Rita Khatri – Kamana

रीता खत्री – कामना

अनुहारमा
मुस्कान हराएपछि
के अर्थ रहन्छ र सौन्दर्यको
धेरै टेके
तिम्रा कोमल पाइतालाहरूले
का“डाको सडक
अब हामी साटौं हाम्रो यात्रा
तिमी फूलहरूमा हिंड्नू
म काँडाहरूमा हिंडूंला

नलागोस्
तिम्रो जीवनको सुन्दर जूनमा
कुनै ग्रहण
पीरमा नदुखुन्
तिम्रा कमजोर मुटु
आ“खामा आ“सु होइन
ओठमा मुस्कान रोप्नु तिमी
तिमी खुसीको डुङ्गा चढेर पुग्नु
जीवनको पारि किनारा
म तरु“ला दुःखको लामो समुद्र
तिमी नगाउनू
जीवनको कुनै उदास गीत
नसुन्नु कुनै शोक सङ्गीत
पीरको बा“सुरी म बजाउ“ला ।

मेरा लागि टाढा छ धेरै टाढा
पूम्लको सहर
घामको सहरजूनको सहर
त्यही सहरमा हराउनु तिमी

का“डाको सहरमा मौन उभिएर
हेरिरह“ुला
तिम्रो मोनालिसा अनुहार ।

Rita Khatri – Man

रीता खत्री – मन

जीवनको सुकिलो
ऐना अगाडि उभ्याएर
मैले मनलाई कैयौपटक
दोषी सावित गर्न खोजेँ
इच्छाको युद्ध रोक्न खोजेँ
आवेगको आँधी रोक्न खोजेँ
तर मन, मेरो देशको
पाखा, पखेरा र भीरजस्नै दुख्यो
गाउँ, बेसी र शहरजस्तै दुख्यो
चौतारी, भञ्ज्याङ्ग
र देउरालीजस्तै दुख्यो
यो देश जस्तै दुख्यो
देशको इतिहास जस्तै दुख्यो
र त मैले, मनविरुद्ध
युद्ध नलड्ने निर्णय गरें
मुद्दा नहार्ने निर्णय गरें ,
मन तिमी मलाई मार, काट,
बचाऊ, सिध्याऊ,
हराऊ, जिताऊ
जे गर तिम्रो स्वविवेक,
म तिमीविरूद्ध –
युद्ध लड्न सक्दिन
अदालत धाउन सक्दिन
र मुद्धा जित्न सक्दिन ।

Rita Khatri – Kaha Hunchha Afno Mato Birano

रीता खत्री – कहाँ हुन्छ आफ्नो माटो बिरानो (गजल)

कहाँ हुन्छ आफ्नो माटो बिरानो
आफू हिंडेको त्यो बाटो बिरानो ।

जति बिर्सूं भन्छु उति याद आउँछ
सुदूर सम्झनाको छ पाटो बिरानो ।

मेटेर कसले कहाँ मेट्न सक्छ
हुँदैन मायाको खाटो विरानो ।

खै कसरी रोपूँ म स्नेहको बिउ
छ आफ्नो मनको राटो बिरानो ।

सम्झनामा चसक्क सधैं देश दुख्छ
कहाँ हुन्छ गुन्द्रुक र आँटो बिरानो ?