फलाम र
त्यसका ठाँडाहरूमात्र
आतुर छन्
युद्धमा कुद्न
इस्पात र
त्यसका वाहनहरूमात्र
आतुर छन्
युद्धमा उडान भर्न
कुजीव, निर्जीव
खनिज लवणमात्र तयार छन्
युद्धमा जम्न
हजारौं मानिसका छातीमा
खर्च भएका Continue reading “Rajab – Yuddha Ma”
Tag: Nepali Poet Rajab
Rajab – Namra Ko Umer
ऊ बीसौँ शताब्दीका
अरू करोडौँ झैं
सामान्य थियो
ऊसँग
दुःखका
थुप्रै दागहरू थिए,
बेला–बेला
तिनलाई हेरेर
ऊ पग्लन्थ्यो
ऊ पग्लँदा
उसका आँखा पनि
रसाउन तयार हुन्थे
एउटा सामान्य मानिसको
सबै क्षमता
ऊसँग Continue reading “Rajab – Namra Ko Umer”
Rajab – Sangharsha
ठीक रोटीजस्तो गोलो
आगोको लप्कोजस्तो लाल
अन्तिम चैतको निर्मल बिहान आज
हजारी धानुकको
पाकेको सुनौलो गहुँको खेत बाट
सूर्य उदायो
श्रमपूर्ण जीवनले
फलपूर्ण पारेको
परिपक्व सुनौलो गहुँको अनन्त फाँटबाट
सूर्य Continue reading “Rajab – Sangharsha”
Rajab – Timiharu Maun
जब कवि
जेलमा थियो
वातावरण खुसी भएझैं
मौन थियो
शुभेच्छुक
कोही नभएजस्तो
मौन थियो
कविले
यातना खपेको दिन
क्रूरताको
भयानक अँध्यारोभित्र
ताडनका मसलहरू
दाराहरू, नङग्राहरू, सुइराहरू
कवि सहिरहँदा
बाहिर
आकाशमा डुल्नेहरू
मौन थिए
कविको एक्लो युद्धमा
मौन थिए सब
जो अहिले
कविको मृत्युमा
रोइरहेछन्
र आँसुको कसरत
गरिरहेछन्
यो कसरतमा
म हाँसु कि
के गरौं
म पनि
यातनाको
लाइनमा छु
मप्रति पनि
लुच्चाहरू अहिले मौन छन्
जो पछि रुनेछन् र
मेरो लासलाई दिनेछन् आँसु
त्यस बेला म हाँसु कि
के गरौं कवि
म आउँदैछु
हे मौसमी मौनहरू
मलाई अहिले नदिने भए
पछि मेरो लासलाई कसैको
आँसु चाहिँदैन
म लाखौं को
मुक्तिलाई
यातनामा क्रमशः मारिनेछु
यो क्रूर मौनबाट बिदा हुनेछु
तिमीहरू मौन
ओम (ॐ) जप
Rajab – Gund
सब चराहरूले
प्रकृति बरोबर बाँडेका छन्
आ–आफ्नू गुँड लार्इ
कसैले छेस्को, कसैले त्यान्द्रो
कसैले पतकर रोजेका छन्
चराहरूको दुनियाँमा
गुँड को झगडा छनै
बुद्धिको दुनियाँमा त
बर्बरता छ
युद्ध छ
र गुँड हरू ध्वस्त छन्
Rajab – Aama Hunda
आमा हुनुहुन्थ्यो र
वरिपरिका रुख र
घरका खोपाका चराहरू
खान पाउँथे
आमा
हामीलाई पस्किदिनु अगाडि
पनिउँले
कसौंडीबाट
अलिकति भात झिक्नुहुन्थ्यो
र पात पातमा
केही भाग लगाएर
बाहिर प्रतीक्षारत
चराहरूलाई पु¥याउनु हुन्थ्यो
र चराहरू खान पाउँथे
आमा हुञ्जेल
भोका चराहरू
आँगनमा
आमा कुरिरहन्थे
आमा हुनुहुन्थ्यो र त
खान पाउँथे चराहरू
हामी र चराहरू
कोही पनि टुहुरा थिएनौँ
आमा हुञ्जेल
आमा भान्छामा पोखिएको
मिल्किएको
सब जुठा खानेकुरा
एक एक सोहोरेर
प्रेमपूर्वक रछ्यानमा राख्नुहुन्थ्यो र
