Rajab – Maya Nagar

मैले मायानगरमा
मायाको पदचाप सुनिन
वास्तवमा मायानगर
माया प्रवेश गरेको भूमिजस्तो
विलकुल छैन
कसले राखिदियो
मायानगरको यस्तो झुटो नाम
नाम राम्रो राखेर
रूप बिगार्ने
धेरै नगरहरू छन्
यस्तै नगर
किनभयो मायानगर
रूप सिंगारेर
मन बिगार्ने
थुप्रै मानिसहरू छन्
त्यस्तै मान्छे
किन भयो मायानगर