Kali Prasad Rijal – Mero Hajur Lai Ke Diun Ni Bhet

मेरो हजुरलाई के दिऊँ नि भेट
तारा दिऊँ कि जून दिऊँ इन्द्रेणीको सेट

मगमग बास्ना दिऊँ कि फूलै फूलले बेरेर
हिउँचुली नै चढाऊँ कि, लालीमाले घेरेर

पखेरीको छायाँ दिऊँ कि, झलझलाउने शीत
सारङ्गीको सुरमा दिऊँ कि, एकै चरण गीत

शब्द – कालीप्रसाद रिजाल
स्वर – शर्मिला बर्देवा
संगीत – आलोकश्री
एल्बम – छायाँ

Kali Prasad Rijal – Ankha Chhopi Narou Bhani

आँखा छोपी नरोउ भनि भन्नु पर्‍या छ
मुटुमाथि ढुंगा राखि हाँस्नु पर्‍या छ

भोली उठी कहाँ जाने केही थाहा छैन
फर्कि आउने हो कि होईन केही थाहा छैन
वाचा छिटै आउछु भनि गर्नु पर्‍या छ
मुटुमाथि ढुंगा राखि Continue reading “Kali Prasad Rijal – Ankha Chhopi Narou Bhani”

Kali Prasad Rijal – Jharyo Jindagi Futyo Jindagi

झर्यो जिन्दगी फुट्यो जिन्दगी
छल्केर आँखामा बग्यो जिन्दगी

काँडामा हाँसेको मिठो जिन्दगी
सपनीमा नाँचेको झुठो जिन्दगी
रहरको दहमा डुब्यो जिन्दगी
झर्यो जिन्दगी फुट्यो जिन्दगी

पिरले भरेको खाली जिन्दगी
पिरतीले रुवाएको प्यारो जिन्दगी
आज आफ्नै छातीमा दुख्यो जिन्दगी
झर्यो जिन्दगी फुट्यो जिन्दगी

शब्द – कालीप्रसाद रिजाल
स्वर – नारायण गोपाल

Kali Prasad Rijal – Jhel Bho Dherai Jindagi Ma

झेल भो धेरै जिन्दगीमा
झेलै झेल भो
मेरो माया उसको लागि
हाँस्ने खेल भो

के दुख्थ्यो र कलेजी यो
रेट्दा करौंतीले
यति साह्रो दुख्यो आज
छाड्दा निष्ठुरीले
कस्तो मायाजालमा पर्यो
त्यै नै काल भो

आफू पर्यो सोझो नि हौ
मीठो गर्थ्यौ कुरा
मुखै मात्र मीठो रैछ
भित्र धारी छुरा
जीउको नाश धनको कती
यस्तो चाल भो

शब्द – कालीप्रसाद रिजाल
स्वर – रामकृष्ण ढकाल
संगीत – आयूष जोन

Kali Prasad Rijal – Jhareko Paat Jhain Bhayo Ujaad Mero Jindagi

झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
निभेको दिप झैँ भयो उदास मेरो जिन्दगी
झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी

चुरा फुटेसरी भयो चराहरु उडीगए
चुरा फुटेसरी भयो चराहरु उडीगए
हजार कोपिलाहरु नमुस्कुराउँदै झरे
उठेको बस्ती झैँ भयो प्रवास मेरो जिन्दगी

विहान जो खुशी थियो जलेर साँझ भैसक्यो
विहान जो खुशी थियो जलेर साँझ भैसक्यो
भिजेको पात पातमा निशादको कथा थियो
अधेँरी रात झैँ भयो विषाद मेरो जिन्दगी

जलिरहेछ लास भित्र भित्र कहिँ छातीमा
जलिरहेछ लास भित्र भित्र कहिँ छातीमा
टुटेफुटेका स्वप्न झैँ अँगारमात्र छातीमा
जिवन बजर सरी भयो उराठ मेरो जिन्दगी

शब्द – कालीप्रसाद रिजाल
स्वर, संगीत – नारायण गोपाल

Kali Prasad Rijal – Mai Hoon

पर्वतहरूमा सुमेरु हुँ म
नदीहरूमा
महाकाली, टनकपुर हुँ म
वृक्षहरूमा रक्तचन्दन हुँ म
विमानहरूमा लाउडा हुँ म ।

