amarata Biruddha
मसँग
अत्याचार, शोषण र अन्यायको विपक्षमा लाग्ने
केही सचेत शब्दहरू, वाक्यहरू, विचारहरू, गीतहरू र पृष्ठहरू छन्
त्यसैले
असङ्ख्य बर्बरता, अन्याय र दमन
देखेर, सुनेर
बस्न सक्ने तागत मसँग भएन
त्यस्तो शक्ति मसँग भएको भए
मलाई लागिरहेछ
मेरो छातीमा
शासकको प्रशस्ति लेखिन्थ्यो
र म जँगबहादरुको शिलापत्रझै
माटोमुनि अमर हुने
अभिशाप भोगिरहन्थेँ
तर मेरो जन्मले मलाई
सब अमरताविरुद्ध
युद्धमा
बर्बरहरूसँग
डट्न लगायो
Rajab – Yo Nagarma Beg
मसँग
यो चरम नगर छ
यसको उत्पात विकासमा
गुमेको मानिसको यातना छ
आँखामा दया नभएका
मानिसहरूका गति छन्
होडबाजीमा गलेका
नशाखोर महत्वाकाङ्क्षाहरू छन्
दैलो नदेखेका
बेपर्वाह जीवनहरू छन्
समाचारमाथि चढेका
अखबारहरू Continue reading “Rajab – Yo Nagarma Beg”
Rajab – Pratiswar
बेइमानहरूको यो भीडमा
एउटाले पनि विद्रोह गरेन
कोही पनि इमान्दार देखिएन
विश्वासका
आस्थाका
इमानका
भरोसाका पानाहरू
पुस्तकबाट गुँड छोडेर
अज्ञात लोकतिर उडिरहेछन्
पृथ्वीबाट
सब नैतिकताहरू
प्रेमहरू, पूजाहरू
आकाशमा बसाइ सरिरहेछन्
माटोमा कसाइ बढिरहेछन्
एक्लो चरो
बरको टुप्पोमा बसेर पछुतो गाइरहेछः
बेइमानलाई ठुङ्न सकिएन
इमानलाई रोक्न सकिएन
बेइमानहरूको भीडमा
एउटा पनि विद्रोही देखिएन
Rajab – Maya Nagar
मैले मायानगरमा
मायाको पदचाप सुनिन
वास्तवमा मायानगर
माया प्रवेश गरेको भूमिजस्तो
विलकुल छैन
कसले राखिदियो
मायानगरको यस्तो झुटो नाम
नाम राम्रो राखेर
रूप बिगार्ने
धेरै नगरहरू छन्
यस्तै नगर
किनभयो मायानगर
रूप सिंगारेर
मन बिगार्ने
थुप्रै मानिसहरू छन्
त्यस्तै मान्छे
किन भयो मायानगर
Rajab – Kroor Ko Saundarya Prem
बाज पनि मुग्ध छ
यो बिहान
आफ्ना नङ्ग्राहरू
हाँगोमा गाडेर
मोहित
महसुस गर्दैछ
आफ्ना पखेटाका काप कापमा
चिसो सिरेटो
ऊ अहिले आहारको लागि सक्रिय छैन
छ
उतिसको हाँगोमा
स्थिर
आनन्दित
त्यस कारण
चराहरू
अहिले Continue reading “Rajab – Kroor Ko Saundarya Prem”
Rajab – Yas Karan
म गरिब छु
आफ्नै वर्गको हितमा लड्छु
तर म हुन सक्दिन क्रान्तिकारी
तिम्रो पार्टीमा नभएसम्म
मेरो आफ्नो केही छैन
सवर्हारा हुँ म
लुटेराहरूको हैकममा निर्भर छ मेरो जीवन
त्यस कारण तिनको विनाश गर्ने ध्येय हो मेरो
तर म हुन सक्दिन क्रान्तिकारी
तिम्रो पार्टीमा नभएसम्म
मलाई थाहा छ
शोषकहरूले मेरो जीवन कसरी नाश गरिरहेछन्
त्यस कारण तिनको निर्मूल गर्ने लक्ष्य हो मेरो
तर म हुन सक्दिन क्रान्तिकारी
तिम्रो पार्टीमा नभएसम्म
मैले दुष्टहरूको कानुन
र, सरकार मानेको छैन
गरेको छैन मैले तिनको दासता स्वीकार
तर म हुन सक्दिन क्रान्तिकारी
तिम्रो पार्टीमा नभएसम्म
मसँग अथाह विद्रोह छ
त्यस्तै साहस छ
म आफ्नो अभियानमा अविचल प्रतिबद्ध छु
तर म हुन सक्दिन क्रान्तिकारी
तिम्रो पार्टीमा नभएसम्म
