Shyamal – Luto

बस्, एउटै कुरामा छ आनन्द
कन्याइरहनुमा
कविता, कथा र चित्र लेखने औंलाहरुले
फगत आङ कन्याइरहनुमा
विद्रोहमा उचालिने हातहरुले
आफ्नै शरीरका कापहरुमा
चलाइरहनुमा ।
लुतो लागृपछि
हराउँछ सोच र दृष्टि
ाफ्नै अगाडि भएको व्यभिचार
व्यभिचार हुँदैन
ऋाफैंमाथिको अत्याचार
अत्याचार हुँदैन
मानिस व्यस्त हुन्छ बिर्सेर यावत् कुरा
विचार, स्मृति, बहस
र वरिपरिको दुनियाँको मुरा
बस, एउटै हुन्छ आननदको स्रोत
आफ्नै जीउ कन्याइरहनुमा ।
लुतो लागेपछि केवल लुतो लाग्छ
आमा—बाबु र छरछिमेकको माया लाग्र्दैन
जब लाग्छ लुतो कसैलाई
बाँदरलाई घाउ लागेजस्तो
ऊ बिर्सन्छ बाल्यकालका स्मृतिहरु
ऋाफ्ना छानामाथि लाग्ने घामको ताप
वा आफ्नी आमाको चौबन्दीमा
मगमगाउने दूधको सुगन्ध
सबै बिर्सन्छ लुतोग्रस्त मानिस
र एउटै कुरामा व्यस्त हुन्छ
आङ कन्याइरहनुमा ।
लुतो एक विचार रहेछ
मानिसलाई विचारशून्य बनाउने
आद्यबिम्बसहितको उत्तर—आधुनिक विचार
रोग र औषधी दुवै बेच्ने
नाफाखोर बजारजस्तो लुतो
जहाँ रहँदैन मानिस मानिसझै
बस्, कन्याइरहन्छ आफ्नो आङ
तृप्त, आनन्दविभोर र बिलकुल एक्लो
मजा लिइरहन्छ
आफ्नो आङ कन्याइरहनुमा ।
प्रश्न
कागजको सेतो शरीरभरि
नाङगाी वेश्याको तस्विर बनाउन सकिनछ
र माक्र्स पनि,
कागजमा युद्धको घोषणा गर्न सकिन्छ
र कोर्त सकिन्छ
यातना—शिविरको नक्सा पनि,
कागजमा प्रशस्ति लेख्न सकिन्छ
र कविता पनि
जेसुकै गर—
कागजमा
तानाशाहको चेतावनी छाप्न सकिन्छ
र चुनावको मतपत्र पनि ।
कागजको सेतो शरीरभरि
प्रेमपत्र लेखेर मन बहलाउन सकिन्छ
र कोर्न सकिन्छ देशको नक्सा पनि,
कागजमा
एउटा गम्भीर बहस गर्न सकिन्छ
र लेख्न सकिन्छ पागल प्रलाप पनि,
यस चुनावमा मत दिने
तिम्रो पालो
जे गर—
किनकि कागजमा
घृणित सम्झौताको मस्यौदा गर्न सकिन्छ
र युद्धको घोषणा पनि ।
साथीहरू
रातको भयाभह अध्यारोमा हिँड्यो हामी सँगसँग
गर्मी यामको चर्को घाममा हिँड्यौ हामी सँगसँगै
हिउँदको भयानक चिसो हिउँमा टेकेर नाङ्गा पाइतालाहरु
साथीहरु हो, हामीले यात्रा ग¥यौं सँगसँगैं ।
इतिहासको क्रुर यथार्थका बाङ्गाटिङ्गा बाटाहरु नाघेर
यौटा बेलुन उडाएर आर्दशको
उचाइको उचाइलाई हरायौं हामीले
सहरको डरलाग्दो दुर्गन्धमा नाक नथुनेर
गल्ली—गल्लाीमा मानिसको सुगन्ध खोज ग¥यौं हामीले
साथीहरु हो, हामी रायौं सँगसँगै
हामी हाँस्यौ सँगसँगै ।
सँगसँगै हममी हिँड्दा परास्त भयो भाृक
सँगसँगै शब्दहरु खर्च ग¥यौं हामीले
र हरायौं आफन्तहरुको मृत्युशोक
नशाहरु उनेर नशामा
एउटाको नशा उनेर अर्काको नशामा
हामी लडयौं रात—रातभर । दिन—दिनभर
नरभक्षीका नशाहरुसित
गहिराइको गहिराइलाई हरायौं हामीले
साथीहरु हो, युग बोक्यौ हामीले
र युगका खलनायकको मुकुट झिकेर
युगलाई कायल पा¥यौं
हामीले सँगसँगै ।