Chanki Shrestha – Timro Anuhar Ko Aina

तिम्रो अनुहारको ऐनामा
मान्छेहरू हेरिरहेछन् यो देशको अनुहार ।

चर्किएको, भत्किएको ऐनामा
देखिन्छ हरेक वस्तु टुक्रा-टुक्रा
तिम्रो अनुहारको ऐनामा
देखिन्छन्- यी हिमाल, यी पहाड, लेकबेसी
अनि हाम्रा उज्यालाहरू टुक्रा-टुक्रा
हो, देखिन्छ रगतले सिँचको यो सिंगो भूगोल
र, स्वयं यो देश टुक्रा-टुक्रा ।

चर्किँदै चर्किँदै चकनाचुर हुन आँटेको
तिम्रो अनुहारको ऐनामा
देखिन्छ त्रि्रै अनुहार पनि टुक्रा-टुक्रा ।

तिम्रो अनुहारको ऐनामा
मान्छेहरू हेरिरहेछन् यो देशको अनुहार
हो, हेरिरहेछन् यो देशको वीभत्सता
किन विवश छन् मान्छेहरू
तिम्रो अनुहारको ऐनामा हर्ेन यो देशको अनुहार