Rakesh Karki – Dashain Timi

इन्जिनियर राकेश कार्की – दशैँ तिमी

आफ्नै देशमा झकिझकाएर
दशैँ तिमी आयौ
पर पर अर्कै देशमा
केवल सम्झना ल्यायौ

रहर हाम्रो उति नै छ
भए पनि टाढा
दशैँ उतै अहा खुल्यौ
मैदान डाँडाकाँडा

छुट्टी छैन रमाउँदै
गाउँघर जाने
मनैमा नि दशैँ तिमी
सम्झनाले ताने

चाड ठूलो टिका थाप्ने
हाम्रो पनि धोको
बुझाए चित्त कोहिले
कोहिको मन रोको

ढिकी कुट्दै दही चिउरा
रमाइलो होला
दशै तिम्रो खुशीयालीले
कहिले हामीलाई छोला

व्यस्त सधैँ हामी यहाँ
त्यहाँ दशैँ अहा

आफन्त मै माया बाँड्ने
हाम्रो पनि चाहा