Niroj Ghimire – Bastu Ko Astitwa

निरोज घिमीरे – वस्तुको अस्तित्व

हरेक वस्तु सोही वस्तुको अभाव हो
प्रकासको हरेक किरण अन्धकारको प्रभाव हो
किनकी यहा विना वस्तु कुनै तत्व छैन
प्रकाशपनि अध्यारोनै छ
यसको आफनो अस्तित्व छैन ।।

हरेक वस्तुको महत्व
त्यसको अभावमा छ,
प्रकाश जतिनै भए यहा
अध्यारो जहिल्यै छ
प्रकाश उ आफै अध्यारोमा छ
ध्वनी जो शुन्यतामा नै गुञ्जीरहेछ
त्यो आवाज हैन
सुन्यता यहा सुनिरहेछ
प्रकाशपनि अध्यारोमा नै चम्किरहेछ ।।

सामथ्र्यको आभाष कमजोरीले दिन्छ
शक्तिको पहिचान दुर्बलतामा हुन्छ
शक्ति उ आफै दुर्बलतामा निर्भर छ
बलवानलाई बलवान हुन निर्बल चाहिन्छ
निर्बलविना न बलवान छ, न बल छ
अभावबिना न महत्व छ न पहिचान छ
त्यसैले प्रेम बुझन घृणा देख्नु पर्छ
प्रकाशलाई चिन्न अध्यारोमा बस्नु पर्छ­­­
यहा एक अर्कोसँग निर्भर छ
दुवैलाई हामीले बुझेर स्वीर्कानु पर्छ ।।

Niroj Ghimire – Mero Jhyal Ko Parda

निरोज घिमीरे – मेरो झ्यालको पर्दा

रहस्यमय झै लाग्छ
अलिकति उठेको
पछाडी केही लुकेको जस्तो देखिन्छ
बस्तु हो न व्यक्ति हो
वायु हो कि मेरो सासले हो
फरफराई रहेको छ
म पक्का छु
त्यहा केही छ
पर्दा पछाडीको चिज
मलाई अझै तर्साइरहेछ।

मेरो मस्तिष्कको आखिझ्यालबाट
कोही छिरेर
पर्दापछाडी लुकेको हनुपर्छ
या त पर्दापछाडी
मेरो अतितको अवशेष हुनुपर्छ
बेलाबेला हल्लिदै छ
त्रास झनै बढिरहेछ
पर्दापछाडिको चिज
मलाई अझै तर्साइरहेछ।।

अतितमा छुटेको त्यो माया
कसरी बाच्यो अहिले
मेरो सपना रहस्यमय बन्यो
पर्दापछाडी लुकेर आफैलाई कहिले
अब सङ्कोच रहेन
पर्दापछाडी मेरी मायालुको छाया लुकिरहेछ
त्यही छाया मेरो वरिपरी सधैभरी हिडीरहेछ।।