Komal Shrestha Malla – Harna Lai (Muktak)

काेमल श्रेष्ट मल्ल – हार्नलाइ (मुक्तक)

नेताको बिधान
खुलस्त चिहान
हजारौ नेपालमा

आसुको बर्षा
रगतको आहल
पारेर बबालमा

होला र ? चुनाब
मलामीहरूको
नेपाल मार्नलाइ

टुक्रिने पाईला
नचलोस अब
जीवन नै हार्नलाइ

Bigyan Darhan – Na Yesai Bachna Sakchhu (Nepali Muktak)

विज्ञान दर्शन – न यसै बाँच्न सक्छु (मुक्तक)

न यसै बाँच्न सक्छु न उसै बाँच्न सक्छु
केवल जिँउदै छु , भनि ढाँट्न सक्छु

हाँसिदिउँला बरु मुटुमाथि ढुंगा राखी,
बस् यतिमात्र तिम्रो मन राख्न सक्छु |

भरतपुर-१२, चितवन

Sharan Aansu – Manchhe Haru (Nepali Muktak)

शरण आँसु – मान्छेहरु

मान्छेहरु – १

मान्छेहरु मैले दिनदिनै हिंड्ने गरेको बाटोलाई भीर भन्दछन्
मैले बोकेर हिंडेका यी यावत् खुसीहरुलाई पीर भन्दछन् ||

मलाई थाह छ – भन्न मात्र जान्ने यी मान्छेहरुले जे पनि भन्दछन् –
असारे हिलो नै नखेली आएको-समयलाई पनि यी मान्छेहरु मङ्सिर भन्दछन् ||

मान्छेहरु -२

मान्छेहरुले माटोलाई चिन्न सकेनन्
सत्बाटोमा मिलिजुली हिंड्न सकेनन् ||

जुन माटोमा अभिमानको महल ठड्याए – त्यै माटो बिर्से यी मान्छेहरुले –
र यो स्वाभिमानको मेलामा एक मुठी स्वत्व र अस्तित्व किन्न सकेनन् ||

मान्छेहरु – ३

यी अँध्यारा मान्छेहरु देशको उज्यालो भविस्य कोर्छु भन्दछन्
बर्बराएको शैलीमा चुनौतीहरुको कालो पहाड फोर्छु भन्दछन् ||

तर जब तिनको कुत्सित स्वार्थ र अहंकारहरुमा चोट लाग्दछ –
चोरबाटोमा हिंड्छन् तिनीहरु र अन्तत:यो देश चोर्छु भन्दछन् ||

Bigyan Neupane – U Udaune Chha Sandhai

बिज्ञान न्यौपाने – ऊ उदाउनेछ सँधै (मुक्तक)

ऊ उदाउनेछ सँधै घाम भएर,
ईतिहासमा सुनौलो नाम भएर

अब ऊ धर्तीबाट टाढा जादैछ,
स्वर्गमा पनि क्रान्तिको काम भएर।