प्रशान्त पौडेल – कल्पनाकी पात्र
जुनेली रातमा,
ताराहरू चम्किरहेकाे बेला
कतै खुल्ला आकाशमुनि
कुनै रूखकाे शितल छाहारिमा
कसैकाे मधुर आवाजले
म तन्द्राबाट ब्युझन्छु ,
म साेच्छु,
काेसाै परबाट कसैले मलाइ बाेलाइ रहेछ
र म आफैलाइ विशवास दिलाउछु
तिमी मलाइ नै खाेजिरहेकी छाै,
म कल्पना गर्न थाल्छु
याे जुनेली रातमा
ताराहरू चम्किरहेकाे बेला
यहि रुखकाे शितल छहारिमुनि
तिमी र म,
त्यतिबेला तिम्राे चन्द्र झै मुहारमा
मन्त्रमुग्ध भएर जुनकिरि
तिम्राे वरिपरि नाचिरहेका हुनेथिए
म तिम्राे नयनबाट तिम्राे हृदभित्र
आफैलाइ खाेजिरहेकाे हुनेथिए
मैले तिमिलाइ केही भनिरहेकाे हुनेथिए
तिमीले मेराे आँखामा आफ्ना आखाँ जुधाएर
लज्जाले आफ्ना गाला गुलावझै राता बनाएर
मलाइ हेरिरहेकि हुनेथियाै
तिम्रा आखाँमा म मायाका लहरहरू
समुन्द्रका विशाल छालझै
छछल्किरहेकाे महशुस गर्नेथिए
अनगिन्ति सपनाहरू म
तिम्रा दुई आखामा पाउनेथिए
तिमी मेराे समीपमा हुदा
अनायसै मुस्कुराइ रहेकी हुनेथियाै
तिमी त्यहि पलमा हराइरहेकि हुनेथियाै
जब तिमी मलाइ अङ्गालि रहेकि हुनेथियाै
तिमीले सबै बिर्सिरहेकी हुनेथियाै
बिस्तारै तर अटुट रूपमा वितिरहरकाे समय
सुस्त चलिरहेकाे बतास
जाे तिम्राे केश आफु सङ्गै उडाइ लान
खाेजेझै गरिरहेकाे हुनेथियाे
र त्यी चखेवाका एक जाेडि
जाे हामीलाइ गिजाइरहेका हुनेथिए
तर,
याे कल्पनाकाे शहरमा,
न शुरू छ , न अन्त्य
न तिम्राे नाम , न ठेगाना
तिमीलाइ कहा खाेजु म
तिमीलाइ कहाँ भेटु म
तमीलाइ के भनेर बाेलाउ म
तर,
मनकाे कुनै कुनामा
आशाकाे सानाे दियाे बलिरहेकाे छ
कुनैदिन जुनेली रातमा
ताराहरू चम्किरहेकाे बेला
कतै खुल्ला आकाशमुनि
कुनै रूखकाे शितल छहारिमा
तिमी आफ्ना मुलाएम आैलाहरूले
मेराे शिर सुम्सुमाउदै, मधुर आवाजमा
मलाइ तन्द्राबाट ब्युजाउनेछाै
म अक्क न बक्क भएर तिमीलाइ हेरिरहदा
तिमी मुस्कुराउदै भन्नेछाै
म उहीँ तिम्री `कल्पनाकी पात्र´।।