इतिहासले
शीरमा लगाइदिएको टोपी
झुत्रिसकेको छ
थोत्रिसकेको छ
मैलिएर, ढुसी लागेर
डुङ–डुङ गन्हाइरहेको छ
अब त पाउमा राख्न समेत
नसुहाउने भैसक्यो
तर पनि त्यो टोपी
अझै छ शीरमै ।
यो अवस्था
शीरको नियति हो कि
इतिहासको विडम्वना हो ?
संधै अनुत्तरित
रहनहुन्न यो प्रश्न
साह्रै जरूरी छ
यसको उत्तर खोज्न
समात समयको कठालो
बक्नै पर्छ त्यसले
बक्ने छ एकदिन ।