मलाई लाग्दैछ
म गरिब, सर्वहारा, विद्रोही, साहसी
क्रान्तिकारी हुन सक्दिन
तिम्रो पार्टी भएसम्म
Rajab – Yuddha
बन्दुकहरू
ग्रिनेडहरू
बमहरू
खोजिरहेछन् निर्दोषहरू
जसलाई मारेपछि
केही दोष् हँदैन
त्यस्तो निर्दोष
खोजिरहेछन्
अश्त्रहरू
कसको पक्षमा
कुन अश्त्रले
कहिले जित्छ थाहा छैन
तर अश्त्रको पक्षमा
मानिसहरू
पृथ्वी गुमाउँदैछन्
Rajab – Drishya, Shabda Ra Swarko Rajya Ma
उसले पूर्णशक्तिका साथ
एउटा पुरानो कर्द
फ् पेटमा जाकिदियो
र मृत्यु प्राप्त गरयो
अब उसलाई शब्दहरूको, स्वरहरूको
र दृश्यहरूको पीडा खप्नु पर्दैन
उसले यही चाहेको थियो
वर्षौंदेखि उसलाई
शब्दहरूले, स्वरहरूले, Continue reading “Rajab – Drishya, Shabda Ra Swarko Rajya Ma”
Rajab – Butter Toast Ra Bidwanharu
राजव – बटर टोष्ट र विद्वानहरू
कतिपय विद्वानहरूको
बाइपास सर्जरी गरिएकोछ
कतिपयका धमनीहरुको
पुन्रनिकाश गरिएकोछ
कतिपयलाई सर्जरी कक्षमा पु-याईएकोछ
विद्वानहरू प्राय:
हृदयघातले ग्रस्त छन्
सबको हृदय
सर्जिकल ग्याँगहरू संचालन गर्छन्
प्राय: विद्वानहरु
आ-आफ्ना मस्तक
ग्याँगहरूलाई सुम्पेर
मस्त छन्
विद्वानहरुसँग हाल
फालेका बटरटोष्टका टुक्राहरू
खाने मुख मात्र बाँकी छ
Rajab – Dherai Maanis Ko Sanjh
साँझ घर पसेपछि म
गोठ पसेको पशुझैँ
चुपचाप बिहानी कुर्दिनँ
तपाईं के गर्नु हुन्छ ?
तर म
साँझ घर पसेपछि
हिसाब –किताब थाल्छु र
झोला लिएर
पुनः बजार झर्छु र
केही गेडा आलु
एकाद किलो चिनी, दाल
र अरू यस्तै किनेर फर्कन्छु
साँझ घर पसेपछि
घरभित्रको निजी कोलाहलमा डुब्नै पर्छ,
म पनि
स्वास्नीको अनेक फतफत, कचकच
केटाकेटीको झगडा र
होमवर्कमा सामेल हुन्छु
दुईचार थप्पड टी.भी.तिर मात्र घोत्लन खोज्ने छोरोलाई दिन्छु
र अविराम फतफताइरहेकी स्वास्नीलाई झपार्छु
खल्ती गह्रौँ छ भने
एकदुई क्वाटर सस्तोमहँगो रक्सी घुट्क्याउँछु
त्यो पनि जुरेन भने
बासी अखबारका पन्ना मुसार्छु
रिटायर्ड प्रेमिकाहरूको स्मरण गर्छु
सरकार, नेता, प्रशासक, व्यापारीसँग
रिस उठेको छ भने
क्रान्तिकारी कविता पनि लेख्न बस्छु
मन शान्त छ भने र
खल्तीमा क्वाटरका लागि क्षमता छैन भने
कुनै पनि किताब पढ्न बस्छु
तर राजनेताहरूको जस्तो
मेरो साँझ षड्यन्त्रपूर्ण बैठकमा बित्दैन
न त स्मगलरहरू जस्तो
अवैध सामग्री बोकेर आउने जेटको प्रतीक्षामा बित्छ
वास्तवमा धेरै मानिसको साँझ
मेरो जस्तै
केटाकेटीको रडाको
स्वास्नीको फतफत
अभाव, अभावमै पाकेको दालभात
र मामुली पेयमा बित्छ
साधारण मानिसहरूको साँझ
राजनेताहरू
स्मगलरहरू
र गोठ पसेको पशुझैँ अवश्य हुँदैन
तिनको साँझ मामुली हुन्छ
त्यसमा न षड्यन्त्र हुन्छ
न त घातक प्रतीक्षा
Rajab – Ek Hightech Kavita Sangraha Bujhna Khojdai
काला, मोटा पानाहरूमा
चौकोण, त्रिकोण, सीधा, बांगा, मोटा रेखाहरू भरिएका छन्
यी कुन अक्षरहरू हुन् ?