म सहस्र छु, अनेक छु
अनेक भएर पनि एक छु
कर्ता पनि, कारण पनि
कर्म पनि मै हुँ
पाप, पुण्य, धर्म पनि
अधर्म पनि मै हुँ
सबै अधिकार शक्ति
मैबाट निःसृत हुन्छन्
सबै मूल्य, मान्यता
मैबाट स्थापित हुन्छन्
म स्वयम्भू, मेरो कसैप्रति जवाफदेही छैन
कुनै विधान, संविधानले मलाई छु“दैन ।

सबै यज्ञ, अनुष्ठानहरूको अधिष्ठाता
युगको प्रणेता हुँ म
नेताहरूको पनि नेता
महानेता हुँ म
नेपथ्यमा बसेर म नै गराउ“छु
प्रपञ्च भा“तीभा“ती
तर, कमलजस्तै ओभानो छु
सदैव पानीभन्दा माथि ।

सबै ग्रन्थ, शास्त्रहरूको मै हु“ सार
म अज्ञेय, अद्वेत, अपरम्पार
मलाई बुझेपछि फेरि बुझ्नुपर्ने
केही रह“दैन
मलाई पाएपछि प्राप्त गर्नुपर्ने
जगमा केही छैन ।

सुरमुनि देवगण सबै
मेरै उपासना गर्छन्
मेरै भक्ति स्तुति गाएर
यो भवसागर तर्छन् ।

त्यसैले ए नरहरि, गगनहरू हो !
विवेक र तर्कको
जालोलाई फाल
मैमा समर्पित होऊ
मलाई अ“गाल
तिमीहरू पनि आऊ
मेरै शरणमा आऊ
र धनधान्यसहित
परमपद पाऊ ।

Kali Prasad Rijal – Chhode Pani Nachhodine

छोडे पनि नछोडिने प्यार हो कि छायाँ
कि त सँगसँगै हिंड्ने यार हो कि छायाँ

सलाई कोरी बालौं भने बाल्न नमिल्ने
कतै लगी फालौं भने फाल्न नमिल्ने
छोडि जाने निष्ठुरीको याद हो कि छायाँ

कैले ओड्ने आफैंलाई किले बिछ्याउने
आफ्नो जाने ठाउँ छैन खाली पछ्याउने
नियातिको कुनै कैदी दास हो कि छायाँ

शब्द – कालीप्रसाद रिजाल
स्वर – रामकृष्ण ढकाल
संगीत – आलोकश्री
एल्बम – छायाँ

Kali Prasad Rijal – Yesai Gari Bitai Dinchhu

यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी
हाँसोमा लुटाइदिन्छु आफू आँसुमा डुबी
यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी

भीड छ म भीडमा आफूलाई बिलाईदिन्छु
बिर्सिदिन्छु आफुलाई होशमा हराईदिन्छु
कि त लुकी यतै कतै रोईदिन्छु सुस्तरी
हाँसोमा लुटाई दिन्छु आफु आँशुमा डुबी

च्याती दिन्छु आफुलाई बालिदिन्छु साँझमा
फालिदिन्छु आफुलाई दिनहरुको माझमा
गाईदिन्छु गीत आफ्नो आफैलाई नै पिई
हाँसोमा लुटाईदिन्छु आफु आँशुमा डुबी

शब्द – कालीप्रसाद रिजाल
स्वर, संगीत – नारायण गोपाल
एल्बम – प्रेमको माला

Kali Prasad Rijal – Bihana Uthne Bittikai

बिहान उठ्ने बित्तिकै हिमाल् देख्न पाइयोस
यी हातले सधैं सधैं नेपाल लेख्न पाइयोस

नेपाली श्रम र शीपको प्रभाव दिगन्त फैलियोस
मलाइ टेकी खुड्किलो यो देश माथि उक्लियोस
नेपालको म सन्तति सगर्व भन्न पाइयोस

मलाई छैन चाहना मरेर स्वर्गमा पुगूँ
छ कामना यही मेरो बरु म नर्कमै पुगूँ
जहाँ पुगे पनि तर नेपाली भेट्न पाइयोस

यो सूर्य-चन्द्र ध्वजा मेरै रगतले रंगियोस्
येहीको जल अन्जुलिभर् निलेर मर्न पाइयोस
स्वोदेशको निम्ति यो शीर चढाउन पाइयोस

