Bimal Giri – Timrai Maunata Ma

म कसरी बिर्सौ
तिमीलाई
सुन्दरताले ब्यप्त
सुमधुर बतासका झोकाहरुमा,
तिम्रै मौनतामा
उत्साह नफुल्दै
अनिदा रात
फाटेका भित्ताहरुमा
उमङ्ग
भाताभुङ्ग हुन्छ ,
मनमा
आवेश र आबेगको
खुल्दुलीहरु
मडारिन्छन
तिम्रै अभावमा
भावुक हुन्छु
बिरहै बिरहमा
छचल्किन्छन ब्यथा
छताछुल्ल पोखिन्छु
निरासहुँदै
विवशहरूमा,
पहाड तराइ
सुकिसके
तिमी त भरिछौ
म ता पोखिसकें
घना जङ्गल र
लेक बेंसीका
मुहानहरू सुकिसके
परदेशका
दु:खद कथाहरूलाई
कहिलेसम्म
मथिरहन्छौ
लेकमा
सेर्पेनी दिदीले
सेर्काम मथे झैं,
कसरी बिर्स्यौ
तिम्रो न्यानो मनहरू
पारिलोपनहरू र
चुम्बनका राप
तिम्रा अनियन्त्रित
औलाहरूले
चलाएका खेलाएका
प्रतिबिम्ब र
मिलनका पलहरू।