यी कुन शब्दहरू हुन् ?
अचम्मले एक कवितासङ्ग्रहका पानापाना पल्टाउँदै
ग्राहकहरू मर्माहत सोध्छन्
यी के हुन् ?
‘द ग्रोलिएर पोयट्री बुक सप’ की लुइसा भन्छिन्
ती हाइटेक कविता हुन्
म पनि सोध्छु
को पढ्छन् ती ?
को बुझ्छन् ती ?
लुइसा भन्छिन्
ख्वै, त्यो त मलाई थाहा छैन
तर ती कविताहरू हुन्
तिनमा कविले देखेको म्यानहाटनको जीवन
उत्तर पुँजीवादको सञ्जाल र
उच्च आधुनिक संवेगहरू छन्
एक हाइटेक समीक्षक ऐ भनेर निस्के
कत्तिले किनेर पनि लगे
तर ती के बुझ्छन् मलाई थाहा छैन
म त यत्ति भन्न सक्छु– ती कविताहरू हुन्
जसरी अरू कविताहरू म बुझ्दिनँ
ती कविताहरू पनि म बुझ्दिनँ
मेरो लागि सब कविताहरू हाइटेक कविताहरू हुन्
यी पुस्तक बेचेबापत
मेरो तलब बढाइयो भने
त्यही नै मेरो लागि
एउटा सजिलो कविता हुनेछ
Rajab – Asajilo Kavi
मरुटोलको एउटा गल्लीको
डेरा कोठामा जन्मिएको
रामानुज खरदारको छोरा ऊ
गल्लीको स्कुलमा पढ्दै खेल्दै
कवि बन्ने चेतनामा पो पुग्यो
रामानुज खरदारको छोरो ऊ
कवि बनेको
तीन दशक, तेस्रो हप्ता भयो
तर ऊ कवि बनेदेखि यता
उसले चारपटक जेल र
थुप्रै तिरस्कार पाएको छ
तैपनि छोडेको छैन
रामानुज खरदारको छोरोले
कविता लेख्न
रामानुज खरदारको छोरो ऊ
असजिलो कवि हो
वास्तवमा
सत्तालाई, क्रुरलाई
दलाललाई, गद्दारलाई
असजिलो हुन्छ इमान्दार कवि
Rajab – Sankat
म के इच्छा गरौं
क्रान्ति छिट्टै सफल होस्
कि शान्ति छिट्टै आओस्
के होस् छिटो देशमा
यो इच्छाको सङ्कटमा
म
के गरूँ
देशको सङ्कटमा
सबभन्दा बढी पर्छ
कवि सङ्कटमा
Rajab – Farak Chha
राजव – फरक छ
कुरुप
भिमकाय बाँझ रुखहरूमा
देखिन्छ
गिद्धहरू, चिलहरू, बाजहरू
र, एकाद कौवाहरू
फरक छ
बाज र
मलेवाको वृक्ष
गिद्ध र
मैनाको वृक्ष
चिल र
सुगाको वृक्ष
कौवा र
कोइलीको वृक्ष