शब्द – कालीप्रसाद रिजाल
स्वर – रामकृष्ण ढकाल
संगीत – आलोकश्री
एलबम – छायाँ

Kali Prasad Rijal – Banai Khayo Dadhelo Le

वनै खायो डँढेलोले
मन खायो त्यै मोरीको पापी मायाले

वनै खायो डँढेलोले
मन खायो त्यै मोरीको पापी मायाले

आधा राति ब्युँझिएर गाऊँ-गाऊँ लाग्छ
डाँफे सरी बोल हालेर
भोक पनि छैन मलाई तिर्खा पनि छैन
मन Continue reading “Kali Prasad Rijal – Banai Khayo Dadhelo Le”

Kali Prasad Rijal – Rahasyodghatan

आज म अत्यन्त गुहृय कुराको
रहस्योद्घाटन गर्दैछु-
जति पनि कविता, गीत
जति पनि पुस्तक आजसम्म
मेरा नाममा प्रकाशित भएका छन्
ती एउटै पनि मैले लेखेको होइन !

क्षमा चाहन्छु
मैले पाठकलाई ठगेँ
यो कुरालाई अहिलेसम्म लुकाएर
मैले जघन्य अपराध गरेँ
तर मानिसको स्वभाववश
म विवश थिएँ
लेखक कहलाउने लोभलाई
मैले संवरण गर्न सकिनँ ।

वस्तुतः पाँच दशकदेखि
मात्र सार्ने काम गर्दै आएको छु मैले
कसैले टिपाउँदै जान्छ
म खुरुखुरु सार्दै जान्छु
र्सार्दछु र साफी गरेर
आफ्नो नाममा छपाउँछु,
वास्तविक स्रष्टालाई
मैले पनि देखेको छैन
किन उसले घरिघरी टिपाउँछ
त्यो पनि मलाई थाहा छैन
उसको स्वरमात्र सुनेको छु
यदाकदा ऊसित संवाद गरेको छु
तर कुनै प्रसङ्गमा उसले
मसित कहिल्यै गुनासो गरेन
बारम्बार उसले टिपाउँदै गयो
मैले आफ्नो नाममा
छपाउँदै गएँ ।

गल्ती यहाँको
परम्पराको पनि हो
जहाँ लेखन्दासले पनि
आफूलाई लेखक भन्ने गर्छ
गल्ती यहाँको प्रचलनको
पनि हो
जहाँ काम गर्छ एउटाले
नाम र दामचाहिँ
अर्काको भागमा पर्छ ।
मलाई थाहा छ
र मलाई चिन्ने सबैलाई थाहा छ
मजस्तो व्यक्तिले
यस्ता कविता गीत लेख्नै सक्दैन
कुनै तादात्म्य छैन
म र मेरा रचनाबीच
यो त्यसै पनि
उहिले पत्ता लागिसक्नुपर्ने थियो ।

तर मलाई धन्यवाद दिन पर्छ
कमसेकम मैले
आफ्नो अपराध स्विकार गरेँ
मैले आफैँलाई समातेर
सुपुर्दगी गरिदिएँ
अहिले म आफ्नैसामु
आत्मर्समर्पण गरेर भनिरहेछु
गर्वका साथ भनिरहेछु –
जति पनि कविता गीत
जति पनि पुस्तक मेरा नाममा
प्रकाशित भएका छन्
त्यो एउटै पनि
मैले लेखेको होइन ।

Kali Prasad Rijal – Abakash Prapta Samaya

कालीप्रसाद रिजाल – अवकाशप्राप्त समय
(मधुपर्क असार, २०६७)

कुनैबेला अरवी घोडाजस्तै
र्फदवाल दौड्ने समय
अहिले आएर
चिप्लेकीराजस्तै
घिसि्ररहेछ !
के भएको होला
यो घामलाई पनि ?
हिँड्दा हिँड्दै कहिले
कुनै Continue reading “Kali Prasad Rijal – Abakash Prapta Samaya”

Kali Prasad Rijal – Kehi Mitho Bata Gara

केही मिठो बात गर रात तेसै ढल्किदै छ
भरे फेरि एकांतमा रुनु त छदै छ

रमाइलो कुरा गर सपनाको कुरा गर
संगसंगै बिताएको सम्झनको कुरा गर
दुखः छोड, दुख़ःलाइ त जिन्दगानी छदै छ
भरे फेरि एकांतमा रुनु त छदै छ
केही मिठो बात गर रात तेसै ढल्किदै छ

