Rajab – Pratiswar

बेइमानहरूको यो भीडमा
एउटाले पनि विद्रोह गरेन
कोही पनि इमान्दार देखिएन
विश्वासका
आस्थाका
इमानका
भरोसाका पानाहरू
पुस्तकबाट गुँड छोडेर
अज्ञात लोकतिर उडिरहेछन्
पृथ्वीबाट
सब नैतिकताहरू
प्रेमहरू, पूजाहरू
आकाशमा बसाइ सरिरहेछन्
माटोमा कसाइ बढिरहेछन्
एक्लो चरो
बरको टुप्पोमा बसेर पछुतो गाइरहेछः
बेइमानलाई ठुङ्न सकिएन
इमानलाई रोक्न सकिएन
बेइमानहरूको भीडमा
एउटा पनि विद्रोही देखिएन