Prakash Dhamala – Samjhana Surgery

“क्षितिजकोमित्र” प्रकाश धमला – सम्झना सर्जेरी

बिहानै ५ बजे तिर लाक्पा, ठुले भाई , तिल्चन
मलाई बोलाउन आउथे
जेठा छिटो उठ  न कस्तो जाडो भै सको
अह! आज त सलाई पनि बोक है
आज तिम्रो टन …..
ठुले! हिजो Continue reading “Prakash Dhamala – Samjhana Surgery”

Prakash Dhamala – Ma Jun Ra Sun Ka Kiran

प्रकाश धमला – म जुन र सुनका किरण

म सानो छदाँ
मेरी हजुर आमाले
ऊ………..माथि देउकी माता भनेर जुन देखाउनु हुन्थ्यो
म रोइरहेपनि चुपचाप रहन्थें
मेरी कर्कश पनि ठप्प हुन्थ्यो
त्यही समयदेखि हुनुपर्छ सायद
जुनलाई शालिन र विनयशील ठानिरहें
शालिनता र विनयशीलता आमामा हुनुपर्छ भनिरहें
हो मैले
जुनलाई आमा मानिरहें
थाहा छ,
म आमालाई शान्ति मानिरहन्छु
तर,
आजकाल, राँके जुलुस बोकेर
असंख्य ताराहरु जुनसमिप जादै गरेको समाचार छ
म डराइरहेछु
म अत्तालिरहेछु
म बेहोस हुन खोजिरहेछु
कतै मेरो बाल्यकालको
एक जोडी वरपीपल त ढल्ने होइनन् –
अहिले,
म रोएको रात,
जुन पूर्णिमा भएर आउन सक्दिनन्
म थाकेको रात
शीतलता बनेर छाउन सक्दिनन्
नाङ्गो सडकमा निदाएको रात
प्रिय जुन धुवाँ चिरेर आउन सक्दिनन्
त्यसैले,
म हरेक सन्ध्याहरुमा
सुनका किरणहरु बटुलेर
हरेक मध्यरातहरुमा आँखाका ज्योति बटुलेर
जुनलाई समर्पण गर्ने पक्षमा छु ।।

– Adelaide Australia

Prakash Dhamala – Ma Ra Sanu Maiya

प्रकाश धमला – म र सानु मैया

मेरी सानु मैया सधै सधैं
उज्यालो बस्ति रोप्छु भन्थिन
जहाँबाट
भावना फुल्न सकोस
जहाँ बाट विचार उम्रन सकोस
स्नेहका सप्तरंगीहरु छाउन सकुन
मलाई सधै सधै भन्ने गर्थिन |

मेरी सानु मैया भन्ने गर्थिन
“हेर्नुहोसन, सपना को हत्या पछि बिपना बौलाहेछ्न,
हेर्नुहोसन ,मुनाको बलात्कारपछि मदन भोट लागेछन,
सोच कति संग्कुचित भएर सुतिर’छ रोडहरुमा
प्रेम कति साघुरो भएर घुसरिरा’छ भीडहरुमा”
सायद सानु मैयालाई लाग्थियो
उनी कवितामा झैँ हरफहरुमा कुध्न सकुन /

हिजो मेरो देश सुनामी छालको बेगमा बगिर’ दा
सानु मैया
तिमीले रंगहरुको बेग्लो संसारमा
इतिहासको कुची चोबेर स्वयम रंगीन चहन्थियौ
म बम रोपेर
गुलाफ फुलाउने यात्रामा लागिर’दा
तिमि छाया टिपेर गोडी रहनथियौ /

सानु मैया
मेरो छातीमा चिरांग, साम्ची
फुट्न खोजीर’दा तिमीले सुनकोश बाधँ बान्थियौ
तिमीले फुलबारीको दिवाल पनि उब्यौथियौ
साच्चै म चिताको थाक चडीर’दा
तिमी चिन्तनको भरयंग उक्लदै जान्थियौ
लाग्छ. मेरो लागि
तिमी चिन्तन हौ
तिमी विचार हौ र
तिमी दर्शन हौ /

– Adelaide Australia

Prakash Dhamala – Aama Ra Tasvir Haru

क्षितिजकोमित्र’ प्रकाशधमला – आमा र तस्विरहरु
(अस्ट्रेलिया)

पहिले पहिले मेरी आमा
थाल भरि ममताका राता अक्क्ष्यता
आस्थाका फूलपाती
निस्चलताका अम्खोरा बोकेर
मन्दिर धाउनु हुन्थ्यो

हरेक बिहानी शिला Continue reading “Prakash Dhamala – Aama Ra Tasvir Haru”

Prakash Dhamala – Samaya, Shahid Ani Santan

प्रकाश धमला – समय, शहीद अनि सन्तान

धेरै वर्ष अघि
टाटनामा भेडा बाख्रा कराउँदै गर्दा
तबेलामा घोडी बछेड़ी हिन्हिनाउँदै गर्दा
म माथिल्लो छिमेकीकोमा रातो तारा माग्दै थिएँ
पर क्षितिजमा परिवर्तन चियाउँदै गर्दा
मेरा सन्तान हन्बेर्नोझैँ परजीवीको हातबाट
शोषणको तेल पुस्न विवश थिएँ
भूमिसंग सुहागरात मनाउन
चट्टानहरु ब्यस्त थिए
बिचारी मेरी जननी रुँदै, कराउँदै, हिकहिकाउँदै
बलात्कार स्वीकार्न बाध्य थिइन्
त्यतिखेर
समय निश्चित परिधिभित्र कैद थियो
जञ्जिरमा, यातनामा, बलात्कारमा, गोला-बारुदमा
लठ्ठीमुंग्रीमा |

