Gyanendra Gadal – Dil Ko Pukar

ज्ञानेन्द्र गदाल – दिलको पुकार

आँखामा अनन्त चाह छ
मुटुमा गहिरो प्यार
तिमी नै भन न प्रीयतम्
म के दिउँ उपहार ।

जून दिउँ कि तिमीलाई शीतलता जूनको
फूल दिउँ कि तिमीलाई कोमलता फूलको
दिन सक्छु हिरा-मोती
या, मायाको जुहार
तिमी नै भन न प्रीयतम्
म के दिउँ उपहार ।

आकाश दिउँ कि तिमीलाई व्यापकता आकाशको
उज्यालो दिउँ कि तिमीलाई अनुभूति प्रकाशको
दिन सक्छु आडम्बरी
या, दिलको पूकार
तिमी नै भन न प्रीयतम्
म के दिउँ उपहार

कोलोराडो, अमेरिका