काले, खैरेलाई
डाकी डाकी खुवाउनु हुन्थ्यो
आमा हुनुहुन्थ्यो र त
भाके ा हँदु नै थ े
आवारा कुकुरहरू
आमा घरका अरू आफल सोहोरेर
गाईको मुखमा
पाठोको मुखमा
पाडीको मुखमा पारिदिनु हुन्थ्यो
वास्तवमा
आमा हुनुहुन्थ्यो र त
कोही भोका थिएनन्
आमासँग
वरिपरिका सब जीवनको
आश थियो
आमा कसैलाई निराश पार्नु हुन्नथ्यो
सब आमासँग मग्न थिए
वास्तवमा आमा हुंदा
जीवन जोखिममा थिएन
Rajab – Hitler Ko Umer Chhaina
हिटलरको उमेर मृत्युपछि कति हो
ऊ इतिहासमा पूर्णतः कहिले फर्कन्छ
हिटलर ती सब मुलुक कहिले छोड्छ
जहाँ नाम फेरी फेरी
ऊ राज्य गर्दै छ
तर हार्डभर प्रोफेसर भन्छ
हिटलर जन्मिरहने जात हो
केयौं वर्षदेखि म कक्षामा
प्रजातन्त्र, स्वतन्त्रता, उदारवाद पढाउँदै छु
तर हिटलर जन्मिरहेछ
हिटलर जन्मिरहने जात हो
Rajab – Sadak Garbha
राजव – सडक गर्भ
फेरि हलचल गर्दैछन्
सब सडक ।
सहर गाउँ
गाउँ सहर
पहाड पर्वत
पर्वत पहाडका
सब सडकहरुको यो हलचलमा
बाहानहरुको निरंकुशता पल्टँदैछ ।
सानो, ठूलो, छोटो लामो
सब सडक अब
प्रत्येक साल निरंकुश गतिको
पतनोत्सव मनाउने छन् ।
सडकहरु र पथहरु
पथहरु र सडकहरु
सब आप्mना निरंकुश नामहरु फेर्दैछन् ।
Rajab – Bhatkandai Bandai Chha
मौलिकता गुमेको यो अनुहारभन्दा
भग्न अनुहारमा
कलाको निजत्व हुनसक्छ
थुप्रै पुराना कुराहरू छन् त्यो अनुहारमा
तिनलाई चिथोरेर
निजी र अर्थपूर्ण बनाउन सकिन्छ
तर डेरिडाको नाक र
रोलाँ बार्थको आँखा जोगाउन
दृष्टिहरू भत्काउँदै छ
उत्तरआधुनिक प्रोफेसर
Rajab – Prarthana
तिमी देउलाउ नि मेरो बालाई स्वर्ग
ईश्वर ?
उनी मरे
तिम्रो आस्थाका लागि
तिमी देउलाउ नि उनलाई स्वर्ग ?
तिम्रा लागि
उनी
जीवनभर अन्धो भए
अब तिमी उनलाई
आँखा देउलाउ नि ईश्वर ?
ईश्वर
यदि तिमी कतै लुकेका हौ भने
उनलाई
आफ्नो कालो अनुहारको दर्शन दिएर
तृप्त गरिदेउ
Rajab – Thuk
यद्यपि नाँगो हुनु भएन
यो अनुमति दिँदैनन् वरिपरिका आँखाहरू
मैले मात्र नाडीबाट घडी फालेँ
र समय नंग्याएँ,
दश बज्यो, बाह्र बज्यो, एक बज्यो, सात बज्यो
फाल्गुण, पौष, वैशाख, जेठ, असार, कात्तिक
पाठ्यपुस्तकका ऐतिहासिक पर्वहरू र समयहरू
सब मैले थुके
Rajab – Kabita Bachaau
सुन्दरी
यो भीडमा कविता नपढ
मानिसको ध्यान
कविताको सुन्दरताबाट
तिमीमा सर्छ
र कविता एक्लो हुन्छ
यद्यपि कविता पढ्न
लायक र
राम्रो छ तिम्रो स्वर
तर मानिसका ेखँखु ार ध्यान
कविताबाट उछिट्टिएर
तिम्रो सुन्दर नाकमा
तिम्रो चपल बडे आँखामा
तिम्रो नङमा
तिम्रो शारीरिक सौष्ठव
र परिधानमा पर्न सक्छ
र तिमीले पढिरहेको कविताको प्रयास
बेकार हुनसक्छ
सुन्दरी
कविता बचाउ