बीस वर्ष अघिसम्म मेरी भूमि
आँधी-तुफान जन्माउँछु भन्थिन्
सौर्य बीरबहादुर जन्माउँछु भन्थिन्
आस्थावान हर्कबहादुर जन्माउछु भन्थिन्
एकताको प्रतिमूर्ति दिलबहादुर जन्माउँछु भन्थिन्
ऐतिहासिक बहादुर जन्माउँछु भन्थिन्
जसले तराई, पहाड, हिमालमा
पुरिएका आफ्ना सन्तानहरु खोज्न सकुन्
तर समयको कोल्टे फेराइसंगै
पाषणहरुको घुमाउरो जालमा परेर
मेरी भूमिले हजारौं भ्रुण हत्या गर्नु प-यो
कहिले चिरांगको डम्फु गएर
कहिले उत्तरी चेमगांग गएर
कहिले मध्य-साम्ची गएर
कहिले दक्षिण गेलेफुग गएर |

अहिले
मेरी जननीको तस्विर बोकेर
मेरा भावी सन्तान संसारभर छरिएका छन्
अतीतको असह्य घाउ बोकेर
सुन्दर भविष्य सुरक्षार्थ निरन्तर हिँडिरहेछन्
“तिम्रो” ग्रोस नेसनल हेपिनेसको लालचा नगरी
तिम्रो कुकुर हाँस्ने सडक
तर मान्छे रुने घरहरुको स्थिति बोध गराउन
अनवरत प्रयास गरिरहेछन
यो समय परिधि बाहिर स्वतन्त्र छ
सत्यमा , आदर्शमा , भ्रातृत्वमा,एकतामा
सायद् तिमीले आतंककारी कल्पना गरेका
मेरा पुर्खा शहीद भएर अमर थिए
अमर छन्
अनि अमर रहने छन्
समयको ऐतिहासिक पृष्ठभूमिमा |

– Adelaide Australia

Prakash Dhamala – Retired Doctor Ra Galat Aushadhi

प्रकाश धमला – रिटार्यड डाक्टर र गलत औषधि

एक अञ्जुली घाम लिएर
वर्ष चिसिएका ती निरिह अनुहारहरुमा
अर्थको न्यानोपन दिन किन खोजेको तिमीले ?
शताब्दिऔं पिसोल्टिएका छन् मूनाहरु
शताब्दिऔंदेखि अधिकार लम्पसार छ बलेसीमा
शताब्दिऔंदेखि स्वातन्त्रता डुबिरहेको नहरहरुमा|

तर
तिमी स्वातन्त्रता नहरहरुबाट झिकिरहेछौ
तिमी अधिकार बलेसीबाट उठाइरहेछौ
मलम लाउनु पर्नेहरुलाई
मलम लगाइरहेछौं
शल्याक्रिया गर्नेहरुलाई
शल्याक्रिया गरिरहेछौ
बेहोसीहरुलाई
कानाहरुलाई
बहिराहरुलाई
अनि
सपाङ्ग मानवलाई पनि उपचार
कहाँ-कहाँ, के-के गरिरहेछौ|

मलाई प्रस्ट थाहाँछ
तिम्रा उपचारका विधिहरु
तिम्रा र्सजनका अनौठा र्स्पर्शहरु
ओपरेशन थिएटर भित्रका वार्तालापहरु
तिमीले त दुर आकस्मिक कक्षाहरुमा
लिंडेढिपीको एम्बुलेन्सले ओसारी रहेछौ धाइतेहरु
तर
विचारा घाइतेहरु अपरेशनपछि
विचारा मुनाहरु उपचारपछि
विचारा बृद्दाहरु डिस्चार्जपछि
सबै-सबै बोल्नै नसक्ने
फिल गर्ने नसक्ने
हिड्नै नसक्ने
देख्नै नसक्ने
जीवित मानव पो भएछन्|

सुन्नुहोस त
म एक रिर्टार्यड डाक्टरलाई सोधिरहेछु
मेरा आफन्तको हाल खबर
उनी भन्छन् “एउटा इतिहास मासिरहेछ”
कारण – म जिज्ञासा राख्छु
उनी भन्छन्
“हामीले संघर्षको अलवा कायर औषधी प्रीस्क्राइब गरेछौं

लामो समयसम्म पराधिनताको बेडमा सुताइराखेछौं”
वस …………………………..

– Adelaide Australia

Prakash Dhamala – Ma Hajurbuba Ra Bhanuko Ramayan

“क्षितिजकोमित्र” प्रकाश धमला – म हजुरबुबा र भानुको रामायण
(अस्ट्रेलिया)

धेरै वर्ष अघिको कुरा हो
सायद म सानो छदै हुनुपर्छ ,जतिखेर म
बुबालाई भन्दा पनि हजुरबुबालाई ज्यादा माया गर्थें
बुबामा भन्दा पनि Continue reading “Prakash Dhamala – Ma Hajurbuba Ra Bhanuko Ramayan”