आउ नाचौ अध्यारोमा जूनकीरि नाचे जस्तै
बतासमा उडौ आज सिमलको भुवा जस्तै
दुई कदम साथ हिडौ छुटिनु त छदै छ
भरे फेरि एकांतमा रुनु त छदै छ
केही मिठो बात गर रात तेसै ढल्किदै छ

शब्द – कालीप्रसाद रिजाल
स्वर, संगीत – नारायण गोपाल
एल्बम – प्रेमको माला

Kali Prasad Rijal – Nishthurile Chhadera Gai Hali

निष्ठुरीले छाडेर गैहाली
हेर्दा हेर्दै अर्कैकी भैहाली
एक्लो पारेर हो माया मारेर
निर्मोहीले हरिताल लाइहली
जिन्दगीमा धरधरी रुवाइहली
एक्लो पारेर हो माया मारेर

छातिभित्र आगो बल्यो, पसिना त खलखली
अझैं Continue reading “Kali Prasad Rijal – Nishthurile Chhadera Gai Hali”

Kali Prasad Rijal – Sabai Bhanna Sakchhu

म कुनै सिद्ध आत्मा होइन,
न कुनै दिव्य दृष्टि छ मसित
तर आँखा चिम्लेर भन्न सक्छु
यो देशमा कहाँ के भइरहेछ !

यतिबेला सिंह दरबारमा
राष्ट्रको ढुकुटीबाट
लाखौंलाख बाडिँदै छ
आफ्ना कार्यकर्तालाई
र एकाएक बिरामी परेपछि
फेरि अर्का नेता
दिल्ली प्रस्थान गर्ने भएका छन्
साउथ ब्लकमा उपचार गराउन
उता मन्त्री क्वार्टरमा
उद्योगपति व्यापारीहरू
यतिबेला ब्रिफकेसमा
शुभकामना चढाइरहेका छन्
मृर्गौला बेचेर फर्किएका नेपालीहरू
फेरि लुटिएका छन् सीमा क्षेत्रमा
अहिले ठमेलको मसाज पार्लरमा
संभोगरत छन्
एक प्रतिष्ठित समाजसेवी
र सुन्नुहोस्
एक महान् नेताका
होनहार सुपुत्र
दिउँसै फिट्टु भएर
एक्लै कोठामा कड्किरहेका छन् ।

कहाँ के भइरहेछ
सब भन्न सक्छु
नपत्याए फोन गरेर सोध्नुहोस्
भोलि अखबारमा पढ्नुहुनेछ
दुर्घटनामा परेर
नौ जना ठहरै भएको
झाडापखालापछि त खान नपाएर
चार जनाको प्राण गएको
र अहिले ठीक यसैबेला
विशाल आमसभामा
शीर्ष नेताहरू
थपडीको गडगडाहटबीच
एक-अर्कालाई
ध्ाराप्रवाह गाली गरिरहेका छन् !

अपहरणपछि तराईमा
फेरि एक जनाको हत्या भएको छ
उग्रभीडले चारओटा बसमा
भर्खरै आगो लगाइदिएको छ ।
र तात्तातो अर्काे खबर सुन्नुहोस्
मन्त्रिपरिषद्को निर्णयअनुसार
खुंखार अपराधी र तस्करहरूमाथि
लगाइएका सम्पूर्ण अभियोग
सरकारले फिर्ता लिने भएको छ
र अन्ततः
छोरीलाई उपप्रधानमन्त्री बनाउने सहमतिपछि
सरकार गिर्ने सम्भावना पनि
तत्काललाई टरेर गएको छ

तर भन्न नसक्ने कुरा एउटै छ
मैले भन्न नसक्ने कुरा एउटै छ-
यो देशको के हुन्छ ?
त्यो म भन्न सक्दिन
साम्प्रदायिकता, जातियता, क्षेत्रीयतामा
जीर्ण हुँदै गएको
वैमनस्य र द्वन्द्वमा
चर्कँदै चर्कँदै गएको
यो देशको के हुन्छ ?
यसको अखण्डता र सम्प्रभूता
रहन्छ रहँदैन ?
त्यो म भन्न सक्दिन
यसको लागि त
तपाईंहरूले नेताहरूसित सोध्नुपर्छ
राष्ट्रको नाममा, जनताको नाममा
सत्य निष्ठाको शपथ खाएका
नेताहरूसित सोध्नुपर्छ !

