Hari Govinda Luitel – Lalu Le Khayo Aloo [Nepali Bal Kabita]

जोतिसीले भनेको-
म त भाग्यमानी छु
मेरो भाग्य राम्रो छ
मेरो राशि राम्रो छ

भाग्यमानी मान्छेले
पढ्नु-लेख्नु पर्दैन
भाग्यमानी मान्छेले
कामै गर्नु पर्दैन
त्यसै सफल बनिन्छ
त्यसै भाग्य बल्भिmन्छ

यस्तो भन्दै लालुले
किताब-कापी मिल्कायो
पढ्ने-लेख्ने, काम गर्ने
साथीभाइलाई गिज्यायो

उता कालु गलेन
कहिल्यै त्यस्तो गरेन
भाग्यको भर परेन
राशिमा विश्वास गरेन
पढाइ-लेखाइ छाडेन
मिहेनत गर्न छाडेन

दुवैको भयो परीक्षा
दुवैको आयो नतीजा
कालु गयो अगाडि
लालु पर्यो पछाडि
सफल भयो कालु
लालुले खायो आलु !