Purushottam Subedi – Satisaal

पुरुषोत्तम सुवेदी – सतिसाल
(मधुपर्क २०६६ असोज)

ठूलो वरको रूखको टुप्पोमा
काटिएको टाउको
आन्द्राभुँडी, कलेजो
र करङका लाप्सा
ट्वाक्ट्वाक् ठुङ्दै, स्वाद लिँदै
समयको बूढो गिद्ध
मुक्तियुद्धको पराजयको
साक्षी बसेको छ ।

युगले लडेको
विचारको कुरुक्षेत्रमा
सपनाको शरीरबाट
रगत बग्दैछ
र जम्दैछन्
राता रगतका पोखरीहरू
सडकमा
र घरघरमा ।

उन्मादको यो क्षणमा पनि
प्रयत्नरत छ समय
सत्तासुखको
कालो जादुले
बारम्बार खोस्न खोजेको
जीवनको गीत गाउन ।

-कलङ्की, काठमाडौँ

Purushottam Subedi – Credit Crunch

पुरुषोत्तम सुवेदी – क्रेडिट क्रन्च
(मधुपर्क माघ, २०६७)

लिलाममा राखिएको
झण्डा कुल्चदै
मार्चपास गर्‍यो
याङ्कि सैनिक टुकडीले
पञ्जशेर उपत्यकामा
र ढोका बन्द गरे
बुर्कामा छोपिएका महिलाले
तर मिसवल्र्ड, Continue reading “Purushottam Subedi – Credit Crunch”