कान्तिपुर कोशेली
२०६६ कार्तिक १४

Kali Prasad Rijal – Hajur Palnu Hola Bistarai Bistarai

हजुर पाल्नुहोला बिस्तारै बिस्तारै
माया गर्नुहोला बिस्तारै बिस्तारै

चारेतिर पहरा छ आँखाहरुको
ए दुश्मनहरुको जुल्मीहरुको
ढोका खोल्नुहोला बिस्तारै बिस्तारै

बसेकी छु एक्लै म दियो जलाई
यो मनमा हजुरैको तस्बीर सजाई
उकाली ओराली छ जंगलको बाटो
कि जोखिम अनेक चिप्लो छ माटो
अलि हिड्नुहोला बिस्तारै बिस्तारै

हजुरको छ सुकुमारी फूलजस्तो गाथा
कति कष्ट होला कठै मेरो नाता
कतै बीचमा केही आपत पर्‍यो कि
कसैले हजुरमाथी गफलत गर्‍यो कि
सबै मर्जी होला बिस्तारै बिस्तारै

कुनै दिन त बज्नेछ नौमती बाजा
मलाई लिन आउनु है मेरो राजा
मधुरात पलपल म पर्खिरहन्छु
शरमले म घुम्टीमा निहुरीरहन्छु
घुम्टी खोल्नुहोला बिस्तारै बिस्तारै

स्वर: कुन्ती मोक्तान

Kali Prasad Rijal – Khushi Le Pagal Bhai Rahechhu Ma

खुसीले पागल भइरहेछु म
त्यसै त्यसै आह्लादित भइरहेछु म
आजको यो अनमोल दिनलाई
यो बहुमूल्य, दुर्लभ दिनलाई
कसरी मनाउने ? कसरी मनाउने ??

चमत्कार भयो, चमत्कार !
अखबार पढेर भनिरहेछु
टीभी हेरेर विश्वासका साथ भनिरहेछु
अज्ञात समूहले आज कसैलाई
गोली हानेर मारेन
सशस्त्र गिरोहले
कसैको अपहरण गरेन
कसैको लाखौँ लुटेन
स्कुल गएका बालबालिकाहरू
सबै सकुशल फर्किए आज
कैयौँ दिनदेखि थुप्रिएको
फोहर पनि उठ्यो आज
आहा ! कस्तो रमाइलो
जताततै खुसी नै खुसी
अखबारलाई छातीमा लगाऊँजस्तो भइरहेछ
रेडियोलाई म्वाइँ खाऊँजस्तो लागिरहेछ
सबै पसलहरू खुलेका छन् आजको दिन
सडकमा बसहरू गुडेका छन् आजको दिन
सबभन्दा महत्त्वपूर्ण कुरो
आज धारोमा एकछिन भए पनि
पानी आयो
आज लोडसेडिङ् छैन
अरब भासिएको छोरोसित कुरा हुने भयो ।

नेताहरू कहाँ कुन बैठकमा व्यस्त छन्
मलाई थाहा छैन
कति बुँदे कस्तो सहमति खोजिरहेका छन्
मलाई थाहा छैन
तर, आज म अत्यन्त हषिर्त छु
आनन्दले उद्वेलित छु
उत्सवजस्तो लागिरहेछ आजको दिन !
यो रगतैरगतले नलत्पतिएको
पावन दिनलाई
शक्तिशाली बम पनि नपड्किएको
यो भयमुक्त दिनलाई
कसरी सेल्रि्रेट गर्ने ?
आँसुले नभिजेको
यो ऐतिहासिक दिनलाई
विदेशीले ठाडै हस्तक्षेप नगरेको
आजको महान् दिनलाई ।

कसरी मनाउने ?
लौ न, के गरेर सेल्रि्रेट गर्ने ?
खुसीले पागल भइरहेछु म !
खुसीले पागल भइरहेछु म !!

