Bibek Dulal Chhetri Damak – Mero Desh Ma

विवेक दुलाल क्षेत्री “दमक” – मेरो देशमा …!

मेरो देशमा
महगि बढेको छ
रोग बढेको छ .

कहिले बढ्दैन
नेतालाई महगि
कहिले हुदैन
व्यापारीलाई महगि
कहिले छुदैन
कर्मचारीलाई महगि .

यिनीहरूलाई रोग नै लाग्दैन
लागे पनि यिनीहरू
उपचार गर्न पारि पुग्छन्
नभए
राजधानीको ठुलो अस्पतालमा
भर्ना हुन्छन्.

जो बर्ष भरि नै, श्रम गर्छन्
उनीहरूलाई नै, महगि लाग्छ
जो हिमाल ,पहाड ,तराइमा
अहोरात्र पशिना बगाउछन्
उनीहरूलाई नै, रोग लाग्छ.

सिमानामा देशलाई शिरानीमा
राखि जागा बस्नेहरूलाई
देशको अस्मितालाई प्राण ठान्नेहरूलाई
काठमाडौंले सधै आखा चिम्लेर पुग्छ र अब?

हो ;
केहि सुकिला मुकिलालाइ छोडेर
मेरो देशमा
महगि बढेको छ
रोग बढेको छ .

अस्तु :
अबुधाबी ,यू ए इ .