आभुषण–हिन
स्वमी ! मेरा गीतले आङ्खना सबै आभूषण झिकिदिएका छन् ।
तिम्रो अगाडि उसले वस्त्र–परिधानको अहंकार पनि राखेन ।
आभूषण–अलंकारले तिम्रो–मेरो पारस्परिक पूर्ण मिलनमा बाधा
दिन्छन् ।
उसको चञ्चल आवाजमा तिम्रो गीतको सवर लोप हुन्छ ।
तिम्रो अगाडि म गवैया बन्ने मेरो अभिमानले शोभा दिंदैन ।
हे महाकवि ! म तिम्रो शरणमा पर्नलाई विन्ति गर्छु ।
मेरो जीवनलाई बाँसुरी झैँ सजिलो पारिदेउ !
त्यो बाँसुरीका सबै प्वालहरुमा आङ्खनो गीतको स्वर भरिदेऊ !