सुदर्शन सापकोटा – हेर!
न म देबता हुँ न त दानब हुँ।
कर्मलाई धर्म ठान्ने म त मानब हुँ।
न म हिरा हुँ न त मोति हँ।
तिम्रो दुःखको साथी म त भोकाको रोटि हुँ।
न म धनि हुँ न त गरिब हुँ।
तिमि सम्झमात्र म Continue reading “Sudarshon Sapkota – Hera”
नेपाली कविता को बिशाल संग्रह
सुदर्शन सापकोटा – हेर!
न म देबता हुँ न त दानब हुँ।
कर्मलाई धर्म ठान्ने म त मानब हुँ।
न म हिरा हुँ न त मोति हँ।
तिम्रो दुःखको साथी म त भोकाको रोटि हुँ।
न म धनि हुँ न त गरिब हुँ।
तिमि सम्झमात्र म Continue reading “Sudarshon Sapkota – Hera”
विज्ञान दर्शन – यसै गरी उसै गरी (गजल)
यसै गरी उसै गरी बाँच्नु छ
अझै कति मरी मरी बाँच्नु छ
सधैँ सुखै सुख कहाँ मिल्छ र,
कष्ट सही थरी थरी बाँच्नु छ
नजाने कहाँ टुंगिन्छ जिन्दगी,
हरिकै भरोसा परी Continue reading “Bigyan Darshan – Yesai Gari Usai Gari (Nepali Gajal)”
प्रतिमा के.सी. – आँखा खोल बुद्ध
मेरो देश रोईरहेछ
तिम्रो देश दुखिरहेछ
विनासकारी भुकम्प आईरहेछ
त्राही त्राही पारिरहेछ
आज मरिन्छ कि भोलि भन्ने
भयंकर त्रासदीले
बांच्नेहरुलाई पनि
पटक पटक मारिरहेछ
असुरक्षा Continue reading “Pratima KC – Ankha Khola Buddha”
निश्चल रेग्मी – युवा आँखाहरू
युवा आँखाहरू आजका
दीनताका दर्पण बनेर
समुद्र पर टोलाइरहन्छन्
पुगूँ कसरी त्यो किनारा भनेर!
दीपावलीको सेल रोटीको
स्वाद भूलेर
सारङ्गी र बाँसुरीको
निनाद भूलेर
फागु Continue reading “Nischal Regmi – Yuva Ankha Haru”
अजित क्षेत्री – चिठ्ठी
प्रिय,
कुनैदिन म गएछु भने
तिमीबाट टाढा भएछु भने
लेखिदिनु एउटा बिरही गीत,
खसी जाने शितको सम्झनामा
पैयुँको बोटमा जुनकीरिले गाए जस्तो
बिरहको कुनै अँध्यारो रातमा
तिमीलाई सम्झि रुँदै रुँदै
म गाउनेछु ।
म खसेछु भने
मिर्मिरेमा तारा खसेजस्तो,
म बगेछु भने
सागरमा पुतली बगेजस्तो,
चढाई दिनु दुई थुँगा फूल,
लाहुर हिँडेको सिपाहीले
फेरी भेट्ने बाचा गर्दै
पियारीको सम्झनामा
सिमलको फेँदमा
पाती चढाए जस्तो
तिमीले बिर्स्यौ भने पनि
त्यै बाटो ओहोर दोहोर गर्दा
म झस्काउन आउनेछु
तिमीले डराए पनि
म तर्साइ रहनेछु ।
प्रिय, लेखिदिनु एउटा गीत
कुनै चिसो बिहान
तिम्रो सम्झनाले
बेस्सरी मुटु पोल्दा
म गाइरहनेछु ।
आमालाई पछ्याउँदै रुँदै रुँदै
बजार पुगेको बालक
कतै बजारको भिडमै हराए जस्तो,
गुँडमा बचेरा छाडी
आहार खोज्न निस्केको हाँस
कतै सिकारीको जालमा परे जस्तो
समयको जन्जिरमा म परेछु भनें,
बर्षौंदेखी हुलाकको बाकसमा थन्केको
गुमनाम चिठ्ठी जस्तो,
म यतै मरूभूमीमा बेकसुर मरेछु भने
हाली दिनु ईश्वरको अदालतमा
एउटा मुद्दा
ईश्वरकै बिरुद्धमा
म ईश्वरकै अगाडी उभिएर
ईश्वर मरेको घोषणा गर्नेछु
र,
त्यसैदिन देखि च्यातेर
ईश्वरको तस्बिर
मेरो तस्विरमा तिमी
फुल अक्षता चढाउने छ्यौ
त्यै तस्बिरको म,
तिमी मस्त निदाएको देखेर
मुस्कुराउने छु ।
प्रिय, लेखिदिनु एउटा गीत
बिरहको कुनै अँध्यारो रातमा
तिमीलाई सम्झि रुँदै रुँदै
म गाउने छु ।
-युएई
(यो कविता लेख्दै गर्दा खाडीमा ज्यान गुमाएका र बिना कसुर जेलमा परी जीवन र मृत्युको दोसाँधमा अल्झेका थुप्रै नेपालीहरु सम्झेर आँखाबाट आँशु झारें मैले ।)
सन्ध्या रेग्मी – ‘सस्टेनबिलिटी’ कि ‘जस्टिफायबिलिटी’ ?
(Sustainability or Justifiability ?)
आपूm आणविक भट्टीको भण्डार जमाएर तिमी
अरूलाई शस्त्रास्त्र नचलाउन आदेश दि“दै हि“ड्छौ
प्रजातन्त्र र मानवाधिकारको Continue reading “Sandhya Regmi – Sustainability or Justifiability”
निश्चल रेग्मी – परिचय
हिममय शुभ्र भूमिमा
म आफ्नो परिचय लेख्छु
मित्र! तिमीले पढुञ्जेल सम्म
पग्लिसकेको हुन्छ त्यो!
प्रत्येक प्रभात शिवालयमा
घण्टीको मधुर गुञ्जमा
म छोड्छु नाम आफ्नो
मित्र! तिमीले Continue reading “Nischal Regmi – Parichaya”