तिमी छुट्दा छाती पिटी कराएर रोए ।
तिमीलाई आफै खोला तराएर रोए ।। १
तिमीलाई आफै खोला तराएर रोए ।। १
धूमिल् धूमिल् यादहरु छाँया बनी आईदिँदा ।
आफ्नै आँशुधाराभित्र हराएर रोए ।। २
हामी बस्ने लुकी भेट्ने पीपलूको छाँया मूनी ।
एकान्तमा एक्लै आँशु झराएर रोए ।। ३
तिम्रो आउने जाने बाटो यतैतिर पर्यो क्यार ।
त्यसैले त अन्तै बसाई सराएर रोए ।। ४
हिजै राती सपनीमा हाँसीराको देखे तिम्लाई ।
के के हुन्छ भनी आफै डराएर रोए ।। ५
निर्झर सागर
सिलगढी, डोटी ।