नेपाल साप्ताहिक
अंक ३०२

Kali Prasad Rijal – Naatini Sanga Ko Sambaad

सानो भनेर के गर्नू !
केटाकेटीका अगाडि
कुरै गर्न नहुने भयो !
पाँच वर्षी नातिनी अप”र्वाले
एकदिन एकाएक सोधी
काका, काका एकलाख सैंतिस हजारको
ब्याग कस्तो हुन्छ ?
राम्रो हुन्छ नि
अरू भन्दा बेग्लै हुन्छ
मैले संक्षप्ित उत्तर दिएँ
किन त्यतिविधि महँगो त ?

राम्रो छालाले बनेको
राम्रो डिजाइन भएकोले
मैले उसको जिज्ञासा शान्त गर्न खोजें
तर उ शान्त भइन
फेरि प्रश्न तेस्र्याइ हाली
राम्रो त अरू पनि हुन्छ नि
त्यो चाहिं किन त्यस्तो महँगो ?
प्रश्न माथि प्रश्न थपिंदै गएपछि
उसलाई पन्छाउने दृषटिले भनिदिएँ
त्यसमा करोडौं रुपियाँ अट्छ त्यसैले …..
दुबै हात परै फैलाएर उसले भनी
करोडौं त उचालिनसक्नु हुन्छ
त्यति सानो ब्यागमा कसरी अट्छ ?
उम्कने प्रयास गर्दै
झट्पट् स्पषटीकरण्ा दिएँ
रुपियाँ हो त लाटी चेकबुक भनेको
बैंकबाट करोडौं झक्िन सकिने चेकबुक
उसले मेरो गल्ती समातिहाली
चेकबुक त जुनसुकै व्यागमा पनि
अट्छ नि !
किन त्यस्तो महँगो ?
त्यो चाहिं किन त्यस्तो महँगो ?
उसले मलाई रयाख्रयाख्ती पार्न थाली
अब मलाई अप्ठयारो पर्यो
सम्हाल्न खोज्दै कुरालाई
अमूर्त विषयतिर मोडें
त्यो ब्यागमा रक्तचन्दन भरिएको
ट्रक अट्छ
लाउडा जस्तो सिङगै जेट प्लेन अट्छ
अरू पनि धेरै कुरा अट्छन् त्यसैले ….
यसपछि भने उ अलमल्लमा परी
पत्यार र अपत्यारको बीचमा
धेरैबेर सम्म पिङ् खेलिरही
उसको मौनतालाई तोड्ने अभिप्रायले
मैले उसित सोधें
एक लाख सैंतिसहजार पायौ भने
नानू के गछर्यौ ?
के तिमी पनि त्यस्तै ब्याग किन्छयौ ?
उसले निमेषभर पनि बेर नगरी
मन्टो हल्लाएर तत्काल जबाफ दिई
किन्दिन अ हँ म त त्यस्तो ब्याग किन्दिन
अनि के गछर्यौ त ?
मैले लेग्रो तानेर अन्तिम प्रश्न
अघिसारें
म गरिब भोकालाई
खाने कुरा किनिदिन्छु
बिरामीलाई औषधि किनिदिन्छु
अनि ….. अनि …. त्यो छ नि
सुन्तली दिदीको नाम काटिएको छ
म उसको फिस तिरिदिन्छु …..
मेरो आँखा भरिएर आयो
आल्हादित भएर मैले
नातिनीको खुट्टा ढोगिदिएँ
अनि छाती तन्काएर
सगर्व प्रश्न गरें आफैंसित
कसले भन्छ नेपालको भविषय
अन्धकारमय छ .

(साप्ताहिक “नेपाल”मा “प्रधानमन्त्री पुत्रीको राजसी किनमेल” पढेपछि लेखेको ।)

Kali Prasad Rijal – Maya Garne Ko Chokho Maya Pani Dekhiyo

माया गर्नेको चोखो माया पनि देखियो
वाचा गर्नेको वाचा बन्धन पनि देखियो

फूल सुकुमार छ को निस्पाप छ कोमल भन्थे
फूलको धारले रेटेको पनि देखियो

रोई रोई नछुट्टिने कसम खानेले
हाँसी हाँसी कसम तोडेको पनि देखियो

सबको भगवान छ भगवानले हेर्छन् भन्थ्यौ
तिम्रो भगवानले हेरेको पनि देखियो

शब्द – कालीप्रसाद रिजाल
स्वर – नारायण गोपाल, रामकृष्ण ढकाल, लोचन भट्टराई
संगीत – नारायण गोपाल