बि. जे. बान्तवा राई – मनको पृथककरण र पुनरुत्पादन माग्दैछु।
सपनाको तिलिचोमा
चुर्लुम्म डुबेर सप्तरंगी
इन्द्रेनी खोज्ने मन,
बक्ररेखा झैं गोरेटोमा
समानताको नाप खोज्दै
निराशताको एन्टार्टिका
भित्र हराईरहेको छ,,,
पाईलै पिच्छे कैक्टसका
तिखा काँढा टेक्दै
कमल टिप्ने यात्रा आज
त्यहीं स्वार्थी मनको
प्रशान्त महासागर भित्र
निस्वासिँदै डुबुल्की मारीरहेछ,,
सोंची रहन्थे म,
सोंचभित्र कति बहुरंगी
गुलाफहरु फुल्छन
त्यहिं गुलाफको तिखो काँडाले
खिलिएको मुटु लिएर
भग्नावशेश सुमेरुमा
गुलाफ रोप्ने होडमा
अलकत्र झैं पटक पटक
कुल्चिई रहेछ,,,,,,,,
यात्रा भरि, कैंयौ अँध्यारी रात
अनी पारिला घामसँगको
संघर्षमा शहिद बनेको,
चिहानस्ँगै मेटिएको
प्राण पखेरुले आफ्नो गन्तब्य
लिई आफैबाट सन्याँस लिएको
भु-गर्भ भित्र लिप्त कंकाल
भोकाको गाँसभित्र अटाउन
लागेको एक छेस्का मन,,,
स्वर्गाभिमुख सदृश
जिओग्राफि भित्र
हेरेसस आत्मा
जिओमेट्रीकल प्रोगेसनको
स्पीड धडकन धड्किरहेको छ
अँध्यारी भित्र एक्लै,,,,,,,
बिष्मातको भण्डार अटेस मटेस हुँदा
बामियान को बुद्द झैं आकृती बिहिन हुदै
बिबशताको छो-रोल्पाहरु
स्वीस क्रोनो भित्र टिक टिक गर्दै
यत्र तत्र छरपष्टिन्छन
चिच्याहटसँगै चोक्टा चोक्टा भएर,,,,,
त्यसैले म ,,,,,,,,
बौद्दिक्ताका भखारी ति बिद्वानहरुलाई
मौनब्रती अदालतमा पुनरुद्दारको
लाख दियो प्रज्वलित गरी,
मस्तिष्कको जस्केलामा
बिचलित मनको पृथककरण
र पुनरुत्पादन माग्दैछु,,,,