भँगेराको चिर्चिर चिर्चिर
कागको का द्र का द्र,
त्यसमाथि झन् घुघुर्र घुघुर्र
परेवाको आहा !
सबै मिली यति मीठो
बन्यो यौटा राग,
सररर पुछियो है
पवनकै दाग !
लत्रिएझैं इन्द्रेणीको
एकटुक्रा भाग,
थरी-थरी फूल आहा !
ढकमक वाग !
२०५८ चैत १
नेपाली कविता को बिशाल संग्रह
भँगेराको चिर्चिर चिर्चिर
कागको का द्र का द्र,
त्यसमाथि झन् घुघुर्र घुघुर्र
परेवाको आहा !
सबै मिली यति मीठो
बन्यो यौटा राग,
सररर पुछियो है
पवनकै दाग !
लत्रिएझैं इन्द्रेणीको
एकटुक्रा भाग,
थरी-थरी फूल आहा !
ढकमक वाग !
२०५८ चैत १