Rabindra Nath Thakur – Raatri Pratiksha [From Geetanjali]

बादलहरुमा बादल छायो, अन्धकार भयो :
यस्तो समयमा पनि मलाई तिम्रो ढोकाको बाहिर, प्रतीक्षामा किन
बसायौ, मेरा प्रियतम !
दिन बितेपछि, बेलुकीपख, म दिनहुँ विविध काम अनि विविध
मानिसहरुसँग व्यस्त रहन्छु !
आज यो अँध्यारो बेलुकी यहाँ एक्ले केवल तिम्रै दर्शन गर्ने आशामा
म बसिरहेछु ।

तिमीले यदि आज पनि तिम्रो दर्शन दिएनौ भने, अनि मेरो आशाको
उपेक्षा गरिदियो भने, यो वर्षाको लामो रात कसरी बिताउनु ?

अति टाढाको नीलो आकाशलाई म निर्निमेष देखिरहेछु :
मेरो मन हावामा उड्दै बाखलहरुसित आकाशमा विहार गरिरहेछ,
मलाई एक्लै ढोकाको बाहिर किन बसायौ, मेरा प्रियतम !