Min Dwandi – Yuva Haru

यो देश मेरो पनि हो, तिम्रो पनि हो
अर्थात् यो देश हामी सबैको हो
त्यसैले हामी सबै मिली–जुली
हातेमालो गर्नुपर्छ
देशलाई माथि उठाउनु पर्छ ।
– यसो भनेर बारम्बार कुर्लंदा पनि
कसैको कानमा बतास लागेन
देश क्रमशः डुब्दै गयो
कसैको मनमा अतास जागेन
अरू त अरू, युवाहरूले समेत
यो देशकै नागरिक पनि होइन झैं गरे
आफ्नो शरीरको नसा–नसामा
तातो रगत नै छैन झैं गरे
एकदिन युवकहरू ‘पंक’ बनेर आए
युवतीहरू ‘स्म्याक’ तानेर आए
मैले उनीहरूलाई देश बिगारेको आरोप लगाएँ
टाउकोभित्र गिदी होला भनेर जगाएँ
तर यसपटक उनीहरूले
आपूm पनि यो देशको नागरिक भएको दाबी गरे
अनि देश सपार्न ठेक्का लिएका
तिम्रा फलानाहरूले,
देश सपार्न पठाइएका
तिम्रा ढिस्कानाहरूले
जानी–जानी देश बिगार्न हुन्छ भने
हामी पनि यो देशका नागरिक हौं
त्यसैले हामीले पनि यो देशलाई
बिगार्न पाउनु पर्छ ।
– यसो भनेर उनीहरूले अधिकार खोजे ।